Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

गिरिजाले राणाविरुद्ध लड्न लगेको बन्दुक अझै फिर्ता भएन

\"31122015095342gpk-1000x0-750\" राणाविरुद्ध लड्न गिरिजाप्रसाद कोइरालाले तमसुक गरेर लिएको बन्दुक फिर्ता नआएपछि त्यसका धनी साढे ६ दशकदेखि खोजिमा छन् । २००३ सालमा जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्‍यो । जनक्रान्तिकै लागि कांग्रेसले देशै भरिबाट हातहतियार र सेना एकट्ठा गर्न थाल्यो । क्रान्तिकै शिलशिलामा २५ पुस २००७ मा कांग्रेसका तत्कालिन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइरालाले धरान जुद्धनगर (हालको नयाँबजार)का सूर्यनारायण श्रेष्ठको नाममा रहेको ‘एकनाले ५ फायर भाजर’ बन्दुक जनक्रान्ति सफल भएपछि फिर्ता दिने सर्तमा कवुलनामा गरी लिएर गए । त्यसको डेढ महिना नपुग्दै अर्थात ७ फागुन २००७ मा सशस्त्र क्रान्तिकै आडमा नेपालमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएसँगै कांग्रेसले छेडेको सशस्त्र आन्दोलन थामियो । जनक्रान्ती सफल भएता पनि लडाइँका लागि लगिएको सूर्यनारायणको बन्दुक सर्तअनुसार फिर्ता आएन । आज ६५ वर्षपछि पनि गिरिजाप्रसादले लगेको उक्त बन्दुक पाउने आसमा उनका दरसन्तान छन् । त्यसबेला कोइरालाले सूर्यनारायणका जेठा दाइ जयनारायणबाट मोरङ गोस्वारामा दर्ता नम्बर ४० रहेको बन्दुक र त्यसको २५ ओटा गोली भर्पाइमा हस्ताक्षर गरी बुझेका थिए । सूर्यनारायणका नाति, अर्थात २०३० सालमा राजाको सवारीमा बम प्रहार गरेको आरोप लगाएर मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले त्यो भर्पाइ उनको संग्रहालयमा सुरक्षित राखेका छन् । ‘बन्दुक फिर्ता पाउँ भन्दै बाजेले उतिबेलाका धेरै आईजीपीहरूलाई समेत पटक–पटक चिठी लेख्नु भयो, तर फिर्ता भएन ।’ त्यसरी लेखिएका पत्रका छाया प्रति देखाउँदै मनोजले भने । तत्कालिन आईजीपीहरूलाई लेखिएका पत्रमा सूर्यनारायणले बन्दुक फिर्ता नदिने हो भने, ‘परेको मोल’ २५ सय भारु दिनु, भर्पाइ चाहिए त्यो पनि देखाउँला‘ भनी उल्लेख गरेका छन् । बन्दुक लिएको ४४ वर्षपछि अर्थात २०५१ सालको मध्यावधि निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्रीसमेत रहेका कोइराला सहिद भीमनारायणको परिवारलाई भेट्न धनकुटा सदरमुकामस्थित घरैमा पुगे । मनोजले भने, ‘त्यसबेला पनि बाजेले गिरिजाबाबुसँग भर्पाइ देखाएरै बन्दुक माग्नु भयो ।’ भर्पाइ पढेर रोमाञ्चित भएका कोइरालाले तत्कालिन क्रान्तिका डरलाग्दा, रहस्यमय र केही रमाइला किस्सा सुनाए ।तर, बन्दुकका बारेमा कुनै प्रतिक्रिया दिएनन् । \"girija सूर्यनारायणले ‘माल’ नभए अहिलेको हिसाबमा सात लाख रुपियाँ दिनु भने । ‘त्यसपछि भने गिरिजाबाबु मज्जैले हाँस्नु भयो’ मनोजले विगत सम्झे । गिरिजाप्रसादले लिनुअघि, अर्थात २५ वैशाख २००७ मा मोरङ गोस्वाराले २ वर्षका लागि उक्त बन्दुकको दर्ता इजाजत नविकरण गरेको थियो । २०६६ वैशाखमा बन्दुकका मालिक सूूर्यनारायणको निधन भयो । त्यसयता पनि उनका नाति (सभासद् मनोहरनारायण श्रेष्ठका दाजु) मनोजले भेटेजति कांग्रेसका ठूला नेतासँग ‘फिर्ता’ पाउने आसामा बन्दुकको प्रसंग उठाउन छाडेका छैनन् । २ वर्षअघि धनकुटा आएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग पनि मनोजले कुरा राखे । त्यसबेला प्रकाशमानले ‘भर्पाइ हेर्दै इतिहास सुरक्षित राख्नु भएको रैछ, राम्रो गर्नुभो’ मात्रै भने । मनोज भन्छन्, “भित्री मनबाट बन्दुक पाउने आसा मरिसकेको छैन् ।” स्रोत : नेपाल साप्ताहिक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy