Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

के हो पोलिग्राफ टेष्ट ? कसरी ठम्याउँछ यसले अपराधी ?

\"poligraphकाठमाडौं । गंभिर प्रकृतिका अपराधमा संलग्न भए नभएको पत्ता लगाउनका लागि नेपाल प्रहरीले पछिल्लो चरणमा घटनाका आरोपी तथा देषीहरुको पोलिग्राफ टेष्ट गर्ने गरेको छ । घटनामा संलग्न रहेरनरहेकोबारे आरोपीको बयान सत्य हो या झूट पहिल्याउन प्रहरीले आधुनिक प्रविधिमार्फत गरिने परिक्षण हो पोलिगा्रफ परिक्षण । केही दिन अघि नेपालका राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीमगरको रहस्यमय मृत्युमा संलग्न भएको आशंकामा गिरफ्तार परि प्रहरी हिरासतमा रहेका मनिषाका प्रेमी रुद्रनारायण चौधरीको पोेलिग्राफ टेष्ट गरियो । उत्त पोलिग्राफ टेष्टबाट उनी मनिषा हत्यामा संलग्न नभएको देखियो । जुन घटनाले नेपाल प्रहरीलाई नै अलमलमा परेको छ । जेठ १३ गते बिहान आफ्नै घरमा मृत फेला परेको मगरको हत्यामा संलग्न रहेका आशंकामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । उनले झुट नबोलेको पोलिग्राफ टेष्टबाट देखिएपछि नवलपरासी प्रहरीले जस्ताको तस्तै मिसिलमा उतारेर अदालतमा बुझाउने निश्कर्षमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको मनिषाको शरिरको पोष्टमार्टम पछि उनको मृत्युको कारण झुण्डिनु देखिएको थियो । तर आफै झुण्डिएको हो वा आरुले झण्ड्याएको हो भन्ने कुरा पोष्टमार्टममा नदेखिने हुनाले घटनामा संलग्न भएको आशंकमा उनका प्रेमी भनिन रुद्र नारायण चौधरीको नवलपरासी प्रहरीे करिब पाँच घण्टा लगाएर पोलिग्राफ टेष्ट गरेको थियो । चौधरीका शंकास्पद गतिविधिहरु मनिषाको झण्डिएको शरीर निकाल्नु , उनी झुण्डिएको सल हाइवेको कल्भर्ट भित्र लृुकाउनु , प्रहरीलाई घटनाको जानकारी नदिनु आदि कारण उनी विरुद्ध परेको जाहेरीको आधारमा उनी माथि थप अनुृसन्धान भइरहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताएका छन् । प्रहरीले सार्वजनिक गरेको विवरण नै अन्तिम होइन,’ एसएसपी बस्नेतले भने, ‘साधनस्रोत र प्रविधिको उपयोग गरी घटनालाई जस्ताको तस्तै संकलन गरी अदालतमा पेस गरौं भन्ने उद्देश्य हो, त्यहीअनुसार अनुसन्धान अघि बढिरहेको छ।’ नेपाल प्रहरीले अपराध अनुसन्धानमा तीन वर्षदेखि प्रयोग गरिरहेको आधुनिक प्रविधि पोलिग्राफ परीक्षणको नतिजा विश्वसनीय हुन्न त ? अपराध अनुसन्धान विभाग, केन्द्रीय पोलिग्राफ शाखाका प्रमुख गणेश श्रेष्ठ ९२ प्रतिशत नतिजा सत्यनिकट हुने बताउँछन् । बाँकी ८ प्रतिशत परीक्षण दिनेभन्दा परीक्षण लिने अवस्थाको वातावरण र लिने व्यक्तिको प्रश्नोत्तर शैलीले प्रभाव पार्ने उनको भनाइ छ। ‘पोलिग्राफ व्यक्तिले बोलेको कुराको विश्वसनीयता परीक्षण गर्ने प्रविधि हो,’ तीन वर्षको बीचमा सय जनाको पोलिग्राफ परीक्षण गरिसकेका उनले भने, ‘आफैंले गरेको परीक्षण तथा त्यसको नतिजा र अन्तर्राष्ट्रिय अभ्यास तथा मान्यताले प्राविधिक र मानवीय त्रुटि बाहेकको अवस्थामा पोलिग्राफको नतिजा गलत हुन्न भन्नेमा ढुक्क छु।’ श्रेष्ठका अनुसार आरोपीको शरीरको चार प्रकृतिको आन्तरिक परिवर्तनका आधारमा पोलिग्राफ परीक्षणको नतिजा निस्कन्छ।आरोपीको श्वासप्रश्वास, मुटुको चालको गति, प्रश्नको समयमा आरोपीको रगतको प्लेटिस्योग्राफमा हुने परिवर्तन र उसको छालाको तरंग इलेक्ट्रो डरमल र प्रश्नको उत्तर दिँदा उसले झूट बोलेको छ या छैन भन्ने खुट्याउने काउन्टर मेजर सेन्सरको आधारमा नतिजा निस्कन्छ। पोलिग्राफ टेष्टमा उत्तरदाताले प्रश्न छल्न खेजेको अवस्थामा वा झुठ बोल्न खेजेको अवस्थामा काउन्टर मोजर सेन्सरले जानकारी दिँदा उसले झठ बोलेको छ या छैन भन्ने सहजै खुट्याउन सकिने श्रेष्ठको भनाइ रहेको छ । झुठ बोल्दा उसको शरिरका अन्य प्रणालीले देखाउने प्रतिक्रियाले सहज उसको अवस्थाको बारेमा पत्ता लाग्ने गर्दछ । विगत ३ बर्षदेखि नेपाल प्रहरले मासिक रुपमा ३० जनाको पोलिग्राफ परिक्षण गर्दै आएको छ । हाल सम्म नेपाल प्रहरीले १ हजार १५ जनाको पोलिग्राफ परिक्षण गरिसकेको छ । परीक्षणमा ४ सय ९० जना सफल भएका छन् भने ३ सय ८५ जना फेल भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending