Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

के नेपालले विजयको माला पहिर्याउला ?

काठमाडौँ, सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको युरोपेली छनोटको प्ले अपमा युक्रेनमा ०–२ ले पछि परेर भोगेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आफ्नो घरेलु मैदानमा ३–० ले खेल उल्टाउँदै विश्वकपको टिकट काट्यो । नेपालले एक गोल मात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ । अथवा, २–० ले अग्रता लिएर बराबरी गर्दै अतिरिक्त समयमा खेल लगेर जित्नुपर्ने हुन्छ । नेपालले निर्धारित र थपिएको समयमा पनि २–० ले अग्रता लिएको खण्डमा प्यानल्टी सुटआउटबाट नतिजा निस्कने सम्भावना पनि छ । तर, नेपालका लागि एसिया कप खेलिसकेको भारतीय टोली सहज प्रतिद्वन्द्व भने हैन । नेपाल र भारत हालसम्म १६ पटक भिडिसकेका छन् । यसमा भारतले १२ पटक नतिजा आफ्नो पक्षमा पारिसकेको छ भने नेपालले भारतलाई दुई खेलमा मात्र जितेको छ । त्यस्तै, दुई खेल भने बराबरीमा टुङ्गिएका छन् । भारतले नेपाललाई २८ गोल हानेको छ भने नेपालले नौ गोलमात्र फर्काएको छ । यस्तो अवस्थामा नेपालले पुनरागमन गर्न धेरै भाग्यकै भर पर्नुपर्ने विचार राख्छन् खेलकुद पत्रकार निरञ्जन राजवंशी । “नेपालले घरेलु दर्शकको दबाबका बीच बलियो टोलीलाई दुई गोलको अग्रता लिनुपर्ने हुन्छ, यो साह्रै नै गाह्रो हो”–राजवंशी भन्छन् । फुटबल विश्लेषक सञ्जीव मिश्र भने नेपालले पुनरागमन गर्ने सम्भावनालाई नकार्दैनन् । “हो यो सजिलो लडाइँ हैन, तर घरेलु मैदानमा उच्च मनोबल छ, खेलाडी फिट छन् त्यसैले, अझै सम्भावना टरेको छैन ।” विश्लेषक मिश्र नेपालले मध्यपङ्तिमा सुधार गर्दै आक्रामक खेल खेल्नुपर्ने सुझाव दिन्छन् । आज मैदानमा उत्रँदा टोलीको रणनीतिमा व्यापक सुधार हुने आशा गर्नुभएका अखिल नेपाल फुटबल सङ्घका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ भन्छन् । “म त एकदमै आशावादी छु, गृह मैदान र दर्शकको प्रेरणाले आज फ्रान्स युक्रेन संस्करण नेपालले दोहो¥याउने छ ।” –रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending