Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेपाल आफैँले गर्ने निर्माणमा भारतद्धारा गम्भीर अस्वीकार्य

\"Nepal-india-flag-750\" काठमाडौं । नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेएसटीसी) को गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी–कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी कमलालाई हटाई आफैले अध्ययन गरी निर्माण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो। भारतीय पक्षले दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार सुनकोसी कमलाको अध्ययन भइरहेको विषय जेएसटीसीको कार्यादेश (म्यान्डेट) भित्र नपर्ने भएकाले अस्वीकार गरेको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिँचाइ मन्त्रालयका सहसचिव माधव बेलबासेले बताएको छ । उनले नेपाल भारत सप्तकोसी उच्च बाँध अध्ययनसम्बन्धी गठित संयुक्त आयोजना कार्यालय (जेपीओ) को म्याद आगामी फेब्रुअरीसम्म रहेको र त्यस अवधिभित्र भारतीय पक्षबाट सुनकोसी कमलाको प्रतिवेदन आउनसक्ने सम्भावना रहेकाले पनि जेएसटीसीको बैठकमा घनीभूत छलफल भए पनि निर्णय नभएको बताए। बेलबासेका अनुसार आगामी फेब्रुअरीसम्म सुनकोसी कमलाको भारतीय पक्षबाट अध्ययन प्रतिवेदन प्राप्त भए नेपाललाई अध्ययन गर्न लाग्ने समय र लागत बचत हुने बताए। ‘प्रतिवेदन आउने सम्भावना छ, नआए हामी आफैं गर्न सरकारले बजेट वक्तव्यमार्फत बन्दोबस्ती गरिसकेको छ,’ बेलबासेले आइतबार अन्नपूर्णसँग भने। भारतको उच्च प्राथमिकतामा रहेको सप्तकोसी उच्च बाँधको अध्ययन गर्दा सुनकोसी(कमला डाइभर्सनको पनि अध्ययन हुनुपर्ने नेपाली पक्षले नै आग्रह गरेपछि यो विषय भारतीय पोल्टामा परेको सिँचाइका अधिकारी बताउँछन्। त्यतिबेला नेपालले नदी डाइभर्सन ९एक नदीको पानी अर्को नदीमा लगेर मिसाउने० सम्बन्धी कुनै अध्ययन गरेको अनुभव नभएका कारण भारतलाई जिम्मा दिएको थियो। हाल नेपालले भेरी(बबई डाइभर्सन अध्ययन पूरा गरी निर्माणका क्रममा पुर्‍याएको छ भने कालीगण्डकी(तिनाउ, सुनकोसी(मरिन र राप्ती(कपिलवस्तुजस्ता नदी बेसिन स्थानान्तरणसम्बन्धी आयोजना अध्ययनलाई तीव्रता दिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सुनकोसी(कमला डाइभर्सनलाई नेपाल सरकार आफैंले अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० गर्ने र निर्माण कार्य सुरु गर्ने उल्लेख गरेको छ। सुनकोसीको ७२ घनमिटर प्रतिसेकेन्ड पानीलाई कमलामा मिसाउँदा एक लाख ३८ हजार क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने अध्ययनले देखाएको छ। यसबाट पूर्वको सप्तरीदेखि पश्चिमको सर्लाही र महोत्तरीसम्म सिँचाइ सुविधा उपलब्ध भएमा कृषि उत्पादनमा व्यापक वृद्धि हुने भएकाले नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै आएको हो । सिन्धुलीको खुर्कोटमा ब्यारेज बनाई १६।९ किलोमिटर सुरुङ खनेर ६१ मेगावाट विद्युत् उत्पादन गर्नेसमेत योजना छ। नेपाल र भारतले संयुक्त रूपमा सन् १९९७ देखि कोसी उच्च बाँधको अध्ययनसँगै सुनकोसी कमला डाइभर्सनलाई पनि एउटै प्याकेजमा राखिएको हो । तीन सय मिटर लामो र एक सय ९५ वर्गकिलोमिटरको जलाशय निर्माण हुने गरी भारतले उच्चबाँध अध्ययन सुरु गरेपछि स्थानीय राजनीतिक दलका कार्यकर्ताको विरोधका कारण ठप्प छ । यही घानमा सुनकोसी कमला डाइभर्सन परेपछि नेपाल आफैंले बनाउन चाहेको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending