Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पत्रकारको उपचारमा छुटको व्यवस्थाप्रति चिनियाँ पत्रकारको प्रशंसा

\"FNJकाठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार महासङ्घको प्रमण्डलले नेपालमा सरकारले नेपालमा पत्रकारको उपचारमा ५० प्रतिशत छुट तथा दुर्घटना बीमाको व्यवस्था आफूहरुका लागि पनि नयाँ कार्यक्रम लागेको जनाएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग सिंहदरबारमा आज भेट गर्दै टोली नेता गाओ साङ्गाङ्ले यस प्रकारको व्यवस्था चीनमा पनि हालसम्म नभएको अवस्थामा नेपालमा गरिएकामा सरकारको प्रशंसा गरे ।

सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा पत्रकारका लागि सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने बीमाका कार्यक्रम लागू भइसकेको छ ।

मन्त्री राईले पत्रकारको मापदण्ड र वर्गीकरणका लागि सरकार लागिरहेको जनाउँदै पत्रकार हुने पहिलो सर्त देश र जनताप्रति उत्तरदायी र जवाफदेही हुनैपर्छ भने । उनले विभिन्न जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने गरी नेपालले नयाँ संविधान प्राप्त गरेको र अब स्थिरता तथा आर्थिक समृद्धिका लागि सरकार अघि बढेको बताए ।

उनले संविधानले पूर्ण प्रेस स्वतन्त्रता, सूचना र सञ्चारको हक सुनिश्चित गरेको जनाउँदै सोबमोजिम आम सञ्चार राष्ट्रिय नीति तर्जुमा हुन लागेको, पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रशिक्षण प्रतिष्ठान स्थापनाको चरणमा रहेको अवगत गराए।

मन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि नेपाल र चीनबीचको सहयोग आदान–प्रदानका लागि सरकार तयार रहेको स्पष्ट पारे ।टोली नेता गाओ साङ्गाङ्ले चीनमा समाजप्रति जिम्मेवार, देशको नीति र आवश्यकता अनुकूल, दृष्टिकोण र विचारयुक्त, जनता र कम्युनिस्ट पार्टीको हित चाहने तथा समाचार सङ्कलन र सम्पादनमा सक्षमलाई पत्रकार बनाइने अनुभव सुनाए । सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको पनि उपस्थिति थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: