Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रौतहटका हलो प्रयोग गर्ने कृषक अब यान्त्रिकीकरणमा !

\"machine\"रौतहट । केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ । जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्छन् , “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, हलो बनाउने सिकर्मीहरु कहाँ कता गए होलान ? के गर्दै होलान ? ” विगत २० वर्ष अघिको सम्झना गर्दै चन्द्रपुर नगरपालिका–१२ का कृषक एकराज पोखरेल भन्छन् , “अब त्यस्तो जमाना नै कहाँ रह्यो र । कृषक सबै सुविधामुखी भए । अब हुँदा हुँदा त दुःखीले गर्ने भनिएको कृषि व्यवसाय तराईमा सुखीले गर्ने व्यवसाय पो भएको छ ।” उनले भने , “जिल्लाका अधिकांश खेती गोरुले जोतेर भ्याउँथ्यो तर कृषिमा आधुनिक प्रविधि भित्रिएपछि पुराना चलन सबै हराए ।” बर्खा सुरु हुनैलाग्दा यहाँका खेत खाली हुने क्रममा रहेका छन् र कतिपय जमिन खाली भइसकेका छन् । तराईका जिल्लामा केही वर्षदेखि कृषि यान्त्रिकीकरणको प्रयोग गर्ने क्रम बढेको छ । जोत्ने, माटो सम्याउने, फसल ओसार–पसार गर्ने, मकै झार्ने, गहुँ, मुसुरो काट्ने र भित्र्याउने काम सबै कृषि यान्त्रिकीकरणले गर्ने गरेको छ जसका कारण कृषकलाई सुविधा पुगेको छ । त्यति मात्र होइन एकदमै कम समयमा खेतमै पाक्न लागेको गहुँ एकैपटक थ्रेसिङ गरेर कृषकको बोरामा हाल्ने हार्भेस्टर मेसिन पनि यस क्षेत्रका कृषकले केही वर्षदेखि प्रयोग गरिरहेका छन् । अब त मुलुकमा धान रोप्ने मेसिनसमेत भित्रिसकेको छ । धान रोप्ने मेसिनको प्रयोगले खर्चमा पनि कमी आउने अपेक्षा गरिएको छ । करिब रु १४ लाख पर्ने ट्र्याक्टर किनेर कतिपयले आवश्यकताअनुसार रोटाभेटर, टे«लर, थ्रेसर, कल्टी, तावाको प्रयोग गरी कृषकलाई सहजता प्रदान गर्दै आएका छन् । कृषिमा यान्त्रिकीकरणको प्रयोगमा वृद्धि भइरहे तापनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको भने अभाव छ । कृषिमा यान्त्रिकीकरणका आधुनिक प्रविधि भित्रिएसँगै एकै दिनमा खेत खाली गरेर रोप्न सकिने अवस्था आएको एक जना कृषक रामबहादुर कार्की बताउँछन् । उनका अनुसार कृषि यान्त्रिकीकरणको प्रयोग र विस्तारलाई प्रोत्साहन दिन सरकारले यान्त्रिक आयातमा विशेष सहुलियत दिने हो भने तराईको अन्न उत्पादनमा नसोचेको कायापलट हुन सक्दछ । एक तथ्याङ्क अनुसार नेपालमा कृषि यान्त्रिकीकरण दर ४० प्रतिशत पुगेको छ । कृषि यान्त्रिकीकरणमा भएको वृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा ट्र्याक्टरबाट जोत्ने गरिएको छ । यसैगरी, कृषि यान्त्रिकीकरणको प्रयोगदर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत छ । कृषिमा यान्त्रिकीकरण बिना फसल उत्पादनमा वृद्धि हुन नसक्ने भन्दै कृषकले विशेष अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE