Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रंगशालामा नयाँ शक्तिका नेता कार्यकर्ता सँगसँगै, छुट्टै मञ्च नबनाइने

\"nayaकाठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता कार्यकर्ताको लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिएको पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद सचिवालय सदस्य तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कुमार पौडेलले जानकारी दिए । ‘हाम्रो मञ्च व्यवस्थापन परम्परागत हुँदैन, पार्टीका नेतालाई मञ्च र कार्यकर्तालाई चौरमा राख्ने अभ्यासको विकल्पमा हामीले मञ्च व्यवस्थापन गरिरहेका छौं,’ संयोजक पौडलले भने, ‘हाम्रा सबै सचिवालय सदस्य र केन्द्रीय सदस्यहरु संस्थापक सदस्यहरुसँग चौरमा सँगसँगै बस्छन् ।’ नयाँ शक्तिका नेता र कार्यकर्तालाई छुट्टै आसन ग्रहणको व्यवस्था नभएको उनले जानकारी दिए । ‘तर अन्य पार्टीका नेताहरु, भाइचारा, अन्य अतिथिहरु र सञ्चारकर्मीहरुको लागि मञ्चको व्यवस्थापन गर्ने तयारी गरेका छौं,’ उनले भने । सबै अतिथिहरुको मञ्चसमेत दर्शकदिर्घापट्टि नै व्यवस्था गरिएको र मुख्य मञ्चमा उद्घोषक मात्र रहने व्यवस्था गरिएको उनले बताए । उनले परम्परागत ढंगले रिबन काटेर, बलेुन उडाएर उद्घाटन गर्ने कार्यक्रम नरहेको र संस्थापक सदस्यहरुले सामूहिक शपथ ग्रहण गरेर कार्यक्रम अगाडि बढाइने स्पष्ट पार्नुभयो । रंगशालाको संवेदनशीलतालाई ध्यानमा राखेर मञ्च बाहिरैबाट फिट गरेर ल्याइने तयारी गरिएको उनले बताए । ‘रंगशालालाई केही चलाउन, खन्न र खोस्रन नपाइने हुनाले बाहिरैबाट फिट गरेको मञ्च ल्याउँछौं,’ पौडेलले भने , भूकम्पपछि रेड स्टिकर टाँसिएकोले प्याराफिटको प्रयोग नगरिने र सबै जना चौरमा बस्ने व्यवस्था छ ।’ रंगशालाको पूर्वी गेटबाट अतिथि, दक्षिण गेटबाट सर्वसाधारण प्रवेशको व्यवस्था गरिएको र सुरक्षाका लागि सबै प्रवेशद्वार खुला राखिएको संयोजक पौडेलले जानकारी दिए । रंगशालामा खानेपानी, स्वास्थ्य डेस्क, डस्टबिनहरु, शौचालयलगायतको व्यवस्था गरिएको पनि उनले बताए । सहभागीहरुको सुविधाको लागि मञ्चसँग र मञ्चको दायाँ–बायाँ गरी तीन वटा ठूलो एलइडी स्क्रीन र मुल गेट अगाडि पनि एलइडी स्क्रीनमा कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मञ्च व्यवस्थापन गरिरहेको क्याप्टेन आउटडोर प्रालिका अनिल थमनले जानकारी दिए । हरेक डिस्प्लेमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि प्रसारण गरिने व्यवस्था गरिएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending