Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

आगलागीबाट साढे चार सय हेक्टर वनक्षेत्र सखाप

\"aago\"पर्वत । चालु आर्थिक वर्षमा पर्वत जिल्लाका विभिन्न स्थानमा रहेका ५१ वटा वनमा आगलागी भएको छ ।लामो समयको खडेरी र मानवीय लापर्बाहीका कारण दैनिकजसो भएको आगलागीका कारण जिल्लाका ५१ वटा वन जलेर नष्ट भएका हुन् । जलेर नष्ट हुनेमा सामुदायिक वन ४९ र दुई राष्ट्रिय वन गरी ५१ वन रहेको जिल्ला वन कार्यालय पर्वतले जानकारी दिएको छ ।

गत फागुन, चैत र वैशाख महिनामा भएको दैनिक आगलागीका कारण जिल्लाका ३६० सामुदायिक वनमध्ये ५१ वनमा आगलागी भएको थियो । जिल्लामा फागुन २८ देखि विभिन्न सामुदायिक वनमा वैशाख २० गतेसम्म आगलागी भएको थियो । जिल्ला वन कार्यालय पर्वतको तथ्याङ्कअनुसार आगलागीका कारण जिल्लाको वन क्षेत्रको ४४३ हेक्टर जमिन रित्तिएको छ ।

कार्यालयका अनुसार बिहान दिउँसो र बेलुका तथा रातको समयमा गरी चौबीसै घन्टा आगलागी भएको हो । कार्यालयका वन अधिकृत हरिबहादुर थापाका अनुसार सबैजसो वनमा सुरक्षा निकायको साथ लिएर आगो नियन्त्रण गराउने काम भए पनि नियन्त्रण बाहिर रहेकाले सबै ठाउँमा जोगाउन नसकिएको हो ।

वनको सुरक्षाका लागि सरकारले वन रक्षकको व्यवस्था गरिसकेको भए पनि सबै आगलागीमा सुरक्षा निकायको परिचालन गरिएको थियो । थापाले सबै गाविसमा वन डढेलो सञ्जाल गठन भएको भए पनि जनचेतनाको अभावका कारण मानवीय लापर्बाहीका कारण आगलागी बढी भएको बताए ।

कार्यालयका अनुसार जिल्लाको धाइरिङ, खुर्कोट, पाङ, शिवालय, तिलाहार, पक भुकताङले, शङ्करपोखरी, पाङ्राङ, फलामखानी, बाँसखर्क, हुवास, लेकफाँट, आर्थर, उरामपोखरा, नागलीवाङ, भोकसीङ, बनौ, राम्जा, सरौखोला ठूलीपोखरी लिमीठाना, क्याङ थापाथाना, भोर्ले र पन्चासे राष्ट्रिय वन गरी ३० गाविसमा रहेका वनमा आगलागी भएको थियो ।

कार्यालय प्रमुख कृष्णप्रसाद ढकालले दिएको जानकारीअनुसार आगलागीका कारण एक लाख ३२ हजार ८७६ रुख जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा राम्जा गाविस–४ का रवीन गुरुङ गम्भीर घाइतेभएका थिए। उनको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: