Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बिप्लवका शिक्षकहरुले बजेटको भण्डाफोर गर्ने

\"biplabकाठमाडौँ । विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले सरकारले शनिवार संसदमा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटको भण्डाफोर गर्ने भएको छ । शिक्षामा जनताको पहुँच पुर्याउन र शैक्षिक क्षेत्रको समस्या समाधान गर्न कुल वजेटको २५ प्रतिशत हुनपर्नेमा बजेट झन् घटेर ११.६ प्रतिशत पुर्याइएकोमा संगठनले आपत्ति जनाएको छ । बजेटले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई निरास बनाएको भन्दै संगठनले भण्डाफोर गर्ने जनाइएको छ । संगठनले बजेटमा भएको नीति तथा कार्यक्रमकाविरुद्ध लाग्न सम्पूर्ण शिक्षक कर्मचारीलाई आह्वान समेत गरेको छ । बजेटले सरकार शिक्षाको दायित्वबाट पन्छिदै गएको देखिएको र यसले संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकारबाट जनता विमुख हुने संगठनले आरोप लगाएको छ । संगठनले मंगलबार विज्ञप्ति जारी गर्दै विगतमा भएको सहमति अनुसार सदनमा पेश भएको शिक्षा विधेयकमा अस्थायी शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक, बाल विकासका शिक्षकको समस्या हल गर्ने विषयमा छलफल भई समाधान गर्ने प्रयत्न भइरहेकाबेला सरकारकोतर्फबाट अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटमा शिक्षक कर्मचारीको बारेमा मौन रहेको जनाइएको छ । ‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नीजि शिक्षणसंस्थासँग साझेदारी गर्ने कुरा बजेटमा आएको छ । शिक्षामा वजेट घटाउदै जानु, शैक्षिक गुणस्तरको लागि निजी शिक्षण संस्था संग साझेदारी गर्ने नीति ल्याइनु, बजेटमा शिक्षक कर्मचारीको समस्या समाधान गर्नको लाागि कार्यक्रम नल्याउनु, बजेटमा शिक्षक शब्दको कतै पनि उच्चारण नगरिनुमा यो सरकार शिक्षामा निजिकरण र व्यपारीकरण गर्दैछ र शिक्षाको दायित्वबाट पन्छिदै गएको कुरा पुष्टि भएको छ ।’– संगठनका अध्यक्ष लालबहादुर विसी र महासचिव गोपाल पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगतमा अस्थायी शिक्षक विद्यालय कर्मचारी, राहत, बालविकासका शिक्षक संग सरकारले गरेको सहमति सम्झौताअनुसार बजेट संशोधन गरी शिक्षक र विद्यालय कर्मचारीका पेशागत र शैक्षिक समस्या समाधन गर्न पनि उनीहरुले माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: