Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रुकुममा “दोस्रो जिविस कप पुरुष भलिबल” सुरु

\"IMG_8333\"रुकुम । रुकुममा “दोस्रो जिविस कप नकआउन पुरुष भलिबल प्रतियोगीता” सुरु भएको छ । जिल्ला विकास समितिको सहयोग र समृद्ध समाज नेपालको आयोजनामा सदरमुकाम खलंगामा रहेको बराहटाकुरा टुँडिखेलमा प्रतियोगीता सुरु भएको हो । प्रमुख अतिथि सार्वजनिक लेखा समितिका सभापति, पुर्व मन्त्री एवं रुकुम क्षेत्र नं. २ का सांसद जनार्दन शर्मा प्रभाकरले व्यानर पढेर तथा रेफ्रिलाई खेलकुद सामाग्री प्रदान गरेर प्रतियोगीताको उद्घाटन गरे । समृद्ध समाज नेपालका कोषाध्यक्ष दिपक वाँठाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य जिवन केसीले गरका थिए । आजबाट आगामी २७ गतेसम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका विभिन्न गाविस तथा नगरपालिकाका २२ ओटा समुहले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगीतको विजेताले ५० हजार, उप विजेताले ३० हजार तथा तेस्रो र चौथो हुनेले क्रमशः २० हजार, ५ हजार पाउने छन् । त्यस्तै बेष्ट प्लेयर, बेष्ट सटर, बेष्ट ब्लकर र बेष्ट डिभेन्डर लगाएतलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगीता नक आउटको आधारमा खेलाईने छ । जिल्लामा रहेका नयाँ खेलाडीको पहिचान तथा पुराना खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको समृद्ध समाज नेपालका अध्यक्ष सुवोध शेर्पालीले जानकारी दिए । प्रतियोगीताले जिल्लाका खेलाडीहरुलाई प्रत्साहनका साथै नयाँ खेलाडी पहिचान र उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । जिल्ला विकास समिति रुकुमको सहयोगमा समृद्ध समाज नेपालले अघिल्लो वर्षदेखि प्रतियोगीता संचालन गर्न थालेको हो । अघिल्लो वर्ष महिला÷पुरुष भलिबल आयोजना गरिएकामा यो वर्षदेखी महिला÷पुरुष भलिबल छुट्टा छुट्टै संचालन गरिने शेर्पालीले बताए । महिला भलिबल ६ महिना पछि जिल्लाको आठविसकोटमा हुने उनका भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending