Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

१ लाख ७१ हजार भूकम्प पीडितलाई अनुदान बाड्ने तयारी

\"vukampa-pidit\"काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई आज निर्देशन दिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । “प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग गरेको समझदारीअनुसार इकाइलाई जिल्ला विकास समितिमार्फत सेवा प्रदायक बैंकसँग समन्वय गरी अनुदान वितरणको काम अघि बढाउन निर्देशन दिएको हो”– उनले भने । प्राधिकरण र तीनवटा बैंकर्स एसोसिएसनबीच भएको सम्झौताअनुसार अनुदान रकम वितरणका लागि ५३ बैंकसँग सम्झौता भएको उनले बताए । अनुदान वितरणका लागि प्राधिकरणले मन्त्रालयको कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४४ करोड ६८ हजार निकासा गरेको छ । इकाइमार्फत ११ जिल्ला विकास समितिलाई गत वैशाख २६ गते रकम निकासा गरिएको जनाइएको छ । इकाइले गत चैत २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३२० घरधनीसँग सम्झौता भइसकेको जनाएको छ । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवामा केन्द्रीय तथ्याङ्क विभागले लगत सङ्कलन गरेको थियो । विभागले ११ जिल्लामा गरेको सात लाख १७ हजार ७१८ घरधनीको लगत सङ्कलनमध्ये प्राधिकरणले पाँच लाख ३३ हजार ४५४ ले अनुदान पाउने सूची प्रकाशन गरेको छ । एक लाख ८४ हजार २६४ घरधनीको नाम क्षतिको मापदण्डभित्र नपरेकाले अनुदान पाउनेको सूचीमा नराखिएको प्रवक्ता थपलियाले बताए । विभागले सर्वेक्षणका क्रममा घरको क्षतिको मात्रालाई हेरेर १, २, ३, ४ र ५ तहमा राखेर क्षतिको स्तर मापन गरेको निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । ३, ४ र ५ तहमा परी क्षति पुगेका घरलाई प्राधिकरणले अनुदान दिने व्यवस्था छ । क्षतिको १ र २ सूचीमा परेका घरको मर्मत गरी बस्न सकिने भएकाले सूचीमा समावेश नगरिएको प्रवक्ता थपलियाले बताए । पर्नुपर्ने घरधनी सूचीमा नपरे उजुरी गर्न सकिन्छ । २८ हजारभन्दा बढी घरधनीले हालसम्म उजुरी गरेको प्राधिकरणको भनाइ छ । वास्तविक पीडित ठहरिएमा पूरै अनुदान पाउनेछन् । अनुदान पाउने सूचीमा नपर्नपर्ने घरधनीको नाम पारी झुठो विवरण पेस गरी रकम लिएको पाइएमा प्रचलित कानुनबमोजिम सरकारी बाँकीसरह असुल उपर गरिने प्रवक्ता थपलियाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE