Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बजेटले सत्ता साझेदार दल एमाले र माओवादीबीच खटपट

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यले प्रमुख सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । सहयात्री दललाई एमालेले षडयन्त्रकारी व्यवहार गरेको माओवादीको आरोप छ ।

\"KP_Oli-Prachand\"खासगरी जनयुद्धका सहिद परिवारलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने, किसानलाई पेन्सन दिनेलगायतका कार्यक्रमहरु बजेटमा नसमेटिएको भन्दै माओवादीले छुटेका विषय सम्बोधन गराउन सदनमा दवाव दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहिद परिवारलाई तामाकोशीमा १० लाख रुपैयाँ बराबरको सेयर दिने र कृषिमन्त्री हरिबोल गजुरेलले किसानलाई पेन्सन दिने घोषणा गरेका थिए । तर, शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा पेश गरेको बजेटमा यी दुबै कुरा परेका छैनन् ।

आइतबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले सत्ता साझेदार दलसँग जुनरुपमा समन्वय गर्नुपर्ने हो सो नगरीकन बजेट ल्याएको भन्दै आलोचना गरेका छन् ।

प्रदेशहरुमा एक÷एक वटा मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम बजेटमा आएपनि अन्ततः प्रधानमन्त्रीको गृहजिल्ला झापा र अर्थमन्त्रीको गृहजिल्ला रुपन्देहीलाई नै केन्द्रित गरिएको, जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता नागरिकलाई सुविधा दिने भनिए पनि मूर्त नभएको, अयोग्यको नाममा शिविरबाट निकालिएका लडाकुको विषय मौन रहेको भन्दै माओवादी सांसदहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, उनीहरुले जनयुद्धका सहिद परिवारलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने विषय बजेटमा समेट्न किन नसकिएको हो भन्ने विषयमा सरकारको नेतृत्वकर्ता दलसँग गम्भीरतापूर्वक छलफल गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

सच्याउन पहल गर्ने प्रचण्डको भनाइ

सांसदहरुको आक्रोशपछि अध्यक्ष एवम् संसदीय दलका नेता प्रचण्डले बजेट सारतः सकारात्मक भएपनि पार्टीले उठाउँदै आएका केही विषय छुटेका बताए । उनले मूलभूत विषयमा सहमति भएपनि केही विषयमा टिप्पणी गर्न लायक रहेको भन्दै सच्याउन पहल गर्ने बताका थिए ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाले आफूहरु नेतृत्वको सरकारले सुरु गरेको पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल, निजगढ विमानस्थल र केही महत्वपूर्ण परियोजनालाई सरकारको नेतृत्वकर्ता दलले आफ्नै कार्यक्रम भए जसरी बजेटमा प्रस्तुत गरेको टिप्पणी गरे । उनले जनयुद्धका सहिद, बेपत्ता नागरिक तथा आमजनतालाई सम्बोधन गर्ने खालको बजेट नआएको भन्दै सो विषयमा पार्टीले असहमति जनाउने बताए ।

माओवादी केन्द्रका अर्का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट आंशिकरुपमा सकारात्मक भए पनि पूर्ण नभएको बताए । उनले जनताको अपेक्षालाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै सकारात्मक विषयलाई कार्यान्वयनमा हेर्नुपर्ने धारणा राखे ।

एमालेको व्यवहार षडयन्त्रकारीको जस्ताे: कृषिमन्त्री गजुरेल

यसैगरी कृषिमन्त्री गजुरेलले सार्बजनिक कार्यक्रममै प्रधानमन्त्री र अर्थमन्त्रीले किसानहरुमाथि चिसो पानी खन्याइदिएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन् । एमालेले आफूहरुसँग षडयन्त्रकारीको जस्ताे व्यवहार गरेको उनले आराेप लगाए ।

दीगो कृषि विकासका चुनौति र अवसरबारे आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री गजुरेलले भने, ‘बजेटमा पेन्सनको कार्यक्रम समावेश नगरेर प्रधानमन्त्री र अर्थमन्त्रीले किसानमाथि चिसो पानी खन्याए । कृषि विकास मन्त्रालयले मिहेनतसाथ तयार पारेको योजनालाई रद्दीको टोकरीमा फालेर कृषिको बजेटलाई लंगडो पारिएको छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: