Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बजेट बिदेशी सहयोग र अनुदानमा निर्भर : बिजुक्छें

\"narayanभक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बजेट बिदेशी सहयोग र अनुदानमा निर्भर भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले वर्तमान बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा भन्दा पनि बिदेशीको सहयोगमा भएकाले यसको कार्यान्वयनमा जटिलताका साथै परनिर्भर रहेको बताए । बिजुक्छेंले वर्तमान बजेट आउनु अगावै बिभिन्न स्थानमा बजेटका बारे जानकारी हुनुले बिभिन्न क्षेत्रका ब्यक्तिहरुले लाभ लिएको भन्दै काँग्रेसले संसद अवरोध गर्नु जायज भएको भन्दै यदी यसो हो भने नैतिकताको आधारमा अर्थ मन्त्रीको राजीनामा दिनु पर्ने बताए । सरकार परिवर्तनका लागि भारतका दुतहरुको चलखेल सुरु भएको भन्दै बिजुक्छेंले काँग्रेस, मधेशबादी, राप्रपा नेपाल लगायतका राजनीतिक दलहरुको समिकरणमा सरकार निर्माणको प्रयास जारी रहेको बताए । उनले भारत लगायत युरोपियन देशले समेत नेपालमा नाम मात्रका बाम पन्थीको सरकार परिवर्तनमा लागेता पनि एमालेले भने यहि सरकारमा काँग्रेस लगायत अन्य दलहरुलाई समेट्ने प्रयासमा लागेको समते टिप्पणी गरे । बिजुक्छेंले स्थानिय निकायको निवार्चन वर्तमान संरकारले तोकेको मितिमा सम्पन्न गर्न संसदमा बिधेयक प्रस्ताब पारित गरेर अगाडि बढे मात्र सम्भब रहेको नत्र पाँच बर्ष सम्म पनि संघिय संरचनाका कारण स्थानिय निकायको निर्वाचन हुन नसक्ने उनले बताए । स्थानिय निकायको निर्वाचन गरे संघियता ओझेलमा पर्ला र भारतले लाभ लिन नपाउला कि भनि भारतले तत्कालै स्थानिय निकायको निर्वाचन गर्न बाधक भूमिका खेलेको उनले आरोप लगाए । भक्तपुरलाई सांस्कृतिक शहर घोषणा गर्नु सकारात्मक पक्ष रहेता पनि वर्तमान सरकारले ल्याएको बजेट सडक बिस्तारमा मात्रै स्पष्ट रहेकाले ब्यापक जानकारी र छलफल बिना पारित यस्ता थुप्रै बिषयहरुले समेत पूर्णता पाउनेमा उनले शंका ब्यक्त व्यक्त गरे । उनले वर्तमान संसद संसद जस्तो नभएको टिप्पणी गर्दै सांसदहरुको राय बिचार लिएर छलफल गर्न नसक्ने र ठूला दलहरुको कुर्ची हान्ने थलोको रुपमा बिकास हुँदा संसदको समेत नेपाली माझ बिश्वास हराउँदै गएको बताए । सबैको ध्यान रहेको भक्तपुरस्थित सल्लाघारीको जग्गा सरकारले स्थानिय जनता र नगरपालिकासँग कुनै सहकार्य नगरि जसरी आफ्नो मनपरि गरेको छ त्यो केही ब्यक्तिको निहित स्वार्थमा रहेको भन्दै उनले भक्तपुर नगरपालिकाले बिस्तार गर्न खोजेको ख्वप बिश्वबिद्यालयलाई हस्तान्तण गरे बिभिन्न अस्पतालहरु सञ्चालन गरेर भक्तपुरका मात्र नभएर देशभरका स्वास्थ्य लाभ लिन सक्ने समेत बताए । भारतले गरेको प्रत्यक्ष हस्तक्षेपको बिषयलाई लिएर पछिल्लो समयमा चाइना कार्डको बिषय उठान गरेता पनि चीन नेपालको असल छिमेकीको भूमीकामा देखि रहने र नेपालका अहितमा नजाने भन्दै चाइना कार्डको बिषय उठान गलत भएको उनको भनाई रहेको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: