Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रौतहटका हलो प्रयोग गर्ने कृषक अब यान्त्रिकीकरणमा !

\"machine\"रौतहट । केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ । जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्छन् , “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, हलो बनाउने सिकर्मीहरु कहाँ कता गए होलान ? के गर्दै होलान ? ” विगत २० वर्ष अघिको सम्झना गर्दै चन्द्रपुर नगरपालिका–१२ का कृषक एकराज पोखरेल भन्छन् , “अब त्यस्तो जमाना नै कहाँ रह्यो र । कृषक सबै सुविधामुखी भए । अब हुँदा हुँदा त दुःखीले गर्ने भनिएको कृषि व्यवसाय तराईमा सुखीले गर्ने व्यवसाय पो भएको छ ।” उनले भने , “जिल्लाका अधिकांश खेती गोरुले जोतेर भ्याउँथ्यो तर कृषिमा आधुनिक प्रविधि भित्रिएपछि पुराना चलन सबै हराए ।” बर्खा सुरु हुनैलाग्दा यहाँका खेत खाली हुने क्रममा रहेका छन् र कतिपय जमिन खाली भइसकेका छन् । तराईका जिल्लामा केही वर्षदेखि कृषि यान्त्रिकीकरणको प्रयोग गर्ने क्रम बढेको छ । जोत्ने, माटो सम्याउने, फसल ओसार–पसार गर्ने, मकै झार्ने, गहुँ, मुसुरो काट्ने र भित्र्याउने काम सबै कृषि यान्त्रिकीकरणले गर्ने गरेको छ जसका कारण कृषकलाई सुविधा पुगेको छ । त्यति मात्र होइन एकदमै कम समयमा खेतमै पाक्न लागेको गहुँ एकैपटक थ्रेसिङ गरेर कृषकको बोरामा हाल्ने हार्भेस्टर मेसिन पनि यस क्षेत्रका कृषकले केही वर्षदेखि प्रयोग गरिरहेका छन् । अब त मुलुकमा धान रोप्ने मेसिनसमेत भित्रिसकेको छ । धान रोप्ने मेसिनको प्रयोगले खर्चमा पनि कमी आउने अपेक्षा गरिएको छ । करिब रु १४ लाख पर्ने ट्र्याक्टर किनेर कतिपयले आवश्यकताअनुसार रोटाभेटर, टे«लर, थ्रेसर, कल्टी, तावाको प्रयोग गरी कृषकलाई सहजता प्रदान गर्दै आएका छन् । कृषिमा यान्त्रिकीकरणको प्रयोगमा वृद्धि भइरहे तापनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको भने अभाव छ । कृषिमा यान्त्रिकीकरणका आधुनिक प्रविधि भित्रिएसँगै एकै दिनमा खेत खाली गरेर रोप्न सकिने अवस्था आएको एक जना कृषक रामबहादुर कार्की बताउँछन् । उनका अनुसार कृषि यान्त्रिकीकरणको प्रयोग र विस्तारलाई प्रोत्साहन दिन सरकारले यान्त्रिक आयातमा विशेष सहुलियत दिने हो भने तराईको अन्न उत्पादनमा नसोचेको कायापलट हुन सक्दछ । एक तथ्याङ्क अनुसार नेपालमा कृषि यान्त्रिकीकरण दर ४० प्रतिशत पुगेको छ । कृषि यान्त्रिकीकरणमा भएको वृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा ट्र्याक्टरबाट जोत्ने गरिएको छ । यसैगरी, कृषि यान्त्रिकीकरणको प्रयोगदर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत छ । कृषिमा यान्त्रिकीकरण बिना फसल उत्पादनमा वृद्धि हुन नसक्ने भन्दै कृषकले विशेष अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending