Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

काठमाडौंमा ६० करोड खर्च गरेर विशेष प्रकारका ट्राफिक लाइट जडान गरिँदै

काठमाडौं । काठमाडौंको जाम त्यसमा पनि ठाउँ–ठाउँ भएका ट्राफिक लाइटमा संकेत अनुसार रोकिनु पर्ने । यो समस्याले आम काठमाडौंबासी वाक्क दिक्क भएका छन् । तर, अब काठमाडौंबासीलाई खुसीको खबर छ, एक ठाउँको ट्राफिक लाइटमा रोकिएका गाडी चालकहरु अब अर्को ठाउँको ट्राफिक लाइटमा रोकिनुपर्दैन ।

\"traffic_jam_20110920085930\"युरोप, अमेरिका जस्ता विकसित सहरहरुमा प्रयोगमा आएको जस्तै विशेष प्रकारको ट्राफिक वत्ती राजधानी काठमाडौंमा जडान गरिँदै छ । जसबाट एक ठाउँको ट्राफिकको रातो बत्तीको लाइनमा बसेर बाटो पार गरेका गाडीले अर्को ठाउँको रातो बत्तीको लाइनमा बस्नु पर्नेछैन ।

यस्तो विशेष प्रकारको ट्राफिक लाइट जडानका लागि काठमाडौं उपत्यका दिगो शहरी विकास यातायात आयोजनाले यही जेठ १२ गते ग्लोबल टेन्डर आह्वान गरिसकेको छ । यसअघि निकालिएको दुई वटा टेण्डरमा यो प्रविधि बत्ती जडान गर्न कम्पनी अयोग्य देखिएपछि अहिले तेस्रो पटक टेण्डर निकालिएको हो ।

आयोजनाका निर्देशक दिपक श्रेष्ठले भने, ‘यो ट्राफिक बत्ती युरोप अमेरिकाका सडकमा भएजस्तै हो । यो प्रयोगमा आएपछि एक ठाउँको रातो बत्तीमा लाइन बसेका चालकले अर्को ठाउँमा लाइन बस्नु पर्दैन ।’

एक वर्ष भित्र ट्राफिक लाइट जडान गरिसक्ने लक्ष्य आयोजनाको छ । त्यसका लागि ६० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यसरी काम गर्छ यो बत्तीले 

अब जडान गरिने नयाँ प्रविधियुक्त बत्ती एक अर्कासँग सम्बन्धीत हुन्छन् । यी सबैलाई मनिटरिङ गर्ने एउटा कन्ट्रोल म्यानेजमेन्ट सिस्टम हुन्छ । यो कन्ट्रोल सिस्टम बग्गीखानामा राखिनेछ । सडक इन्जिनियर, ट्राफिक र विज्ञहरुले सिस्टमलाई कन्ट्रोल गर्छन् ।

उदाहरणका लागि नयाँबानेश्वर चोकमा ११ बजे रातो बत्तीमा परेको गाडी त्यहाँबाट कोटेश्वर चोक पार गर्न लाग्ने समय हेरिन्छ । त्यो गाडीले सिंहदरबार पार गर्न लाग्ने समय व्यतित भएपछि मात्र रातो बत्ती बालिन्छ । जसका कारण एक ठाउँमा रातो बत्तीमा परेको गाडी अर्को ठाउँमा नपर्ने निर्देशक श्रेष्ठको दाबी छ ।

यो ट्राफिक बत्ती पैदल यात्रुहरुका लागि पनि उपयोगी हुने श्रेष्ठले बताए । जेब्रा क्रस भएका सडक छेउँका पोलमा ट्राफिक बत्तीका संकेत र बटन राखिएका हुन्छन् । पैदल यात्रीले बटन थिचेपछि थिचेपछि सुरुमा पहेँलो बत्ती बल्छ । त्यसको केही समयमा नै हरियो बत्ती बल्छ । हरियो बल्नासाथ यात्रुहरुले बाटो काट्न सुरु गर्नुपर्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE