Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपालमा चीनका उद्योग ९३० भन्दा बढी

\"nepalकाठमाडौँ। मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दैआएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।

नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन् भने त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग रहेका छन् ।

विदेशी उद्योगको जम्मा लगानी रु एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिए ।

यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उनले बताए । झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।

चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन ९हङकङ० बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।

त्यस्तै चीन ९ताइवान० बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताए । यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ ।

अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी० ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।

नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् ।

त्यस्तै, कृषि र वनमा आधारित २२२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका एक हजार १५ उद्योग रहेको निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । दर्ता भएका विदेशी उद्योगमध्ये २६५ ठूला, ३७५ मझौला र दुई हजार ९३८ साना प्रकृतिका छन् ।

नेपालमा रु तीन करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । रु तीन करोड देखि १० करोड सम्म स्थिर पुँजी भएका मझौला र १० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योग उद्योग विभागमा दर्ता हुने कानुनी व्यवस्था छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending