Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा सुरु

\"PMकाठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका मुख्य सचिव (क्याबिनेट सेक्रेटरी ) स्तरीय दुईदिने बैठक बिहिबार शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्दै सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिए । उनले यस क्षेत्रबाट गरिबी, अशिक्षा, भोकमरी, पछौटेपन अन्त्यका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि आर्थिक समृद्धि र सुशासनमा ध्यान दिनुपर्ने बताए । सार्क स्थापनाको तीन दशक पूरा हुँदा यसले यस क्षेत्रको जनअपेक्षालाई अझ प्रभावकारी रुपमा सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने – “सार्कको क्षेत्रीय सहयोगलाई अझ बलियो बनाउँदै यसको अभिवृद्धि गर्नु जरुरी छ ।” प्रधानमन्त्री ओलीले सार्क विकास कोषमार्फत यस क्षेत्रलाई पूर्वाधार विकासका लागि यातायात र सञ्चारमा थप अन्तरसम्बन्ध ९कनेक्टिभिटी० गर्न, रोजगारीका अवसर सिर्जना गर्न जोड दिए । बैठकमा सार्कमा आबद्ध आठ देशका मुख्य सचिव तथा पर्यवेक्षक देशका उच्च अधिकृतको समेत सहभागिता रहेको छ । सार्कमा आबद्ध सदस्य देशका शासकीय अवस्था र अभ्यासका बारेमा मन्थन गर्दै यस क्षेत्रमा शासकीय सुधारमा भइरहेका प्रयास तथा साझा समस्या एवम् समाधानका विषयमा बैठकमा छलफल हुनेछ । गत वैशाखमा पोखरामा सम्पन्न सार्क मन्त्रीस्तरीय बैठकपछि यो बैठक काठमाडौँमा आयोजना भएको हो । पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनका लागि यी बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । यस किसिमका बैठकमा सदस्य देशले शासकीय सुधारमा अपनाइरहेका विधि र प्रक्रियाका बारेमा छलफल गर्दै सार्कको वडापत्र र सिद्धान्तलाई पूरा गर्न साझा विषयहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने छन् । नेपालको संविधान विश्वको उत्कृष्ट संविधान –प्रम ओली सार्वभौमसत्ता सम्पन्न, समावेशीताको उत्कृष्ट नमुना रहेको संविधानसभाले नेपाली जनताको चाहनामा नेपालको संविधान जारी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधानले गणतन्त्रलाई संस्थागत विकास त गरेकै छ, जनताको अधिकारलाई पनि सुनिश्चित गरेको बताए । उनले नेपालको संविधान विश्वको उत्कृष्ट संविधान रहेको दाबी गर्दै संविधानसभाका ९२ प्रतिशत सभासद्ले यसमा सहमति जनाएको बताए । । उनले संविधानले सबै विभेदलाई अन्त्य गर्ने विश्वाससमेत व्यक्त गरे । सार्क महासचिव अर्जुनबहादुर थापाले सार्क स्थापनाको तीन दशकमा गरिबी निवारण, क्षेत्रीय विकास, शान्ति र समृद्धिमा उल्लेख्य प्रगति एवम् सफलता हासिल गर्दै गएको बताए । उनले आगामी वर्ष पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा कृषि एवम् पूर्वाधार विकासका क्षेत्रमा छलफल हुने जानकारी दिए । मुख्य सचिव डा सोमलाल सुवेदीले सार्वजनिक सेवामा जनताको अपेक्षा बढ्दै गएको चर्चा गर्दै यस्ता सेवालाई छिटो, छरितो र चुस्त बनाउँनु पर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्दै समावेशी विकास र आर्थिक समृद्धिबाट सुशासन ल्याउन सकिने विचार व्यक्त गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: