Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

कनकमणिको अकुत सम्पतिमाथि छानबिन सुरु : पाटन क्याम्पसको जग्गासमेत उनको नाममा रहेको खुलासा

\"Kanak-Mani-Dixit-750\" काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा राजधानीको १८ रोपनी गैरकानुनी जग्गा रहेको अख्यियारले ठहर गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जस मध्ये रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको छ । गैरकानुनी ढंगले सरकारी जग्गा कब्जा गरिएको मध्ये मदन पुरस्कार पुस्तकालय, जगदम्बा प्रेसका नाममा रहेको जग्गा र पाटन क्याम्पसको नाममा रहेको जग्गासमते दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारले दाबी गरेको छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ । जगदम्बाले सरकारलाई दिएको जग्गा पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् । ०२१ मा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् । तर, दीक्षित परिवारले हात पार्‍यो । रानी जगदम्बाले आफ्ना वारेस लक्ष्मीप्रसाद देवकोटामार्फत ०१८ मा नै पाटन क्याम्पसलाई चन्दास्वरूप दिने भनी घोषणा गरेको पाँच रोपनी दुई पैसा जग्गासमेत दीक्षित परिवारले लुकाएको देखिएको छ । दीक्षित परिवारले सो जग्गामध्ये दुई रोपनी एक आना तीन पैसा जग्गा जगदम्बा प्रेसका नाममा र दुई रोपनी ६ आना जग्गा मदन पुरस्कार पुस्तकालयका नाममा गैरकानुनी रूपले नामसारी गरी लुकाएको पाइएको हो । रानी जगदम्बाको नाममा त्यति नै वेला प्रेस थियो । त्यस्तै रानी जगदम्बाले सरकारको नाममा दिने भनी घोषणा गरेको जग्गामध्ये कित्ता नम्बर ८६ बाट दीक्षित परिवारका मुली कमलमणि दीक्षितले कित्ताकाट गर्दै क्रमशस् आफ्ना बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीलाई १० आना र स्वयं कमलमणिले आफ्ना नाममा चार रोपनी नौ आना तीन पैसा जग्गा अनधिकृत दर्ता कायम गरेकोसमेत छानबिनका क्रममा पाइएको छ । जालसाजी गरी हात पारेको सो जग्गामध्ये कमलमणि दीक्षितले होटेल ओएसिसको नाममा दुई रोपनी ११ आना तीन पैसा, छोरा कुन्दमणि दीक्षितको नाममा दुई रोपनी आठ आना र कनकमणि दीक्षितका नाममा एक रोपनी १३ आनासमेत हक हस्तान्तरण गरेको पाइएको छ । होटेल ओएसिस दीक्षित परिवारकै स्वामित्वमा छ । कमलमणि आर्फैँले दाबी गरेका थिएनन् त्यसरी नै कमलमणि दीक्षितले ललितपुरस्थित भूमिसुधार कार्यालयमा २ माघ ०२१ मा आफ्नो अचल सम्पत्ति घोषणा गर्ने क्रममा फाँटवारी पेस गर्दा रानी जगदम्बाट लिएको २४ रोपनी जग्गामध्ये आफू र आफ्नो परिवारको नाममा १२ रोपनी जग्गा मात्र भएको विवरण पेस गरेको अख्तियारको छानबिनमा देखिएको छ । भूमिसुधार ऐनअनुसार ७ नम्बर फाँटवारीमा उल्लेख नगरेको त्यस्तो जग्गा सरकारले अनिवार्य जफत गर्ने प्रावधान छ । अख्तियार स्रोतका अनुसार दीक्षित परिवारले लुकाएको जग्गामध्ये अर्को भूमिसम्बन्धी ऐन २०२१ बमोजिम हदबन्दीभन्दा बढी भई नेपाल सरकारका नाममा कायम हुनुपर्ने दुई रोपनी सात आना जग्गा कमलमणि दीक्षितका बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीका नाममा गैरकानुनी दर्ता भएको पाइयो । ज्ञवालीबाट उक्त जग्गा ०३८ मा होटेल नारायणी प्रालि पुल्चोकको नाममा र होटेल नारायणीबाट ०४२ मा होटेल ओएसिस प्रालि पुल्चोकको नाममा पुनस् हक हस्तान्तरण भएको पाइएको छ । मदनशमशेरका दुई रानीमध्ये जेठी जगदम्बा हुन् भने कान्छी माणिक देवी हुन् । माणिकदेवीको तर्फबाट मात्रै सन्तान जन्मिएका थिए । उनका दुई छोरा क्रमशस् गोपालशमशेर र यज्ञराजशमशेर थिए भने एक छोरी प्रीतिदेवी राणा थिइन् । मदनशमशेरको सन् १९५३ जुन २० मा वनारसमा निधन भएको थियो । उनको निधनपछि दीक्षित परिवारले उनको सम्पत्ति गैरकानुनी रूपमा हात लिएका थिए । त्यस क्रममा उनीहरूले रानी जगदम्बाका सौतनी सन्तानहरूलाई स्वाभाविक अंश प्राप्तिको अधिकारबाट वञ्चित गर्दै आफू र आफ्ना नातेदारका नाममा स्वर्गीय मदनशमशेरको चलअचल सम्पत्ति हात पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending