Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रक्षामन्त्रीसँग चिनियाँ सैनिक मण्डलको भेट

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले नेतृत्व गरेको १३ सदस्यीय प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट ग¥यो । रक्षा मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार भेटवार्ताका अवसरमा नेपालको संविधान जारी भएपछि त्यसप्रति मित्रराष्ट्र चीनबाट भएको स्वागत तथा समर्थनका लागि चीन सरकारप्रति उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले आभार व्यक्त गरे । सो अवसरमा उनले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गरे । गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा चीन सरकारबाट उद्धार, खोज तथा राहत कार्यमा उपलब्ध गराएको विशेष सहयोगका लागि धन्यवाद दिँदै उनले त्यसबेला चिनियाँ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एडमिरल सुन छियाङ्गुओले नेपाल चीनको ज्यादै असल छिमेकी मित्र रहेको र नेपाल–चीन सम्बन्ध ऐतिहासिक भएको चर्चा गर्दै चीन सधैँ नेपालको स्वतन्त्रता र स्वतन्त्र निर्णयको पक्षमा रहेको कुरा उल्लेख गरे । चीनले अपनाएको एक बेल्ट एक सडकको नीतिअनुरुप सडक, यातायात र रेलमार्गबाट नेपालले फाइदा लिन सक्ने र चीन त्यस्तो सहयोग विस्तार गर्न तत्पर रहेको कुरा एडमिरल सुन छियाङगुओले उल्लेख गरे । निकट भविष्यमा चीनका राष्ट्रपति सी जिनपिङद्वारा नेपालको भ्रमण हुनसक्ने सम्भावना रहेको बताउँदै उपप्रधानमन्त्री रावललाई चीन भ्रमण गर्नसमेत उनले आमन्त्रण गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending