Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

खुमबहादुरले बोकेका कमल नयनाचार्यलाई अग्निको साथ !

(त्रिवेणीधाम) नवलपरासी । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले संरक्षण गरेका विवादस्पद स्वामी कमल नयनाचार्यलाई सरकारले साथ दिएको छ । अवैध रुपमा कानून विपरित निर्माण गरिएको भनिएको नयनाचार्यको आश्रमलाई बैधानिकता दिने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तयारी गरेको छ । यसअघि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रमा ऐन विपरित भवन निर्माण गरेको भन्दै मुक्तिनाथ पिठाधीश नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई पक्राउ गरिएको थियो । \"kamalनयनाचार्यका सहयोगीलाई पक्राउ गरिएको विरोधमा खुमबहादुर पक्षका नेता देवेन्द्रराज कण्डेलले नयनाचार्यलाई काठमाडौंसम्म ल्याएर प्रदर्शनसमेत गराएका थिए । सबै राजनीतिक दलका शीर्ष नेतासँगै पहुँच बनाएका नयनाचार्यको दबाबकै कारण उनका सहयोगी प्रपन्चार्यलाई कुनै मुद्दा नचलाई छाडिएको थियो । निकुञ्जको पश्चिम सेक्टर त्रिवेणीधामस्थित गजग्राह क्षेत्रमा ऐन विपरीत भौतिक संरचना निर्माण गरेको र वन फँडानी गरेको आरोपमा नयनाचार्यका सहयोगीलाई पक्राउ गरिएको थियो । कमल नयनाचार्यमाथिको कारबाही हिन्दु धर्ममाथिकै आक्रमण भन्दै हिन्दु राज्यको पक्षमा अभियान चलाएका खुमबहादुर समूहले उचाल्ने काम गरेको थियो । बिनास्वीकृति विवादास्पद स्वामी एवं मुक्तिनाथ पिठाधीश कमल नयनाचार्यले सो क्षेत्रमा भब्य आश्रम बनाएका छन् । नयनाचार्यले भने ‘जोगीहरु’हरुको आश्रम भनेर जंगल र खोलानालामा हुने भएको रोक लागाउन नहुने बताउँदै आएका छन् । चितवन पदमपुरको बस्तीलाई हटाएर निकुञ्जको सीमाभित्र पार्दै त्रिवेणीको नयनाचार्यको आश्रम परिसरको १५ विगाहा जग्गालाई निकुञ्ज सीमाबाट हटाउने योजना सरकारले बनाएको छ । नयनाचार्यको आश्रमस्थललाई निकुञ्ज सीमाबाट हटाउने प्रस्ताव बन मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको स्रोतले बताएको छ । ओली नेतृत्वको सरकारमा वन मन्त्रालय भने नेकपा माओवादी केन्द्रको छ । माओवादीका नेता अग्नीप्रसाद सापकोटा बन मन्त्री छन् । चितवनको पदमपुरबाट बस्ती निकुञ्ज बाहिर सारेपछि २१ वर्ग किलोमिटर जमिन खाली भएको निकुञ्ज स्रोतले बताएको छ । नयनाचार्यका अनुयायी तथा त्रिवेणीका धार्मिक नेताहरु पनि गजग्राह क्षेत्रलाई निकुञ्ज क्षेत्रबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: