Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पूर्व शिक्षा अधिकारीले घरबाटै शिक्षक नियुक्त गरेपछि......

\"dhanusa\"धनुषा । ‘शिक्षक हुँ’ भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ ? शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको छ । नियुक्तिपत्र देखाउँदै कार्यालय पुग्ने ती व्यक्तिलाई कर्मचारीले सुरुमा होला त नि भन्दै तलब निकासा दिन पुग्छन् । विद्यालय र समुदायले नचिन्ने २२ व्यक्तिलाई तीन महिनाको तलब निकासा भइसकेपछि उनीहरु नक्कली शिक्षक भएको पाइयो । सम्बन्धित विद्यालय र समुदायबाट उजुरी आएपछि त्यो तथ्य पत्ता लागेको हो । हाल ती नक्कली शिक्षकको तलब रोक्का छ । अनियमित भएको रकम कोबाट असुल्ने र कुन कार्यकालको कार्यालय प्रमुख वा कर्मचारी कारबाहीमा पर्ने भन्ने अनुसन्धानबाट थाहा हुनेछ । चालु आवको पहिलो चौमासिकको तलब खाइसकेका ती शिक्षकको नियुक्तिपत्रमा हस्ताक्षर गर्ने जिल्ला शिक्षा अधिकारी अहिले जिम्मेवारीमा छैनन् तर यो प्रकरणलाई कसरी टुङ्गो लगाउने भनेर शिक्षा कार्यालयलाई टाउको दुखेको छ । कार्यालय सो फर्जी नियुक्ति प्रकरणबारे स्पष्टीकरण दिन व्यस्त छ । अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल पत्रको जवाफ लेखेर हैरान भएको सो कार्यालय ती फर्जी नियुक्तिपत्रसम्बन्धी पुराना अभिलेख नपाएपछि थप सङ्कटमा देखिएको छ । अनेक प्रकरण र राजनीतिक हस्तक्षेपका कारण जिल्लामा यस आवमा मात्र तीन जना शिक्षा अधिकारीको परिवर्तन भइसकेको छ । आयोगको हेटौँडा क्षेत्रीय कार्यालयले गत वैशाख ६ को पछिल्लो पत्रमा सो प्रकरणको छानबिनबारे स्मरण गराइएको थियो । शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले धनुषाको सो प्रकरणबारे विस्तृत बुझ्न बाँकी रहेको बताए । तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलका पालामा नियुक्ति पाएको भन्दै नियुक्तिपत्र बोकेर २२ जना शिक्षक कार्यालयमा तलब माग्न आउने क्रम रोकिएको छैन । ती नियुक्तिको अभिलेख नभेटिएपछि अख्तियार र सतर्कता केन्द्रको निर्देशनमा तलब रोक्का गरी छानबिन प्रारम्भ गरिएको छ । अनियमितताका भिन्नभिन्न ७१ प्रकरणमा मण्डललाई अख्तियारले निलम्बन गरी छानबिन गरिरहेको छ । उनले सफाइ पाउने र पुनः जिम्मेवारी पाउने क्रम पनि चलिरहेको छ । मण्डलले जिल्लाको एक विद्यालयमा कार्यरत आफ्नी श्रीमती शिक्षकलाई पनि घरबाटै सरुवा पत्र दिएको बुझिएको छ । विगतका कतिपय दस्तावेज समेत केही पूर्व शिक्षा अधिकारीको घरमा रहेको हुन सक्ने अनुमान गरिएको छ । कार्यालयको छाप, चिठीपत्र र दर्ता÷चलानी पुस्तक समेत उतै खडा गरी शिक्षक नियुक्ति र सरुवा गरी अहिले पनि पत्र आउने गरेको आशङ्का गरिएको छ । विद्यालय क्षेत्रमा नक्कली ९झोले० विद्यालय र खेताला शिक्षकका प्रकरणपछि धनुषामा नक्कली शिक्षकको प्रकरण भेटिएको छ । धनुषाका उपजिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले नियुक्ति भएको अभिलेख नपाइने तर तलब पाउँ भन्ने तथा सरुवा भयो भन्दै नयाँ नयाँ पत्र लिएर आउने ‘हवाई शिक्षक’ ले कार्यालयमा हैरान दिने गरेको बताए । कर्णले भने – “यस्ता प्रकरणका कारण हामीलाई शिक्षक दरबन्दी मिलान र गुणस्तरीय शिक्षा कायम गर्ने काम फलामको च्युरा सरह भएको छ ।” कार्यालयमा नयाँ २७ शिक्षकको दरबन्दी वितरण हुन बाँकी छ । कार्यालयले शैक्षिक अनियमितताबारे धेरै उजुरी र त्यसमा माथिल्लो निकायबाट स्पष्टीकरण माग हुन थालेपछि उपशिक्षा अधिकारी मेहीलाल यादवलाई अन्य जिल्लामा नभएको जिम्मेवारी ‘अख्तियार फोकल पर्सन’ तोकिदिएको छ । यादव भन्छन् – “मेरो काम नै अख्तियार र सतर्कता केन्द्रका पत्र अभिलेख गर्ने, पत्र तयार गर्ने र पठाउने भएको छ । एकै दिनमा चार पाँच वटा अनियमितता सम्बन्धी पत्राचार हुने गर्छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending