Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मलेसियाको रेमिट्यान्सभित्र लुकेको दुःख

यतिबेला नेपालको इतिहासमै धेरै युवा शक्ति अर्थात सक्रिय उमेर समूह भएको जनसंख्या छ । कुल जनसंख्याको झन्डै ५६.९३ प्रतिशत क्रीयाशिल उमेर समुह अर्थात १५ देखि ५९ बर्षको जनसंख्या छ । यो देशका लागि खुशिको कुरा हुनुपर्थ्यो तर यथार्थ अलि भिन्न छ । [caption id=\"attachment_77407\" align=\"alignleft\" width=\"261\"]\"मुक्त मुक्त खवास ‘उदास’[/caption] यहि सक्रिय उमेर समूहबाट झन्डै ५० लाख युवाहरु अन्तर्राष्ट्रिय श्रम बजारमा सीप र श्रम बेचिरहेका छन् । तिनै युवाले बिदेशबाट पठाउने रेमिटान्स नेपालको अर्थतन्त्र धान्ने आधारको रुपमा रहेको छ । रेमिटान्सले भुकम्प, भारतको अघोषित नाकाबन्दीले नेपाली अर्थतन्त्र थिलोथिलो हुँदा सञ्जीवनी बुटीको काम गर्योि । यद्यपि रेमिटान्स र रेमिट्यान्ससँग जोडिएको विषयमा भने खासै बहस र चिन्ता हुने गरेको छैन । खासगरी रेमिटान्स जोडिएको अर्थतन्त्र स्थिर हुँदैन यो सामान्य विषय सम्बन्धित धेरैले बुझेका छन् । यसबाट आउने चुनौती, विकल्प र त्यसको व्यवस्थापनका लागि स्पष्ट योजना नहुनु दुरभाग्यपूर्ण कुरा हो ।
देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीको विकल्प अपनाउने नेपाल मात्रै भने हैन ।नेपालीहरुको वैदेशिक रोजगारीको सुरुवात वि.सं.१८७२ मा इष्ट इन्डिया कम्पनीसँग सुघौली सन्धि भएपछि आरम्भ भएको पाइन्छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । देशबाट उर्जाशिल उमेरका युवा रोक्न सक्ने निति यो बजेटले पनि ल्याउन सकेन। नत वैदेशिक रोजगारमा गएका श्रमिकलाइ लक्ष्यित ब्यबस्थित र सुरक्षित गरि तिनलाई सम्बोधन गर्ने ठोस कार्यक्रम यो बजेटले पनि ल्याउन सक्यो। निकै आशाले हेरियको यो बजेट वैदेशिक रोजगारिको सबालमा एकदुई बुदा बाहेक बिगतको बजेटकै निरन्तरता दिएको छ। यद्यपि यस बजेटले सम्झौता हुन नसकेका बाकी देशसँग सिघ्र श्रम सम्झौता हुनेछ भनेको छ। स्मरण रहोस बिगतका बर्षमा पनि यो कुरा बारम्बार आएको थियो ।
नेपाल सरकारले मा नेपाली कामदारका लागि १ सय १० वटा मुलुक खुला गरेको छ। यी मध्ये सबैभन्दा धेरै पुरुष कामदारको गन्तव्य बनेको मलेशियाबाट सबैभन्दा बढी ९कुल रेमिटान्सको करिब एक तिहाइ० रेमिटान्स भित्रिने गर्दछ ।
मलेसियाबारे जानौं ब्रिटिस उपनिवेशबाट सन १९५७ अगष्ट ३१ तारिखमा मुक्त भएको मलेसियामा २ करोड ७७ लाख ३० हजार जनसंख्या रहेको छ । जसमा मले जाती ५७५, चीनिया ३०५, भारती १०५ र अन्य ३५ प्रतिशत रहेका छन् । आधिकारिक धर्म मुस्लिम भए तापनि मलेसिया धार्मिक स्वतन्त्रता भएको मुलुक हो । संसदीय प्रजातन्त्रिक प्रणाली भएको यो देशले ससांरकै सबैभन्दा बढी रबर उत्पादन गर्दछ । साथै काठ, तेल, टिनबाट पनि उल्लेख्य आम्दानी गर्दै आएको छ । मलेसियाले पछिल्लो समयमा बहुराष्ट्रिय कम्पनीहरु तीव्ररुपमा भित्र्याइ रहेको छ । प्रतव्यक्ति आय १५,३८५ अमेरिकी डलर भएको यो देश एसियामै सबैभन्दा बढी विदेशी कामदार भित्र्याउने मुलुक हो । जहाँ नेपाली सहित झन्डै २३ लाख विदेशी कामदार कार्यरत छन् । अहिले आर्थिक मन्दीको चपेटामा परेको यो देशको अर्थतन्त्र खस्किँदा नेपाली कामदार मर्कामा छन् । कतिपय कम्पनी बन्द हुने अवस्थामा छन् भने कतिले कामदार कटौती गरेका छन् । अध्यागमनका अनुसार पछिल्लो महिनामा करिब ५० हजार भन्दा बढी नेपाली कामदार हटाइएको छ ।नेपालमा केही विज्ञहरुले यसको प्रभाव समग्र नेपालको अर्थतन्त्रमा पर्ने जनाएका छन् । विकसित देश भएपनि यो देशमा भ्रष्टाचार छ । युवाहरु कुलतमा फसेका छन् । चोरी लुटपाट, बलात्कार, हत्या(हिंसाका घटना घटिरहन्छन् । यसबाट सबै भन्दा बढी प्रभावित नेपाली कामदार नै हुन् । आप्रवासी कामदारलाइ लक्षित गरी यौन व्यबसाय, मदिरा व्यवसाय चलाइएको छ । प्रविधिले चुस्त भएपनि यहाँको प्रशासन उल्टै अनेक बहानामा कामदारलाई दुस्ख दिरहेको हुन्छ । मलेसियाले एकपछि अर्को गरी आप्रवासी कामदार मारा नीतिहरु ल्याइरहेको अवस्थामा पछिल्लो पटक लेबीमा भारी बृद्धिको निर्णय गरेको छ । जस अनुसार आप्रवासी श्रमिकले अब बार्षिक २ हजार ७ सय ५ रिंगेट ९झण्डै ७० हजार रुपैयाँ० लेबी बुझाउनु पर्ने छ । यो मासिक सरदर ६ हजारजति पर्न आउँछ । मासिक २४ हजार सरदर कमाई रहेका कामदारका लागि यो ठूलो रकम हो । यति मात्र नभएर कम्पनीहरुले कामदारसँग आवास शुल्क अलग्गै असुल्न पाउँछन् । त्यो ५० रिंगेट तोकिएको छ । कतिपय कम्पनीहरुले पानी, शौचालय प्रयोग लगायतका शिर्षकमा समेत रकम कट्टा गर्दछन् । कामदारका समस्याहरु के मलेसियामा नेपाली कामदारको लागि उपयुक्त छ ? कामदारको सबै समस्या यो सानो लेखमा अटाउँदैन । नेपाली कामदारको समस्या बढेपछि गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धानको नेतृत्वमा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले संयुक्त अनुगमन गरे । त्यस्तै संसदीय समितिले पनि अनुगमन गर्योस । मलेसियामा कामदारको समस्या गम्भीर रहेको निष्कर्ष निकाल्यो । ३ लाख कामदार नेपाल फर्किन चाहेको कुरा अनुगमन पछि बाहिर आयो । नेपालमा प्रचार गरिन्छ, मलेसिया श्रमिकको आकर्षक गन्तव्य देश हो । यथार्थ चाहिँ के हो भने मलेसिया कामदारको आकर्षक गन्तव्य होइन । बरु नेपाली कामदारको बध्यता हो । एउटा भनाइ छ जहाँ उच्च जोखिम हुन्छ, कमाइ पनि उच्च हुने गर्छ । विगतका वर्षमा धेरै नेपाली कामदारको रुपमा जाने मलेसियाको मुद्राको भाउ खाडीका अन्य देश साउदी, कतार, दुबइको भन्दा बढी थियो । त्यसैले कामदार जोखिम बढी नै भएपनि यो देश कामदारको रोजाइमा पर्ने गरेको थियो ।
रोजगारदाता कम्पनी लिन नआउँदासम्म प्रतीक्षा गर्ने ठाउँ जेल भन्दा बढी कष्टकर हुन्छ । कुर्चिमा बस्न समेत दिइँदैन । अध्यगमनका कर्मचारी र सुरक्षाकर्मीले गर्ने तुच्छ व्यवहारले इतिहासको दासप्रथाको झल्को दिन्छ ।
मलेसिया आउने कामदार नेपालबाटै पिडित भएर यहाँ आइपुग्छन् । नेपाल सरकारले तोकेको भन्दा दोब्बर–तेब्बर पैसा तिरेर आउने कामदार क्वालालम्पुर विमानस्थलमा उत्रिनासाथ कामदारको दुखका दिन सुरु हुन्छ्न । रोजगारदाता कम्पनी लिन नआउँदासम्म प्रतीक्षा गर्ने ठाउँ जेल भन्दा बढी कष्टकर हुन्छ । कुर्चिमा बस्न समेत दिइँदैन । अध्यगमनका कर्मचारी र सुरक्षाकर्मीले गर्ने तुच्छ व्यवहारले इतिहासको दासप्रथाको झल्को दिन्छ । त्यसमाथि रोजगारदाता कम्पनी समयमै लिन नआउँदाका पीडा कति हुन्छ्न् अनुमान लगाउन गाह्रो छ । सयौं नेपाली कामदार बेखर्ची बनेर, आधा पेट खाएर बस्नुपर्ने नियति छ । कतिपयलाई चन्दा उठाएर सहयोग गर्नुपर्ने अवस्था आउँछ । कोही चिसो भुइँमा बसिरहेका त कोही भुइँमा पल्टिरहेका हुन्छ्न् । बेलाबेलामा सुरक्षाकर्मीले भनेको नमान्दा, सिधा बस् भनेको बेला थाकेर कतै ढल्कियो भने लात हान्न आइहाल्छ्न् । शौचालय र पिउने पानी समेत छैन । यस्तो पीडा मलेसियाको भव्य सुन्दरताभित्र विलीन भएको छ । यसप्रति न कसैलाई चासो छ, न कसैलाई चिन्ता । बल्लतल्ल रोजगारदाता प्रतिनिधि कामदार लिन आइपुग्छ्न् । आउनासाथ सबभन्दा पहिले कामदारको पासपोर्ट कब्जा गरिन्छ । कम्पनीमा पुगेपछि उस्तै दुस्ख हुन्छ । सम्झौताअनुसार काम नदिनु, तलब नदिनु सामान्य कुरा हो । पासपोर्ट नभएपछि बाध्य भएर काम गर्नु वा भागेर अवैधानिक रुपमा बस्नुको विकल्प छैन ।
मलेसियामा करिब डेढ लाखको सङ्ख्यामा अवैधानिक नेपाली कामदार रहेको अनुमान छ । समय फेरिएको मात्र हो, यहाँ कामदारको दयनीय अवस्था देख्दा एक्काइसौं शताब्दीको वैधानिक र केही सुधारिएको दासप्रथा जस्तै लाग्छ ।
नियमअनुसार हरेक वर्ष कामदारको स्वाथ्य जाँचपास गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा खराबी देखियो भने भिसा नवीकरण हुँदैन । ठिक त्यहीबेला केही रोजगारदाता कम्पनीले अर्को अन्याय गर्छन् । कि मेडिकल नै गराउदैनन्, कि अनफिट भएको जानकारी दिदैनन् । अनफिट भए रोजगारदाता कम्पनीले आफ्नै खर्चमा नेपाल पठाउने नियम भएपनि त्यसो गरिँदैन । अहिले पनि थुप्रै निर्दोष नेपालीहरु यहाँ जेलजीवन बिताउन बाध्य छन् । मलेसियामा करिब डेढ लाखको सङ्ख्यामा अवैधानिक नेपाली कामदार रहेको अनुमान छ । समय फेरिएको मात्र हो, यहाँ कामदारको दयनीय अवस्था देख्दा एक्काइसौं शताब्दीको वैधानिक र केही सुधारिएको दासप्रथा जस्तै लाग्छ । त्यसो त मलेसियामा सबै कम्पनी उस्तै छैनन् । केही बहुराष्ट्रिय कम्पनी र केही स्थानीय कम्पनीले न्युनतम सेवा सुविधा पूरा गरेका पनि छन् तर कामदारप्रति राम्रो व्यवहार गर्ने कम्पनी थोरैमात्र छन् । अधिकांश कामदारको आवास अव्यवस्थित छ । फोहोर, धेरैजना एउटै कोठामा, ठूलो हलमा सयभन्दा बढी कामदार राख्ने गरेको पाइन्छ । स्वच्छ पिउने पानीको अभाव, फोहोर शौचालय, निकै अव्यवस्थित बसाइ र लामो समय काममा खट्नु पर्ने बध्यताका कारण नेपाली कामदारको स्वास्थ्य स्थिति कमजोर हुने गरेको छ । आप्रवासी कामदारलाई मलेसियामा कम्पनीहरुले शोषण मात्र गरिरहेका छन् । नेपाली कामदार कस्ता छौ ? जुनसुकै चिजको पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छ । राम्रो जति आफैले गर्दा र नराम्रो जति अरुले गर्दा भएको हो भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ। खास गरी कामदार विदेश जानुभन्दा पहिले सरकारले व्यवस्था गरेको अभिमुखीकरण तालिम प्रभावकारी ढङ्गले सञ्चालन नहुँदा कामदारले विदेशमा आइसकेपछि सडकको प्रयोग र अन्य प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सामान्य नियम समेत अपनाउन सक्दैनन् । जसले गर्दा ज्यान नै जोखिममा पर्ने गरेका उदाहरणको कमी छैन । कतिपयले अनाहकमा जेल जीवन समेत बिताइरहेका छन । मलेसियामा आप्रवासी कामदारलाई लक्षित गरी यौन तथा मदिरा व्यवसाय सञ्चालन गरिएको छ । यसैको कारण कयौंको जिन्दगी बर्बाद भैरहेको छ । आफ्नो देश छोडेर आइसकेपछि पनि आफ्नो घर परिवार र देशप्रतिको जिम्मेवारी भुलेका अलपत्र थुप्रै नेपालीहरु भेटिन्छन् । यसबाहेक कसैको बहकाउमा लाग्नु, केही दलालसङ्ग मिलेर आफ्नै साथी ठग्नु, बेला न कु बेला मदिरामा लट्ठ भएर हिड्नु, बढी महत्त्वाकांक्षी बनेर प्रतिबन्धित काम गर्नु, आफ्नै साथीको सुराकी गरेर चोरी, लुटपाट गराउनु जस्ता काम पनि नेपाली कामदार स्वयंले गरिरहेका छन। काम कस्तो हुन्छ ? यहाँ हुने धेरैजसो काम फर्निचर, होटल रेस्टुराँ, बहुराष्ट्रिय कम्पनी र निर्माण तथा सेक्युरिटीमा हुने गर्छ । जसमा अधिकांश नेपालीहरु अदक्ष कामदारको रुपमा काम गर्छन् । प्रायस् सबैजसो कम्पनी चिनियाँहरुको व्यवस्थापन हुन्छ । पुरै कामभरी उभिनुपर्ने या बसेपछी उठ्न नमिल्ने प्रकृतिको काम गर्नुपर्ने हुन्छ । जहाँ मानवीयता अतिकम हुन्छ । यतिसम्म कि शौचालय र पानी पिउन समेत निश्चित समय तोकिएको हुन्छ । प्रायस् कम्पनीहरुमा चौबीसै घण्टा चल्ने हुन्छ । यदि कुनै कम्पनीमा कामदार कम छन् भने कम्पनीले अनिवार्य रुपमा अतिरिक्त समय काम गर्न बाध्य बनाउछन् । नेपालीहरु काम नगर्दा आइपर्ने अनेकौं सास्ती खेप्नुभन्दा सकिनसकी काम गरेका भेटिन्छन् । यसरी लामो समय काम गर्दा कामदारको स्वास्थ्य बिग्रने कुराप्रति कम्पनी पटक्कै संवेदनशील बन्दैन । उल्टै बिरामी भएर छुट्टी बस्दा पनि अर्को दिनको हाजिर समेत काटिन्छ । कामदारले निकै निकृष्ट व्यवहार भोग्नुपर्छ । मेसिनसङ्ग गर्नुपर्ने जोखिमपूर्ण काम पनि नेपाली कामदारकै भागमा पर्छ । नेपाल सरकारले खुल्ला गरेको मुलुक मध्य सबैभन्दा धेरै कामदारले ज्यान गुमाउने देशको परिचय समेत मलेसियाकै नाउँमा छ ।यति हुँदाहुँदै पनि यो देशका केही सकारात्मक पक्ष छ्न् । हावापानी नेपालसँग मिल्दोजुल्दो छ । यहाँका बासिन्दासङ्ग नेपाली शारीरिक बनावट र व्यावहारिक पक्ष केही मिल्दोजुल्दो छ। किन हुन्छ यस्तो ? कामदारलाई गन्तव्य मुलुकमा सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४ मा अनिवार्य श्रम सम्झौता गर्नुपर्ने उल्लेख छ । नेपाल सरकारले कामदार लैजाने मुलुकसङ्ग श्रम सम्झौता नगरी हचुवाको भरमा खुला गर्नु सबैभन्दा दुर्भाग्यपूर्ण कुरा हो । नेपाली कामदार वैदेशिक रोजगारीमा जान थालेको दशकौं भैसक्दा पनि कामदारको न्युनतम आधारभूत सेवा सुविधा र कामदार सुरक्षाको चिन्ता नगर्नु सरकारी निकम्मापन हो । सम्झौताको लागि नेपालले कुटनैतिक पहल नगर्नु वा गर्न नसक्नु सरकारी असक्षमता हो । द्विपक्षीय श्रम सम्झौता भएको मुलुकसँग कानुनी रुपमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता सरह मानेर उजुरी दिन सकिन्छ । कामदारको गम्भीर मानवअधिकार हनन भएको अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा हाल्न सकिन्छ । द्विपक्षीय श्रम सम्झौता नहुनु नै यी समस्या उब्जिनुको प्रमुख कारण हो ।
अबको बाटो के हुन सक्ला ? ५० लाख नागरिकको भूमिका देशले खोज्नुपर्छ । स्वदेश फर्केपछि तिनले विदेशमा सिकेको सीप प्रविधि र रेमिट्यान्स कसरी व्यवस्थित र सदुपयोग गर्न सकिन्छ भन्ने योजना सहित आगामी बाटो तय गर्नु पर्छ ।
हामी जे पर्छ त्यो टर्छू भन्ने सिद्धान्तमा चलिरह्यौं । भैपरी आउने चुनौतीको लागि स्पष्ट योजना हामीले तयार गर्न सकेनौं । यतिबेला मलेसिया आउने कामदार घटेका छन् भने मलेसियाबाट फर्कने कामदार निकै बढेका छन । अचानक यस्तो हुँदा रेमिटान्ससङ्ग जोडिएको मलेसियाको विषयमा भने समबन्धित अधिकारी बहस र चिन्ता व्यक्त गरेका छन् । यो एउटा उदाहरण मात्र हो । यस्तो परिस्थिति जुनसुकै श्रम गन्तव्य मुलुकबाट आउन सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ । स्वदेशमा रहेको बेरोजगारी समस्या, राजनीतिक अस्थिरता, शैक्षिक जनशक्ति व्यवस्थापन गर्न नसक्नु, नेपालीहरुको विदेशी मोह र आर्थिक भू–मण्डलीकरणका कारण नेपालीहरुको विदेश जाने क्रम तत्काल रोकिने अवस्था पनि छैन । तत्काल अन्य कुनै विकल्प दिन सक्ने अवस्था पनि छैन । त्यसैले छिटोभन्दा छिटो द्विपक्षीय श्रम सम्झौता गरी कामदार सुरक्षाको सुनिश्चितता गर्नु पर्छ । सरकारले विदेशमा कार्यरत ५० लाख कामदारलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु जरुरी छ । आफ्नो स्वस्थ नागरिक विदेश पठाएर रोगी, विकलाङ्ग भित्रिने अवस्थाको बारेमा गम्भीर हुनु जरुरी छ । दूतावासलाई अझै क्रियाशील बनाएर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेमा चनाखो हुनु पर्छ । वैदेशिक रोजगारमा देखिएका तत्कालीन समस्याहरुको हल गर्दै यसलाई जतिसक्दो चाँडो व्यवस्थित गराउनु पर्छ । दीर्घकालीन वैदेशिक रोजगार नीति समग्रमा देशको हितमा हुन सक्दैन । अल्पकालीन लक्ष्यका रुपमा स्वीकार गरी कामदारको दक्षतामा गुणात्मक विकास गर्दै बर्सेनि भित्रिने रेमिट्यान्स बहिरिन नदिने योजना बानाउनु पर्छ । ूइन पुटू र ूआउट पुटू बराबरी भएको रेमिटान्सले देश समृद्ध हुन सक्दैन। अन्यथा कामदारको नाजुक अवस्थाका कारण मलेसियाले दिएको मोटो रेमिट्यान्सले त्यससँग जोडिएका तिनका आफन्त र देशलाई दशकौंसम्म दुखाइरहने पक्का छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending