Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गरिब सूचीमा धनीकै नाम

\"Local_people_of_Humla_searching_thier_names_In-list_VDC_821455791\" सिमकोट । आफ्नो जग्गाको उब्जनीबाट मुस्किलले वर्षको ५ महिना खान पुग्ने भएपछि हुम्ला बरगाउँ ९ की नाङ्दर्मा लामाका पतिपत्नी ७ वर्षअघि सिमकोट सरे। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – बरगाउँमा भएको जग्गाले खानलाउन नपुगेपछि उनीहरू पुख्र्यौली घर छोराबुहारीको जिम्मा लगाएर हिँडेका हुन्। लामाको जोडी सदरमुकाम सिमकोटमा कोठा भाडामा लिएर पेट पाल्न निरन्तर कुुल्ली काम गरिरहेको छ। तर जिल्ला विकास समितिले गत मंगलबार सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा उनको नाम छैन । गाउँकै आफ्ना लगी (माथिल्लो जातका मान्छे) को जग्गामा घर बनाएर बसेका श्रीनगर ७ का जर्म दमाईको आफ्ना नाममा एक हल पाखो जग्गा पनि छैन। त्यहाँ उब्जनी भएको अन्नले ७ जनाको जर्मको परिवारलाई दुई छाक खाँदा एक महिना पनि पुग्दैन। नियमित महिनाको पाँच सय रुपैयाँ आम्दानी नभएका जर्मलाई पनि सरकारले सार्वजनिक गरेको गरिबको सूचीमा नपरेपछि निकै चित्त दुखेको छ। डाँडाफया १ की धनकौरा शाहीको आफ्नो खेतबारीमा मरीमरी काम गर्दा हुने उब्जनीले परिवार पाल्न मुस्किलले एक महिना पुग्छ। डाँडाफयादेखि सिमकोट बजारमा दाउरा बेचेर परिवार पाल्दै आएकी धनकौरालाई पनि गरिब घरपरिवार पहिचानले धनी नै देख्यो। २०६९ सालमा प्रारम्भिक सूचना संकलनका बेला २ घन्टा लगाएर फाराम भरेको बताउने धनकौराले अहिले आएर आफ्नै गाउँका अन्यको नाम गरिबमा परेको तर आफ्नो नाम नपरेको गुनासो गरिन्। यी प्रतिनिधि उदाहरण हुन्। मानव विकास सूचकांकको पुछारमा रहेको हुम्लामा सरकारले संकलन गरेको गरिबको सूचीमा गरिबभन्दा धनी र हुनेखानेकै नाम समावेश भएको छ। वास्तविक गरिबको नाम त्यहाँ अटेको छैन। सरकारले देशमा विद्यमान गरिबीको संख्या घटाउने भन्दै २०६९ साल भदौ ५ गते गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवारको लगत संकलन गर्ने काम सुरु गरेको थियो। कार्यक्रम सुरु भएपछि हुम्ला जिल्लाका २७ वटै गाविसमा जिल्ला विकास समितिअन्तर्गतका सामाजिक परिचालक र गाउँ विकास समितिका सचिवमार्फत गरिब घरपरिवार पहिचान सर्वेक्षण फाराम भरिएको थियो। ठेहे गाविस ६ का गोरखबहादुर भण्डारीले फाराममार्फत संकलन भएको सूचनाका आधारमा सार्वजनिक गरिब घरपरिवारको पहिलो सूची निकै सतही र पूर्वाग्रही भएको बताए। उनका अनुसार ठेहेमा गरिबको सूचीमा सरकारी जागिरे, संस्थाका निर्देशक र गाविस सचिवको नाम परेको छ। तर वास्तविक गरिबको नाम भने सूचीमा छैन। जिल्ला विकास समितिमा गत २५ गते टाँसिएको सूची हेर्न एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएका भण्डारीले भने, ठेहे गाविसमा कार्यरत गाविस सचिव कर्ण बोहराको नाम गरिब सूचीको ७४ औं नम्बरमा छ। सिमकोटमा निजी बोर्डिङ स्कुलका निर्देशक तथा मानसरोवर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका सुरेश बोहराकी आमा बासकला बोहराको नाम सूचीको १ सय २३ नम्बरमा परेको छ। तर घरको आम्दानीले मुस्किलले ६ महिना धान्ने मेरो घरबाट कसैको नाम परेको छैनु, उनले थपे, मेरो भन्दा पनि नाजुक अवस्था भएका घरपरिवार पनि छुटेका छन्। त्यसैले यो गरिब घरपरिवारका नाममा धनी घर पहिचान कार्यक्रम रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। हुम्लामा सरकारले संकलन गरेको गरिब घरपरिवारको सूचीमा गरिबभन्दा धनी र हुनेखानेकै नाम समावेश भएको छ। जिल्लाका ८ हजार ५ सय ९१ घरपरिवारमध्ये ४ हजार २ मात्रै गरिबको सूचीमा सूचीकृत भएको भन्दै आक्रोशित सिमकोटका भुवन रोकायालाई पनि यो सूची गरिबका नाममा धनी र पहुँचवालाले गर्ने झूठको खेतीजस्तै लागेको छ। उनका अनुसार सिमकोटमा सूचीकृत भएको सूची हेर्दा गाउँ र बजारमा कम्तीमा २ वटा घर भएका, ठूला दलका नेताका पत्नी, पत्रकार, कार्यालय प्रमुखका बुबा र आमाको नाम छ तर सिमकोटभरि नै अति गरिब टुल्की रावतको नाम छैन। गरिब घरपरिवार पहिचान सूचीका बारेमा प्रश्न गर्दै रोकायाले अन्नपूर्णसँग भने, गरिबको नाम भँजाएर धनीले ब्रह्मलूट गर्ने प्रपञ्चबाहेक अरू केही होइन।ु उनका अनुसार सिमकोटबाट गरिबको सूचीमा सूचीकृत ९२ घरपरिवारमध्ये आधाभन्दा धेरै जागिरे र नेतासँग सम्बन्धित मात्रै छन्। गरिब घरपरिवार पहिचानको सूची श्रीनगरमा पनि सन्तोषजनक छैन। वास्तविक गरिबभन्दा धनीको नाम सूचीमा सूचीकृत भएको श्रीनगरका शिक्षक राजबहादुर दानीले बताए। उनका अनुसार श्रीनगरका गरिबको सूचीको १ सय ६० औं नम्बरका प्रेमबहादुर भण्डारीको घरबाट २ जनाको नाम सूचीमा छ। त्यस क्षेत्रकै सबैभन्दा ठूलो सहकारी पसल र १२ वटा खच्चरका धनी भण्डारीका कान्छा छोरा नरेन्द्र भण्डारीको नाम सूचीको २ सय ४१ नम्बरमा छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending