Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

खुमबहादुरले बोकेका कमल नयनाचार्यलाई अग्निको साथ !

(त्रिवेणीधाम) नवलपरासी । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले संरक्षण गरेका विवादस्पद स्वामी कमल नयनाचार्यलाई सरकारले साथ दिएको छ । अवैध रुपमा कानून विपरित निर्माण गरिएको भनिएको नयनाचार्यको आश्रमलाई बैधानिकता दिने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तयारी गरेको छ । यसअघि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रमा ऐन विपरित भवन निर्माण गरेको भन्दै मुक्तिनाथ पिठाधीश नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई पक्राउ गरिएको थियो । \"kamalनयनाचार्यका सहयोगीलाई पक्राउ गरिएको विरोधमा खुमबहादुर पक्षका नेता देवेन्द्रराज कण्डेलले नयनाचार्यलाई काठमाडौंसम्म ल्याएर प्रदर्शनसमेत गराएका थिए । सबै राजनीतिक दलका शीर्ष नेतासँगै पहुँच बनाएका नयनाचार्यको दबाबकै कारण उनका सहयोगी प्रपन्चार्यलाई कुनै मुद्दा नचलाई छाडिएको थियो । निकुञ्जको पश्चिम सेक्टर त्रिवेणीधामस्थित गजग्राह क्षेत्रमा ऐन विपरीत भौतिक संरचना निर्माण गरेको र वन फँडानी गरेको आरोपमा नयनाचार्यका सहयोगीलाई पक्राउ गरिएको थियो । कमल नयनाचार्यमाथिको कारबाही हिन्दु धर्ममाथिकै आक्रमण भन्दै हिन्दु राज्यको पक्षमा अभियान चलाएका खुमबहादुर समूहले उचाल्ने काम गरेको थियो । बिनास्वीकृति विवादास्पद स्वामी एवं मुक्तिनाथ पिठाधीश कमल नयनाचार्यले सो क्षेत्रमा भब्य आश्रम बनाएका छन् । नयनाचार्यले भने ‘जोगीहरु’हरुको आश्रम भनेर जंगल र खोलानालामा हुने भएको रोक लागाउन नहुने बताउँदै आएका छन् । चितवन पदमपुरको बस्तीलाई हटाएर निकुञ्जको सीमाभित्र पार्दै त्रिवेणीको नयनाचार्यको आश्रम परिसरको १५ विगाहा जग्गालाई निकुञ्ज सीमाबाट हटाउने योजना सरकारले बनाएको छ । नयनाचार्यको आश्रमस्थललाई निकुञ्ज सीमाबाट हटाउने प्रस्ताव बन मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको स्रोतले बताएको छ । ओली नेतृत्वको सरकारमा वन मन्त्रालय भने नेकपा माओवादी केन्द्रको छ । माओवादीका नेता अग्नीप्रसाद सापकोटा बन मन्त्री छन् । चितवनको पदमपुरबाट बस्ती निकुञ्ज बाहिर सारेपछि २१ वर्ग किलोमिटर जमिन खाली भएको निकुञ्ज स्रोतले बताएको छ । नयनाचार्यका अनुयायी तथा त्रिवेणीका धार्मिक नेताहरु पनि गजग्राह क्षेत्रलाई निकुञ्ज क्षेत्रबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending