Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपालमा परोपकारी तानाशाहको आवश्यकता छ : प्रचण्ड

\"prachanda\" काठमाडौं । लामो संक्रमण, राजनीतिक अनिश्चिता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाहा (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ । आजको अन्नपूर्ण पोस्टमा रेवती सापकोटा लेख्छन् – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भेटेलगत्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई काठमाडौमा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा व्यक्त गरेपछि सर्वोच्च राजनीतिक तहमा समेत त्यसबारेमा छलफल हुन थालेको संकेत देखिएको हो । दाहाल व्यक्तिगतरुपमा यसको पक्षधर नभएपनि सिङगापुर र मलेसियाको विकास मोडेलबाट प्रभावित नेपालका राजनीतिक दलहरु भित्र आर्थिक विकास र समृद्धिका लागि तानाशाहको खोजी हुन थालेको रुपमा दाहालको अभिव्यक्तिलाई अथ्याईएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई निष्पक्ष मियोको रुपमा प्रस्तुत गरिरहँदा त्यसलाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै दाहालले तानाशाह आएको अवस्थामा दलहरु भित्रैबाट एक हुनुपर्ने बताएका हुन् । ‘हामीले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति रगत पसिना बगाएका छौँु, उनले प्रश्न गरे, ुसबै पार्टीहरुका वीचमा झगडा मात्रै भइरहने,सधै पावरको निम्ति लुछाचुँडी मात्रै भैरहने हो त भन्ने प्रश्न उठने गरेको छ । यसले नेपालमा परोपकारी तानाशाहको आवश्यकता त होइन कतै ? ुमलेसिया, सिंगापुर या अन्य त्यस्ता देशहरु जो केही वर्ष पहिलेसम्म झण्डै झण्डै नेपालकै अवस्थामा थिए, ती देशहरुको विकास जसरी भयो,ती देशहरुलाई राजनीतिक नेतृत्वले जसरी नेतृत्व गरयो,झण्डै झण्डै परोपकारी तानाशाह जस्तो शासनबाट ती देशको विकास भएको त होइन भनेर पनि मानिसहरुका वीचमा तर्क वितर्क हुन थालेको छ’ दाहालले भने, ‘यसले नेपाललाई सकारात्मक दिशातिर लान्छ जस्तो मलाई लाग्दैन । नेपालमा हामी भन्दा बाहिर कोही परोपकारी तानाशाहा आउनेवाला छैन । आयो भने निरंकुश तानाशाह मात्र आउनेवाला छ । जसले नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धीलाई धराशायी पार्ने र देशलाई डरलाग्दो अध्यारोतिर धकेल्ने खतरा छ ।’ आफूहरुको संघर्षको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सम्भव भएको दावी गर्दै दाहालले परिवर्तनका उपलब्धीको दस्तावेज संविधान कार्यान्वयन गर्न पनि आफनै नेतृत्वमा सरकार हुनु पर्ने घुमाउरो दावी गरेका छन । ‘कुनै पनि देशमा ठूल्ठूला राजनीतिक परिवर्तनलाई व्यवस्थापन गर्ने जिम्मेवारी त्यो परिवर्तन ल्याउने तागतले लिन्छ र लिनुपर्ने पनि हुन्छु, उनले जिकिर गरे, ुयदि लिन सकेन भने त्यो देश ठूलो अराजकतातिर जान्छ । त्यो देश ठूलो राजनीतिक भुमरीमा फस्ने खतरा हुन्छ।’ व्यापारीहरुको कार्यक्रममा दाहालले भने ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र,समानुपातिक,समावेशी प्रतिनिधित्व,सामाजिक न्याय, मौलिक अधिकारमा दुनियाका कयौ प्रगतिशिल कुरा संविधानमा लेखिएको छ । संविधानमा लेखिएका राम्रा कुराहरुलाई कार्यान्वयनमा लैजान सकिएन भने त्यसले ल्याउने परिणति नकारात्मक नै हुन्छ ।’ आफूहरु निर्णायक शक्ति हुन नसकेको तर्फ संकेत गर्दै दाहालले विकासका लागि आफूहरु नै नेतृत्वमा आउनु पर्ने दावी गरेका छन । ‘गणतन्त्र नरुचाउनेहरु गणतन्त्रको रक्षक हुनुपर्ने बाध्यात्मक परिस्थिति, सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्व नरुचाउनेहरु सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्वको संरक्षक भएर बस्नुपर्ने र त्यसको नेतृत्व गर्नुपर्ने, जसले गणतन्त्र,सामाजिक न्याय,समानुपातिक, समावेशी प्रतिनिधित्वसहितको समावेशी गणतन्त्रको सपना देख्यो,त्यो शक्तिलाई कुनै न कुनै रुपमा पाखा लगाइने या परिवर्तनलाई व्यवस्थापन गर्ने जिम्मेवारीबाट त्यसलाई पन्छाउने या पन्छिइने परिस्थिति दुर्घटनाको परिस्थिति हो’, दाहालले भने‘त्यो राजनीतिक परिस्थितिले आर्थिक विकासको गतिलाई अगाडि बढन दिँदैन । त्यो परिस्थितिले नयाँ अन्तरबिरोध सिर्जना गर्छ र त्यसले अराजकतालाई जन्म दिन्छ । अराजकताको वीचबाट विकास सभपव छैन । विदेशी लगानी आकर्षित गर्न सक्दैन । देशभित्र पनि लगानीको वातावरण बनाउन सकिदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending