Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सरकारको नेतृत्वबारे एमाले र माओवादीबीच भएको तीनबुँदे सहमतिमा के थियो ?

\"tin_bunde\"काठमाडौं । तात्कालिन एकिकृत नेकपा माओवादी र सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेबिच सरकारको नेतृत्वबारे ३ बुँदे सहमति भएको खुलेको छ । सहमतिमा ०७३/०७४ को बजेट प्रस्तुत भइसकेपश्चात सरकारको नेतृत्व एमालेले छोडेर माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई दिने कुरा उल्लेख छ । प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई राष्ट्रिय सरकार बनाउने कुरा समेत उल्लेख छ । साथै सहमतिको बुँदा नम्बर २ मा प्रादेशिक तथा स्थानीय निकायको निर्बाचनमा दूई पार्टीबिचमा कार्यगत एकता गर्ने उल्लेख छ भने तेस्रो बुँदामा दुई पार्टीबिचको एकता र सहमतिलाई सुदृड बनाउँदै समृद्धी, सामाजिक रुपान्तरण तथा समाजबाद निर्माणको दिशामा बढ्ने कुरा उल्लेख छ । गत बैशाख २२ गते तात्कालिन माओवादी (हालको माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरिरहेको एमालेले आफुसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सरकार छोड्ने कुरा बताएपछि बैशाख २३ गते बालुवाटारमा नौं बुँदे सहमति गरि बाहिर ल्याइएको थियो । उतिबेला सरकारको नेतृत्व परिवर्तनको समझदारी बाहिर ल्याउँदा नकारात्मक सन्देश जाने भन्दै अर्को गोप्य ३ बुँदे सहमति गरिएको आंशका समेत गरिएको थियो । सोही सहमति अनुसार बजेट संसदमा प्रस्तुत तथा पारित भएपछि पनि एमालेले सहमतिको कार्यान्वयनमा आलटाल गरेपछि गोप्य राखिएको तीन बुँदे सहमति बाहिर आएको हो । गोप्य भनिएको तीन बुँदे सहमतिलाई एमालेका केही नेताहरुले कुनै सहमति नभएको बताएका छन् भने केही नेताहरुले सहमति अनुसार अघि बढ्नुपर्ने बताउन थालेका छन् । प्रभानमन्त्री केपी शर्मा ओलीले कुनै सहमति नभएको बताएपनि एमालेकै बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले भद्र सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् भने कानुनमन्त्री तथा एमाले नेता अग्नी खरेलले सहमति नै नभएको बताएका छन् । उक्त सहमतिबारे माओवादी केन्द्रका नेता वर्षमान पुनले भने अहिल्यै बताउन हतारो हुने बताएर सहमति भएको सकेंत गरेका छन् । सहमतिमा हस्ताक्षर छैन [caption id=\"attachment_76091\" align=\"alignleft\" width=\"300\"]\"हस्ताक्षका हस्ताक्षका लागी तयार गरिएको तीन बुँदे ड्राफ्ट[/caption] गोप्य राखिएको तीन बुँदे सहमति कुनैपनि नेताको हस्ताक्षर नभएको बताइएको छ । सहमतिका लागी बैशाख २३ गते सिंहदरबारमा एमालेका तर्फबाट हालका अर्थमन्त्री विष्णु पौडेल र नेता वामदेव गौतम र एमाओवादीका तर्फबाट नारायणकाजी श्र्रेष्ठ र वर्षमान पुन अनन्तले ११ बुँदे एउटा र तीनबुँदे अर्को सहमतिको ड्राफ्ट गरेका थिए । सोही सहमतिका बुँदा बोकेर दोस्रो तहका नेताहरु बालुवाटार पुगेका थिए । ११ बुँदेबाट अयोग्य लडाकु र सहिदलाई राहतको कुरा हटाएर नौं बुँदेमा झारियो र उक्त बुँदाहरुलाई बजेटमा संबोधन गर्ने सहमति भयो । सहमतिका लागी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन बुँदेमा ‘हस्ताक्षर नगरौं, आपसि सहमति गरौं’ भन्ने प्रस्ताव गरेपश्चात तीन बुँदेमा हस्ताक्षर भएन । बालुवाटार बैठकको सुरुमा झोक्किएर बैठक हल छोडेका ओलीलाई एमाले नेता तथा अर्थमन्त्री पौडेलले केही समयमा फकाएर ल्याएका थिए । ओली बैठकमा फर्केपछि दुबै सहमतिमा हस्ताक्षरका लागी तयार भए तर प्रचण्डले सरकार परिवर्तनको सहमति बाहिर जाँदा नकारात्मक सन्देश जाने भन्दै हस्ताक्षर नगरी समझदारीबाट अघि बढ्ने भनेर रोकेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: