Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

नयाँ शक्तिमा पदीय विवादः विवाद नमिलेपछि संयोजक मात्रै चुनिने

\"nayaकाठमाडौं । नयाँ शक्ति नेपालमा पदीय भागबण्डा नमिल्दा पार्टी घोषणासभा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । पार्टी पदाधिकारीमा एकले अर्कोलाई अस्तित्व स्वीकार गर्न नसकेपछि पदाधिकारी चयन प्रक्रिया रोकिने भएको छ । पदाधिकारी चयनमा विवाद भएका कारण नयाँ शक्ति अभियानका अगुवा डा.बाबुराम भट्टराईलाई संयोजक बनाएर विवाद टुंग्याइने भएको छ । माओवादी आन्दोलनबाट आएकाहरुले गैरमाओवादीहरुको अस्तित्व अस्वीकार गरेपछि समस्या चुलिएको हो । एक महिनाभन्दा बढी समयदेखि भट्टराई पद मिलाउने प्रयास गरे पनि सहमति जुटाउन नसकेपछि आगामी महाधिवेशनबाट पदाधिकारी टुंगो लगाउने गरी अघि बढ्ने भएका हुन् । दोस्रो बरियताका लागि तीन आकांक्षी स्रोतका अनुसार आफूलाई माओवादीकै बुद्धिजीवी ठान्ने मुमाराम खनालले आफू दोस्रो बरियतामा रहनुपर्ने दाबी गरेका छन् भने सरकारी सेवाबाट अवकाश पाएपछि राजनीति गर्न शुरु गरेका पूर्व अर्थसचिव रामेश्वर खनालले भट्टराईपछि आफू दोस्रो बरियताको दाबी गरेका छन् । भट्टराईसँगै माओवादी आन्दोलनबाट नयाँ शक्ति अभियानमा जोडिएकाहरुले भने दोस्रो बरियतामा देवेन्द्र पौडेलको नाम अघि सारेका छन् । पार्टी स्थापना राष्ट्रिय भेलामा भट्टराईलाई संयोजक घोषणा गर्ने र आगामी महाधिवेशनमा आफूलाई दोस्रो बरियतामा राख्नुपर्ने दाबी गरेका तीनै जनालाई उपाध्यक्ष बनाउने भट्टराईको योजना छ । आगामी दिनमा कामको मूल्यांकन गर्दै बरियता छुट्याउने सुत्र पनि भट्टराईले प्रयोग गर्ने भएका छन् । जेठ ३० गतेदेखि शुरु हुने भेलाले नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद संयोजक भट्टराईकै संयोजकत्वमा ९९ सदस्यीय केन्द्रीय परिषद घोषणा गर्ने तयारी गरिएको छ । पार्टी भन्दा राष्ट्रिय झण्डालाई बढी महत्व दुई दिनपछि तामझामका साथ पार्टी घोषणा गर्ने तयारी गरेका नयाँ शक्तिले पार्टीको झण्डा भन्दा राष्ट्रिय झण्डालाई बढी महत्व दिने भएको छ । आफूहरु राष्ट्रप्रेमी भएको दर्शाउन उनीहरुले राष्ट्रिय झण्डा प्रयोग गर्ने भएका छन् । आफूहरुले पार्टीको भन्दा राष्ट्रिय झण्डा धेरै राख्ने र कार्यक्रम प्रारम्भमा हजारौं सदस्यले राष्ट्रिय गान गाउने नयाँ शक्ति अभियन्ता मुमाराम खनालले बताए । नयाँ शक्तिले लाखौं जनतालाई पार्टी घोषणा कार्यक्रममा उतार्ने बताए पनि ट्राफिक ब्यवस्थापनमा कुनै समस्या नहुने दाबी गरेको छ । ट्राफिक ब्यवस्थापनलाई कुनै प्रभाव नपर्ने गरी सभा ब्यवस्थापन गरिने नयाँ शक्तिले जनाएको छ । महाधिवेशन पार्टी घोषणा भएको एक वर्षभित्र गर्ने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending