Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

संविधान कार्यान्वयनप्रति सरकार गम्भीर नभएको देउवाको आरोप

\"deuba\"काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नभएको बताएका छन् । संविधान कार्यान्वयन नहोस् भनेर मुलुकमा ठूलो षडयन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै सभापति देउवाले त्यसमा वर्तमान सरकार सजग हुन नसकेको आरोप लगाए । संविधान कार्यान्वयनका लागि विसं २०७४ मङ्सिरसम्म स्थानीय, प्रादेशिक र सङ्घीय तीन तहका निर्वाचन हुनु अपरिहार्य रहेको र त्यसका लागि धेरै काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले भने– “यसमा सरकारले कुनै तयारी गरेको छैन ।” नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन सहयोग गर्न सकिने बताए । नागरिकलाई देशको मालिक बनाउन सुशासन, आत्मविश्वास, स्वाभिमान र सम्मान आवश्यक पर्ने बताउँदै सभापति देउवाले भने, “शासनमा रहेका व्यक्ति सधैँ राम्रो शासन चलाउँछन् र जनताप्रति इमान्दार हुन्छन् भन्ने छैन ।” उनले सरकारलाई निगरानी, नियन्त्रण र सन्तुलन गर्न विपक्षीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । सरकारका मनपरी क्रियाकलापका विरुद्ध विपक्षीको भूमिका कमजोर भयो भनेर आफूकहाँ गुनासो आइरहेको जानकारी गराउँदै उनले प्रश्न गरे – “यस्तो अवस्थामा काँग्रेस पनि सरकारमा गयो भने सामान्य जनताको हालत के होला ।” आफू सहमतिको सरकारका पक्षमा रहेको स्पष्ट पार्दै सभापति देउवाले सबै मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार हुन नहुने धारणा राखे । केही समयअघि भएको सरकार परिवर्तनका बारेमा उनले विपक्षी पार्टी भनेको वैकल्पिक सरकार पनि भएको बताए । सत्ता गठबन्धनमा रहेको पार्टीले सरकारमा बस्दैनौँ, सरकार हटाउन चाहन्छौं भनेपछि आफ्नो पार्टीले नयाँ सरकारका लागि कदम चालेको स्पष्ट पारे । मधेसको समस्या समाधानका लागि आफू र आफ्नो पार्टीले पहल गरिरहेको जानकारी गराउँदै उनले मधेसी दलहरुले पनि शतप्रतिशत माग पूरा गराउने अडान र मधेसी दललाई केही पनि दिनुहुन्न भन्ने मानसिकता त्यागेर वार्तामा बसे समाधान हुने बताए । कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमतिको आवश्यकता रहेको औल्याए ।उनले नागरिक बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने भन्दै समुन्नत समाज निर्माणका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने धारणा राख्दै यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए । काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता रैतिबाट जनता बनेको र जनताबाट नागरिक बन्ने क्रममा रहेको बताउँदै संविधान कार्यान्वयन सर्वोपरि महत्वको विषय भएको बताए । कार्यक्रममा काननुविद् निलाम्बर आचार्य, समाजका अध्यक्ष खेमराज रेग्मी, उपाध्यक्षद्वय प्रा अयुदा श्रेष्ठ र रिसव घिमिरे, समाजको काठमाडौँ शाखाका अध्यक्ष दीपक थापाले सरकार र समाजका विकृतिका विरुद्ध नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नागरिक अधिकारका लागि विशेष योगदन पु¥याएबापत विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो भने नागरिक आवाजको सुशासन विशेषाङ्क विमोचन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: