Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

टीका लगाइदिँदैमा मान्नुपर्छ भन्ने छैनः पन्त

काठमाडौं, एकवर्षे कार्यकाल बाँकी छँदै एमाले भ्रातृसंगठन युवा संघ नेपालको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले संगठनमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला बोलाएपछि संगठनभित्रको विवाद छताछुल्ल भएको हो । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत मन्त्री भएलगत्तै अध्यक्ष पदबाट राजीनामा दिएपछि सो पदमा बस्नेतनिकट नीरु पाललाई नियुक्त गरिएको थियो । तर, त्यसको चर्को विरोध गर्दै माधव नेपाल पक्षको असन्तुष्ट समूहले छुट्टै भेला बोलाएको हो । संस्थापन पक्षले चैत ७ र ८ गते हेटौंडामा राष्ट्रिय परिषद् भेला बोलाएको छ भने त्यसको ‘काउन्टर’ मा असन्तुष्ट पक्षले राजधानीमा छुट्टै भेला बोलाएको छ । संस्थापन पक्षले संगठनको स्थापित परम्परा र विधानको ठाडो उल्लघंन गरेको भन्दै असन्तुष्ट पक्षकी नेतृ दिलु पन्तले संस्थापन पक्षको कार्यशैलीप्रति चर्को आक्रोश व्यक्त गरिन् । केन्द्रीय कमिटीलाई कुनै जानकारी नदिई बस्नेत पक्षले निरंकुश शैलीमा पदाधिकारीलाई नै परिवर्तन गरी आफ्ना अनुकूल व्यक्तिलाई नियुक्त गरिएको आरोप उनले लगाइन्  । ‘बाटोमा हिँडेकोलाई टीका लगाउँदैमा हामीले मान्नुपर्छ भन्ने छैन’, पन्तले भनिन्– ‘यसले संगठनको स्थापित मान्यता, परम्परा र विधानको खिल्ली उडाएको छ ।’ ‘राजीनामा दिएको व्यक्तिले आशिर्वाद दिने हो, पदाधिकारी परिवर्तन गर्ने होइन’ उनले भनिन्– ‘पदबाट राजीनामा पनि दिने अनि संगठनको हर्ताकर्ता पनि मै हुँ भन्ने शैलीमा संगठन चल्न सक्दैन ।’ बस्नेतले १७ पदाधिकारीमध्ये ५ लाई बर्खास्त गरी आफूअनुकूलका व्यक्ति नियुक्त गरेको लगाउँदै उनले प्रश्न गरिन्– ‘संस्थापन पक्षले कार्यभार जिम्मेवारी दिएको भए सहन सकिन्थ्यो तर बाटोमा हिँड्नेलाई टिपेर टीका लगाइएको छ, यो कहाँको संगठनात्मक नियम हो ?’ नेतृ पन्तले पदाधिकारी टिममा एक थान अध्यक्ष, दुई थान उपाध्यक्ष, एक थान कोषाध्यक्ष, एक थान सचिव, एक थान कार्यालय सचिव परिवर्तन गरिएको जानकारी दिइन् । उनले असन्तुष्ट पक्षसँग बहुमत भएको दावी गर्दै भेला स्थगित नगर्ने बताइन् । बुटवल अधिवेशनको मान्यताअनुरूप संगठन अघि नबढेसम्म समस्याको समाधान नहुने जिकिर गर्दै उनले भनिन्– ‘हामी कारबाहीदेखि डराउँदैनौं, सक्छन् भने हामीमाथि कारबाही गरेर देखाउन चुनौती दिन्छौं ।’ १ हजार ५ सय प्रतिनिधि रहेको युवा संघमा बहुमत आफूसँग भएको दुवै पक्षको दावी छ । दुई वर्षअघि फागुनमा भएको युवा संघको अधिवेशनबाट १ सय २१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । संघको कार्यकाल अर्को वर्ष सकिँदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies