Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

विद्युत् चोरी गर्ने ८३ जनालाई कारवाही, ३८ जना थुनामा

\"hookingभैरहवा । नेपाल विद्युत प्राधिकरणले भैरहवा वितरण केन्द्रले पछिल्लो डेढ महिनाको अवधिमा विद्युत् चोरी गर्ने तथा हुकिंग गर्ने ८३ जना ग्राहकलाई कारवाही गरेको छ । त्यस मध्ये विद्युत् चोरी तथा हुकिंगमा संलग्न ३८ जना व्यक्तिलाई पक्राऊ गरी एकदिन थुनामा राखेर छोडिएको भैरहवा वितरण केन्द्रका प्रमूख मुनिन्द्र ठाकुरले जानकारी दिए । कारवाहीमा पर्नेहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका, मानपकडी गा.वि.स. मर्चवार र पोखरभिण्डीका ग्राहक रहेको प्राधिकरणले जनाएको छ । यस मध्ये सबैभन्दा धेरै विद्युत् चोरी हुने क्षेत्रको रूपमा लुम्बिनी रहेको प्राधिकरणको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलिले गत चैत १९ गते बैशाख महिनालाई विद्युत् चुहावटरहित महिनाकोरूपमा अभियान चलाउन निर्देशन दिएपछि थालिएको कारवाहीमा यस्तो सफलता हात पारिएको केन्द्रका प्रमुख ठाकुरको भनाई छ । सुरूमा बैशाख महिनालाई मात्र भनिए पनि हाल उक्त कारवाहीलाई निरन्तरता दिईएको उनले बताए । त्यस्तै प्राधिरणले थुनामा राखिएका तथा कारवाहीमा परेकामध्येबाट बैशाख महिनामा मात्र जरिवाना स्वरूप ५ लाख ९३ हजार २ सय ७९ रूपैयां २० पैसा संकलन गर्न सफल भएको छ । त्यसैगरी हुकीङ असुली मार्फत डेढ महिनाको अवधिमा ८ लाख २४ हजार ३ सय ६९ रूपैयां ५२ पैसा संकलन भएको केन्द्रका लेखा अधिकृत प्रकाश भुसालले जानकारी दिए । पक्राउ परेकाहरूबाट ७ हजार देखी ३ लाखसम्म रकम असुली गर्न सफल भएको प्राधिकरणले बताएको छ । त्यस्तै समयमा विद्युत महशुल नतिर्ने २ सय ५ जना ग्राहकको लाईन काटिएको र लाईन काटिएका ग्राहकबाट ६३ लाख ११ हजार ६ सय ९० रूपैयां रकम असुल गरिएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए । त्यसैगरी प्राधिकरणले यो अवधिमा ८ जना ग्राहकलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । लगातार ६ महिनासम्म विद्युत् महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिने र उक्त व्यक्तिले उपभोग गर्ने सम्पूर्ण सरकारी सुविधामा तीन पुस्तेसम्म रोक्का गरेर रकम असुली गर्ने प्रावधान अनुरूप कारवाही चलाईएको ठाकुरले बताए । यो अवधिमा कालोसूचीमा परेका ग्राहकबाट प्राधिकरणले १ लाख ८४ हजार ४ सय ८२ रूपैयां ६२ पैसा रकम असुल गरेको छ । त्यसैगरी मिटरबाट तार काटेर विद्युत् चोरी गर्ने १८ जना ग्राहकबाट १ लाख ६३ हजार ४ सय ८२ रूपैयां संकलन भएको छ भने स्विकृत क्षमताभन्दा बढी विद्युत् उपभोग गरेको पाईएका ६ वटा उद्योगलाई कारवाही गरिएको र सो बापत ६८ हजार ६ सय ५० रूपैयां संकलन भएको प्राधिकरणले जनाएको छ । भैरहवा वितरण केन्द्र अन्तर्गत ८६ हजार ५ सय ६३ ग्राहक रहेका छन् । जस मध्ये भैरहवा वितरण केन्द्र भैरहवा अन्तर्गत ३८ हजार ७ सय ७२, नयांमिल प्रशाखा अन्तर्गत १६ हजार ८ सय ७७, अमवा प्रशाखा अन्तर्गत १५ हजार ७ सय २५ र लुम्बिनी प्रशाखा अन्तर्गत १५ हजार १ सय ८९ ग्राहक रहेका छन् । आ.व. ०७२÷०७३ मा भैरहवा वितरण केन्द्रमा १ करोड ४९ लाख ९४ हजार ९ सय ९ रूपैयां ८७ पैसा विद्युत् महशुल असुल हुनुपर्ने रकम रहेको र सो अवधिमा ५ सय ३४ ग्राहकको लाईन काटिएको प्राधिकरणको भनाई छ । लाईन काटिएका ग्राहक मध्यबाट ४ सय ९१ जना ग्राहकको लाईन पुनः जोडिएको र १ करोड ८४ लाख ४८ हजार ८ सय १८ रूपैयां ४७ पैसा रकम असुल गरिएको प्राधिकरणले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending