Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रक्सीको नसामा संसदमा बोल्ने गृहमन्त्री बर्खास्त

\"tanjinia-750\" उच्च ओहोदामा पुगेर पनि आफ्नो ओहोदा वा पदको मर्यादा कायम राख्न नसक्ने मन्त्री बर्खास्तीमा परेका छन् । यो दुनियामा यस्ता मन्त्रीहरु पनि हुँदा रहेछन् जो टन्न रक्सी खाएर संसदमा पुग्दछन् र सांसदहरुले सरकारका कामकारवाही बारेमा उठाएका प्रश्नको जवाफ रक्सीकै तालमा दिन्छन् । घटना तान्जानियाको हो । रक्सी धोकेर संसदमा गई रक्सीकै तालमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिएको आरोपमा त्यहाँका राष्ट्रपतिले गृहमन्त्रीलाई बर्खास्त गरेका छन् । भ्रष्टाचार तथा असक्षमतालाई परास्त गर्ने भन्दै गत नोभेम्बरमा सत्ता सम्हालेका राष्ष्ट्रपति जोन म्यागुफुलीले सरकारका उच्च अधिकारीहरुलाई एकपछि अर्को गर्दै बर्खास्त गर्ने श्रृंखला गृहमन्त्रीसम्म आइपुगेको छ । भ्रष्टाचारको आरोपमा अहिलेसम्म धेरै वरिष्ठ सरकारी अधिकारीहरुलाई उनले बर्खास्त गरिसकेका छन् भने सरकारको खर्च घटाउनकालागि सरकारले क्रिसमस कार्ड छापेर बाँड्ने चलन पनि हटाएका छन् । \"141222120359_loksabha_on_221214_624x351_loksabhatv-750\" राष्ट्रपतिको निकटका व्यक्ति मानिने गृहमन्त्री चाल्र्स किटवांगाको बर्खास्तगीलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तीमा गृहमन्त्री किटवांगा रक्सी पिएर संसदमा पुगेको र गृह मन्त्रालयका बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ पनि रक्सीकै तालमा दिएको हुँदा उनलाई बर्खास्त गरिएको उल्लेख छ । यो घटना कहिले भएको हो ? भन्ने चाहीँ खुलाइएको छैन । एजेन्सीकाे सहयाेगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending