Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

तपाईलाई स्तन क्यान्सर भएको शंका लागेको छ ? अब यसरी आफै थाहा पाउनुहोस्

\"b2-2-750\" काठमाडौँ ।  मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए नभएको ध्यान दिनुपर्छ । त्यस्तैगरी आफैँ जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ । नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्न सकिन्छ । यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने चिकित्सकको भनाइ छ । तर यसरी स्तनको जाँच आफैँ गर्दा महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४–५ दिनपछि यो जाँच गर्नुपर्दछ । किनकि महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवालले बताइन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिका अनुसार स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा पर्छ । महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने उनले बताए । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ । उनले भने, ‘कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ । तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँढै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ । ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलालाई स्तन क्यान्सर हुने खतरा निकै बढी देखिएको छ ।’ लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरण ९एक्सरे० को सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने उनले बताए । नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ भन्छन् , ‘स्तन क्यान्सर एक प्रकारको ट्युमर हो जुन व्यक्तिको स्तनका कोषिकाहरू अस्वाभाविक वृद्धि भएर हुन्छ । यसका कोषिकाहरू एकै ठाउँमा मात्र रहन सक्दैनन् । शरीरका अन्य तन्तुहरूमा सर्दै जाने गर्दछ । यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि फैलिन गई बिरामीको मृत्यु पनि हुनसक्छ ।’ नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ । डा. रोशन प्रजापति नेपालमा ३० देखि ५० वर्षका सहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको उनी बताउँछन् । यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ । आजभोलि फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सकको भनाइ छ । स्तन क्यान्सर लागेको हो होइन भनी पत्ता लगाउन म्यामोग्राफी (स्तनको मात्र एक्स–रे) गर्नु पनि आवश्यक रहेको चिकित्सक बताउँछन् । यस रोगबाट बच्न समयमै विवाह गर्नुपर्ने, समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनु आवश्यक भएको डा प्रजापतिको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending