Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

क–कसले पढ्न पाउने ११ कक्षा ?

\"17062016071900SLC--1000x0-750\" काठमाडौं । एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार नौ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक (जीपीए) न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ – एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी थिए । परीक्षा दिएकामध्ये ८२.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन् । एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो हो । अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरूले पनि प्राविधिक शिक्षाअन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन् । ‘१.६ जीपीए नल्याउनेलाई पनि प्राविधिकतर्फ व्यावसायिक शिक्षा लिने व्यवस्था गरेका छौं,’ बिहीबार एसएलसीको नतिजा सार्वजनिक गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, ‘सबैले मास्टर र पीएचडी गर्दैनन् । रोजगारीमूलक सीप सिक्न १.६ भन्दा कम जीपीए ल्याउनेलाई कुनै बाधा हुँदैन ।’ उच्च माध्यमिक शिक्षा परिषद्को बुधबारको बैठकले कक्षा ११ मा विज्ञान समूहमा भर्ना हुन २ र अन्यमा कम्तीमा १।६ ल्याउनुपर्ने निर्णय गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसएलसीको परिणाम जीपीएका आधारमा पहिलो पटक सार्वजनिक गरेको हो । यो विधिबाट नतिजा आएपछि विद्यार्थी, अभिभावक र सरोकारवाला भने अन्योलमा छन् । विद्यार्थीले प्राप्त गरेको जीपीए अंक कति प्रतिशत र कुन ग्रेडमा पर्‍यो भन्नेमा सबैको चासो छ । कार्यालयले विगतमा मार्कसिटमा कुन विषयमा कति अंक आयो भनेर राख्ने गर्थ्यो । यस वर्ष त्यसको सट्टा ग्रेड (ए प्लस देखि ई सम्म) राखेको छ । त्यस्तै गत वर्षसम्म श्रेणी छुट्याउने विधि हटाएर ग्रेडसिटमा जीपीए ९०.८ देखि ४ सम्म हुने व्यवस्था गरेको छ । विगतमा सय पूर्णांक हुन्थ्यो भने यसपालि अधिकतम जीपीए ४.० हुन्छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार नियमिततर्फ चार लाख ३७ हजार तीन सय २६ जना परीक्षामा सहभागी भएकामा ३.६ भन्दा माथि ४ जीपीए ल्याउने १६ हजार चार सय ५४ छन् । सार्वजनिक नतिजाअनुसार ०४८७९९८ ‘डी’ सिम्बोल नम्बर भएका विद्यार्थीले ४।० जीपीए प्राप्त गर्न सफल भएका छन् भने ३६ जनाले ३।९५ जीपीए ल्याएका छन् । यस्तै ३.९० ल्याउनेको संख्या २ सय ६५ छ । ३।२ भन्दा माथि ३.६ सम्म ल्याउने ४१ हजार ५ सय ७७ जना छन् । २.८ जीपीएभन्दा माथि ३.२ सम्म ल्याउनेमा ४८ हजार ६ सय ११, २.४ भन्दा माथि २.८ सम्म अंक ल्याउने ६३ हजार १ सय ८१ जना छन् । त्यस्तै २ भन्दा माथि २.४ ल्याउने ९४ हजार सात सय १६ जना छन् । १.६ भन्दा माथि २ जीपीएसम्म एक लाख चार हजार दुई सय ७८ विद्यार्थी छन् । १.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ छन् । ०.८ भन्दा माथि १.२ सम्म अंक ल्याउनेको संख्या ८ हजार छ भने ०.८ सम्म मात्र अंक ल्याउनेको संख्या ११ जना छ । मर्यादाविपरीत कार्य गर्ने ३ जना परीक्षार्थीहरूको सबै विषयको परीक्षा रद्द गरिएको छ भने तीन सय ८० जनाको एउटा विषयको परीक्षा रद्द गरेको नियन्त्रक काप्रीले बताए । एसएलसी परीक्षाको ८३ वर्षे इतिहासमा यो अन्तिम हो । यसपालि परीक्षा भएको ६९ औं दिनमा नतिजा सार्वजनिक गरिएको हो । प्राविधिक धारको भने एक सातापछि मात्र नतिजा सार्वजनिक गरिने काप्रीले बताए
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending