Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

उपप्रधानमन्त्री थापाको पछिपछि माधव नेपालको भारत भ्रमण

\"Madhavकाठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दिल्ली दौडाहामै रहेका बेला नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार पनि सुटुक्क भारततिर लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेकाबेला उपप्रधानमन्त्री थापा शुक्रबार दिल्ली भ्रमणमा गएका हुन् । सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन भनी दिल्ली गएका उपप्रधानमन्त्री थापाले शुक्रबार नै आफ्ना समकक्षी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवर्ता गरेका छन् । भारतीय विदेशमन्त्री स्वराजसँगको भेटलाई भारतीय विदेश मन्त्रालयले नेपालसँगको सम्बन्धको आवद्धताको निरन्तरता भनी प्रतिक्रिया दिएको छ । राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा ओली नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा छन् । भारतसँग राम्रो सम्बन्ध बनाएका थापालाई आफ्नो सरकारलाई नै निरन्तरता दिनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले थापालाई पठाएको स्रोतको भनाइ छ । यता प्रधानमन्त्री ओलीको दूत बनेर परराष्ट्रमन्त्री थापा भारत भ्रमणमा गएका बेला एमालेका बरिष्ठ नेता माधव नेपाल पनि सुटुक्क भारत गएका हुन् । सुटुक्क भारत गएका नेपालले आफ्नो निजी भ्रमण भएको बताएका छन् । पारिवारिक तथा निजी भ्रमणमा नेता नेपाल सिक्किममा रहेको उनको निजी सचिवालयले जनाएको छ । शुक्रबार सिक्किमका गभर्नरलाई भेटेका नेपालले शनिवार सिक्किमका मुख्यमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाएका छन् । एमाले बरिष्ठ नेता नेपाल भने माओवादीसँग भएको भद्र सहमति पालना गरी राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने पक्षमा उभिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending