Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विद्युत् चोरी गर्ने ८३ जनालाई कारवाही, ३८ जना थुनामा

\"hookingभैरहवा । नेपाल विद्युत प्राधिकरणले भैरहवा वितरण केन्द्रले पछिल्लो डेढ महिनाको अवधिमा विद्युत् चोरी गर्ने तथा हुकिंग गर्ने ८३ जना ग्राहकलाई कारवाही गरेको छ । त्यस मध्ये विद्युत् चोरी तथा हुकिंगमा संलग्न ३८ जना व्यक्तिलाई पक्राऊ गरी एकदिन थुनामा राखेर छोडिएको भैरहवा वितरण केन्द्रका प्रमूख मुनिन्द्र ठाकुरले जानकारी दिए । कारवाहीमा पर्नेहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका, मानपकडी गा.वि.स. मर्चवार र पोखरभिण्डीका ग्राहक रहेको प्राधिकरणले जनाएको छ । यस मध्ये सबैभन्दा धेरै विद्युत् चोरी हुने क्षेत्रको रूपमा लुम्बिनी रहेको प्राधिकरणको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलिले गत चैत १९ गते बैशाख महिनालाई विद्युत् चुहावटरहित महिनाकोरूपमा अभियान चलाउन निर्देशन दिएपछि थालिएको कारवाहीमा यस्तो सफलता हात पारिएको केन्द्रका प्रमुख ठाकुरको भनाई छ । सुरूमा बैशाख महिनालाई मात्र भनिए पनि हाल उक्त कारवाहीलाई निरन्तरता दिईएको उनले बताए । त्यस्तै प्राधिरणले थुनामा राखिएका तथा कारवाहीमा परेकामध्येबाट बैशाख महिनामा मात्र जरिवाना स्वरूप ५ लाख ९३ हजार २ सय ७९ रूपैयां २० पैसा संकलन गर्न सफल भएको छ । त्यसैगरी हुकीङ असुली मार्फत डेढ महिनाको अवधिमा ८ लाख २४ हजार ३ सय ६९ रूपैयां ५२ पैसा संकलन भएको केन्द्रका लेखा अधिकृत प्रकाश भुसालले जानकारी दिए । पक्राउ परेकाहरूबाट ७ हजार देखी ३ लाखसम्म रकम असुली गर्न सफल भएको प्राधिकरणले बताएको छ । त्यस्तै समयमा विद्युत महशुल नतिर्ने २ सय ५ जना ग्राहकको लाईन काटिएको र लाईन काटिएका ग्राहकबाट ६३ लाख ११ हजार ६ सय ९० रूपैयां रकम असुल गरिएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए । त्यसैगरी प्राधिकरणले यो अवधिमा ८ जना ग्राहकलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । लगातार ६ महिनासम्म विद्युत् महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिने र उक्त व्यक्तिले उपभोग गर्ने सम्पूर्ण सरकारी सुविधामा तीन पुस्तेसम्म रोक्का गरेर रकम असुली गर्ने प्रावधान अनुरूप कारवाही चलाईएको ठाकुरले बताए । यो अवधिमा कालोसूचीमा परेका ग्राहकबाट प्राधिकरणले १ लाख ८४ हजार ४ सय ८२ रूपैयां ६२ पैसा रकम असुल गरेको छ । त्यसैगरी मिटरबाट तार काटेर विद्युत् चोरी गर्ने १८ जना ग्राहकबाट १ लाख ६३ हजार ४ सय ८२ रूपैयां संकलन भएको छ भने स्विकृत क्षमताभन्दा बढी विद्युत् उपभोग गरेको पाईएका ६ वटा उद्योगलाई कारवाही गरिएको र सो बापत ६८ हजार ६ सय ५० रूपैयां संकलन भएको प्राधिकरणले जनाएको छ । भैरहवा वितरण केन्द्र अन्तर्गत ८६ हजार ५ सय ६३ ग्राहक रहेका छन् । जस मध्ये भैरहवा वितरण केन्द्र भैरहवा अन्तर्गत ३८ हजार ७ सय ७२, नयांमिल प्रशाखा अन्तर्गत १६ हजार ८ सय ७७, अमवा प्रशाखा अन्तर्गत १५ हजार ७ सय २५ र लुम्बिनी प्रशाखा अन्तर्गत १५ हजार १ सय ८९ ग्राहक रहेका छन् । आ.व. ०७२÷०७३ मा भैरहवा वितरण केन्द्रमा १ करोड ४९ लाख ९४ हजार ९ सय ९ रूपैयां ८७ पैसा विद्युत् महशुल असुल हुनुपर्ने रकम रहेको र सो अवधिमा ५ सय ३४ ग्राहकको लाईन काटिएको प्राधिकरणको भनाई छ । लाईन काटिएका ग्राहक मध्यबाट ४ सय ९१ जना ग्राहकको लाईन पुनः जोडिएको र १ करोड ८४ लाख ४८ हजार ८ सय १८ रूपैयां ४७ पैसा रकम असुल गरिएको प्राधिकरणले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: