Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

एमालेले किन बोलायो एक्कासी स्थायी समिति बैठक ?

\"UML काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले एक्कासी शनिवार स्थायी समिति बैठक बोलाएको छ । सरकार परिवर्तनको विषयमा चर्चा चलिरहेकाबेला एमालेले स्थायी समिति बैठक बोलाएको हो । एमालेले हिजोमात्रै झण्डै एक वर्षदेखि पूर्ण हुन नसकेको पार्टीको केन्द्रीय विभागले पूर्णता पाएको सार्वजनिक गरेको थियो । पार्टीमा गुटबन्दी कायमै रहँदा विभिन्न पक्षलाई भागबण्डा नमिल्दा एमालेले विभागलाई पूर्णता दिन सकेको थिएन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भागबण्डा नमिल्दा केन्द्रका ३१ वटा विभागले पूर्णता पाउन सकेको थिएन । पार्टी विवादपछि महासचिव ईश्वर पोखरेल संयोजक रहेको तीन सदस्यीय कार्यदलले सबै विवाद हल गरे पनि पुनः सरकारका बारेमा पार्टीभित्रैबाट अर्को किचलो शुरु भएपछि शनिवार स्थायी समितिको बैठक बोलाइएको हो । सरकार परिवर्तनका विषयमा पार्टीका शीर्ष नेताबीच नै तीव्र मतभेद भएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीले एक्कासी स्थायी समिति बैठक बोलाएका हुन् । स्थायी समितिमा पनि आफ्नो पक्षमा बहुमत रहेकाले सरकार नछाड्ने निर्णय गराउने तयारी ओलीले गरेका छन् । बैशाखको तेस्रो साता माओवादीसँग भएको भनिएको भद्र सहमतिका साथै पार्टी भित्रै अध्यक्षले एकलौटी गरेको भन्दै असन्तोष ब्याप्त हुन थालेको छ । एमाले बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल नै भद्र सहमति पालना गर्नुपर्ने पक्षमा छन् । खनालले केही समयअघि सरकारले काँध फेर्ने अवस्था आएको बताएका थिए । त्यसको प्रतिवाद गर्दा ओलीले आफ्नो काँध नथाकेको अभिब्यक्ति दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: