Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भद्र सहमति भएकै हो, बजेट पारित भएपछि लागू हुन्छः प्रचण्ड

\"prachanda\" पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँग सरकार परिवर्तनबारे भद्र सहमति भएको बताएका छन् । प्रचण्ड–ओलीबीच बजेट लगत्तै प्रचण्डलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको चर्चा चलिरहे पनि प्रचण्ड स्वयंले भद्र सहमतिबारे यसअघि मुख खोलेका थिएनन् । उनले संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति आफ्नो नेतृत्वमा सम्भव रहेको बताउँदै आएका थिए । कास्कीको पोखरामा सोमवार विहान भएको पत्रकार भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग भद्र सहमति भएको र बजेट पारित भएपछि सहमति लागू हुने पनि बताए । केही समयअघि सरकार परिवर्तन हुने कुराले देशमा ल्याएको तरंग प्रधानमन्त्री ओलीसँगको नौ बुँदे सहमतिपछि रोकिएको र त्यसपछि अर्को भद्र सहमति भएको प्रचण्डले स्पष्ट गरे । लागू नगरे सहमति तोडिन्छ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पक्षबीच भएको भद्र सहमति भएको लागू नगरिए आफूहरुबीच भएको सहमतिहरु पनि तोडिने चेतावनी दिए । भद्र सहमति दुई पक्षबीचको विश्वास र समझदारीमा भएको उल्लेख गर्दै सहमति पालना नगरे एमालेसँगको सहमति तोडिने उनले बताए । उनले आफू पनि भद्र भएको र प्रधानमन्त्रीलाई पनि भद्र नै लागेको उल्लेख गरे । प्रचण्डले यति भनिसकेर सबै कुरा अहिल्यै सार्वजनिक गर्न नमिल्ने समेत बताए । राष्ट्रिय सहमति बन्ने विश्वास भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, संविधान जारीपछिको मधेसी, आदिवासी, जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा उनले पुनः जोड दिए । उनले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति बन्ने समेत विश्वास ब्यक्त गरे । बैशाखको तेस्रो साता नेपाली कांग्रेसको सहयोगमा सरकारको नेतृत्व लिने तयारी गरेको केही समयमै निर्णय बदल्दै प्रधानमन्त्री ओलीसँग नौं बुदे सहमति गरेका थिए । सार्वजनिक भएको नौं बुँदे सहमतिमा ओली नेतृत्वको सरकारलाई बजेट ल्याउन दिने उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: