Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

एक महिना देखि सन्तान बेपत्ता भएपछि अभिभावककाे विलाैना

\"missing

शिशिर सिंखडा

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका – ७ खोलेसिमल बजारस्थित सिद्धि विनायक आ.मा.वि. मा अध्ययनरत ३ जना विद्यार्थी एक महिनादेखि बेखबर छन् । गत बैसाख १७ गते शुक्रबार आ–आफ्नो घरबाट स्कुल हिडेका उनीहरुको एक महिना बितिसक्दा समेत कुनै अत्तोपत्तो छैन । विद्यालय जान भनी हिडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् ।

कालिका नगरपालिका – ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं. ८ लंकालाईनका १४ वर्षीय राज गुरुङ्ग एकै कक्षाका दौतरी हुन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । बिहान खाना खाई साईकल लिएर विद्यालय हिडेका राज गुरुङ्गको साईकल विद्यालयको गेट बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेख बहादुर गुरुङ्गले बताए ।

दुई छोरा मध्येका जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । अहिले उनको परिवारमा रुवाबासी छ । आमा अनिता बैदेशिक रोजगारको क्रममा दुबई गएको १५ महिना भयो । उता आमा पनि रुदारुदा काम गर्न सक्ने अवस्थामा छैनन् लेख बहादुरले भने ।

गुरुङ्ग परिवार मात्र होइन उता थोमस लामिछानेको ६० वर्षीय हजुरआमा होम कुमारीको भोक, तिर्खा, निद्रा हराएको एक महिना भयो । कतिखेर नाती आइपुग्ला भनेर उनी बाटो हेर्ने गर्दछिन् । जतिखेर पनि नाती सम्झदै भक्कानिन्छिन् र नातीको कुरा ग¥यो भने बोल्न पनि सक्दिनन् । थोमसको बुबा विवेक र आमा मोनिकाको अवस्था पनि उस्तै छ । लामिछाने परिवारले जोले छाक खाना नखाएको पनि धेरै नै भइसक्यो । एक महिना भयो नातीको अत्तोपत्तो छैन, कसरी घर बस्ने ? घर नै अध्यारो चकमन्न छ, होम कुमारीले रुदै भनिन् । दुई सन्तान मध्ये छोरा बेपत्ता भएपछि सानी छोरी पनि दाजुलाई सम्झदै बुबाआमासँगै रुदै एक महिना बिताईसकिन् ।

गुरुङ्ग र लामिछानेको भन्दा कम पीडा धमला परिवारमा पनि छैन । डिलमाया धमला र बुद्धि प्रसादको कान्छा छोरा अश्विन बेपत्ता भएदेखि जेठो छोरो आयुषको पढाई धेरै बिग्रीसकेको छ । छोराको पीरले चिन्तित आयुषको आमा डिलमायाको आँखा कहिल्यै ओभानो देखिदैन । बुबा रोजगारीको सिलसिलामा भारतको कोलकत्तामा मजदुरी गर्दछन् । छोरा बेपत्ता भएदेखि यो परिवारको पीडा पनि दर्दनाक छ । मध्यम परिवारका यी विद्यार्थी बेपत्ता भएको एक महिना बित्दा समेत प्रहरी प्रशासनले चासो दिएर खोजतलास नगरेकोमा आफन्तजनको गुनासो छ ।

हाम्रो सुनिदिने, बोलिदिने कोही छैन, खोजतलासको लागि प्रशासनले सहयोग गर्न समेत परिवारजनले आग्रह गरेका छन् । एक महिनादेखि धमला, गुरुङ्ग र लामिछानेका परिवार, इष्टमित्र, छरछिमेक र विद्यालयका शिक्षकले समेत पूर्व मेची देखि महाकालीसम्मका बीरगञ्ज, भैरहवा, नेपालगञ्ज लगायतका नाकाहरु पोखरा, काठमाडौं तथा विभिन्न शहरहरुमा खोजतलास गर्न पुगेपनि बेपत्ता छोराहरुको बारेमा केहीपनि पत्तो पाउन नसकेको परिवारजनले बताएका छन् ।

विद्यालयका आफ्ना विद्यार्थी बेपत्ता भएपछि शिक्षक परिवार पनि चिन्तामा परेको सो विद्यालयका सहायक प्राचार्य नवराज बञ्जाराले बताए । हरेक दिन बेपत्ता विद्यार्थीको मात्र सम्झना आउँछ । कहाँ गएका होलान्, के गर्दै होलान् भन्ने पीरले विद्यालय परिवार पनि स्तब्ध भएको बञ्जाराले बताए ।

बेपत्ता विद्यार्थीहरुको बारेमा कुनै सूचना प्राप्त भएमा लेख बहादुर गुरुङ्गको नं. ९८४५९५९६८७, मोनिका लामिछानेको नं. ९८०४२२९२३७, डिलमाया धमलाको नं. ९८०९२२५९०५, विद्यालयका सहायक प्राचार्य नवराज बञ्जाराको नं. ९८५५०६२६१३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराईदिनुहुन परिवारजनले अपील समेत गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending