Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भारतलाई पाकिस्तानको खुला चेतावनी : पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउन सक्थ्यो

\"Abdul_Qadeer_Khan_618465495-750\" इस्लामाबाद । पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन् । उनले त्यतिखेर नै पाकिस्तानसँग परमाणु परीक्षण गर्ने क्षमता भएको उनको भनाइ छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ –खानले त्यतिखेर पाकिस्तानले भारतमा परमाणु परीक्षणको योजना बनाएको पनि दाबी गरेका छन् । पाकिस्तानमा पहिलोपटक परमाणु परीक्षणको १९ औं वार्षिकोत्सवका अवसरमा शनिबार इस्लामाबादमा खानले यस्तो खुलासा गरेका हुन् । तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले विरोध गरेपछि उक्त परीक्षण रोकिएको उनले बताएका छन् । पाकिस्तानलाई उपलब्ध गराइँदै आएको अन्तर्राष्ट्रिय सहायता कटौती हुने भन्दै हकले विरोध गरेको उनको कथन छ। त्यतिखेर सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए। खानले भने, ‘पाकिस्तानले भारतमा परमाणु परीक्षण गरेमा अन्तर्राष्ट्रिय शक्तिले पाकिस्तानलाई दिने सैन्य सहयोग पनि बन्द हुने भन्दै राष्ट्रपतिले हामीलाई रोक्नु भयो।’ उनले पाकिस्तानले पाँच मिनेटमा काहुतादेखि नयाँदिल्लीलाई निसाना बनाउने बताए । काहुता पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर हो। उनले आफूले सहयोग नगरेको भए पाकिस्तान परमाणु शक्ति सम्पन्न पहिलो मुस्लिम राष्ट्र बन्न पनि नसक्ने दाबी गरे । यसरी निकै पहिले नै आफ्नो सक्रियतामा पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न बनाएको उनको दाबी थियो। राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा आफूमाथि अन्याय भएको उनले दाबी गरे। परमाणु वैज्ञानिकलाई सम्मान दिइनुको साटो आफूले यातना भोग्नु परेको भन्दै उनले असन्तुष्टि समेत प्रकट गरेका छन्। तत्कालीन सेना प्रमुख एवं राष्ट्रपति परवेज मुसर्रफले परमाणु प्रसारको खतरनाक सञ्जाल चलाएको भन्दै खानमाथि कारबाही गरिएको थियो। भारतीय वैज्ञानिकद्वारा खण्डन नयाँदिल्लीः पाकिस्तानी परमाणुका पिता कादिर खानको भनाइको भारतले खण्डन गरेको छ। भारतसँग पनि त्यस्ता पारमाणविक हतियार भएको त्यसले पाकिस्तानलाई ध्वस्त बनाउन सक्ने भारतीय रणनीतिक विशेषज्ञहरूको भनाइ छ। भारतले यस्ता हतियार युद्धका लागि नभई प्रतिरोधका लागि मात्र प्रयोग गर्ने उनीहरूको भनाइ छ।विवेकानन्द इन्टरनेसनल फाउन्डेसनका निर्देशक पूर्व सेनाप्रमुख जनरल एनसी विजले भने, ‘खानको भनाइ निकै अपरिपक्व छ। भारतले यस्ता केटौली पाराका कुरा गर्दैन।ु उनले सस्तो प्रचारका लागि खानले यस्ता कुरा गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending