Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कानमा फूल सिउरेर...

\"sanghiya काठमाडौं । मधेसी–जनजातिका नेताहरु मंगलबार काठमाडौंका खुलामञ्चमा पलेँटी कसेर बसे । रिले अनसन संघीय गठबन्धन लेखिएको ब्यानर टाँगेर खुलामञ्चमा पलेँटी कसेर बसेका मधेसी जनजाति नेताहरुको निधारमा रातो टीका थियो भने कानमा फूल सिउरेका थिए । सात महिनाभन्दा बढी समय तराई–मधेसको आन्दोलनबाट पनि आफूहरुको माग पूरा नभएको भन्दै १ जेठदेखि जनजातिसहितको २९ दलीय गठबन्धन बनाएर आन्दोलन थाले । दुई दिनको सिंहदरबार घेराउपछि बालुवाटरतिर आन्दोलन सर्यो । बालुटार सारेको आन्दोलन पनि दुई दिनभन्दा बढी टिकेन । \"sanghiyaराजधानी केन्द्रित आन्दोलन नरोकिने भन्दै थप आन्दोलन घोषणा गर्दै काठमाडौं उपत्यकाको तीनै वटा जिल्लाका विभिन्न चोकमा कोणसभा र प्रदर्शनहरु गरिए । तर मधेसबाट काठमाडौं आएर आन्दोलन गरे पनि सरकारले भने वास्तै गरेन । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा दुई चार जनाले तमासा देखाएर केही नहुनेसमेत अभिब्यक्ति दिए । दुई चार जनाले सडकमा देखाएको तमासा हेरेर सरकार नबस्ने, सडकमा तमासा देखाउनेहरुलाई ठीक पार्नेसमेत प्रधानमन्त्री ओलीले चेतावनी दिए । मधेसी मात्रै आन्दोलनमा भएको भए गैरमधेसी युवाहरु अगाडि लगाएर लखेट्ने प्रधानमन्त्री ओलीको दाउ थियो । तर मधेसी दलहरुको आन्दोलनमा जनजातिहरुको पनि साथ रहेकाले प्रधानमन्त्रीले भनेजस्तो ‘ठीक पार्ने’ र खेदाउने कुरा चाँही सम्भव थिए । तर पनि आन्दोलनकारीहरुको मागका बारेमा छलफल हुने र निकास निस्कने सम्भावना भने देखिएको छैन । राजधानी केन्द्रित आन्दोलन गरी पहाडी समुदायको समेत विश्वास जित्ने प्रयास गरेका मोर्चाका नेताहरु संघीय गठबन्धनको ब्यानरमुनी कानमा फूल सिउरेर अनसनमा बसेको दृष्य भने अनौठो थियो । \"sanghiyaरातो टीका लगाएर अनसन शुरु गरिए पनि कानमा बडेमानका गुलाबको फूल सिउरेल मधेसी–जनजाति नेताहरु बसेका थिए । हालै काठमाडौं महानगरले आधा भाग कब्जा गरी बसपार्क बनाएपछि आधा भागमा खुम्चिएको खुलामञ्चमा मधेसी–जनजाति गठबन्धनले रिले अनसन शुरु गरेको शुक्रबार चार दिन वितिसकेको छ । नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराई र केही नागरिक अगुवाहरुले आन्दोलनकारीलाई ढाप मारे पनि अन्य दलका नेताहरु भने खुलामञ्च पुगेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE