Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

सहमति ‘भाँड्न’ ओलीको अग्रसरता

ओलीले नै प्रक्रियाका निम्ति कांग्रेसलाई घिसार्दै संविधानसभालाई प्रक्रियामा लान बाध्य बनाएपछि त्यो असमझदारीको ‘तारबार’ हटाउन प्रधानमन्त्री सुशील कोइरालालाई डेढ महिना ‘पापड बेल्नुपर्यो’ । ओली फेरी पूरानै दिनमा फर्काउन उद्यत भएपछि प्रधानमन्त्र कोइराला दबाब र तनावमा छन् ।
काठमाडौं, एमाले अध्यक्ष खड्गप्रसाद ओली यस अघि पनि दलबीचमा औपचारिक छलफलमा की ढिला पुग्थे  की जाँदैजाँदैनथे । सत्तारुढ दलका तर्फबाट ओलीले नै प्रक्रियाका निम्ति कांग्रेसलाई घिसार्दै संविधानसभालाई प्रक्रियामा लान बाध्य बनाएपछि त्यो असमझदारीको ‘तारबार’ हटाउन प्रधानमन्त्री सुशील कोइरालालाई डेढ महिना ‘पापड बेल्नुपर्यो’ । सम्बन्ध चिसिने, संविधान नबन्ने हुँदा आफ्नो ‘प्रधानमन्त्री पद’ पद नै धरापमा पर्ने पीरले कोइरालाले ‘वीनवीन’ (सबैले जित्ने) एकपक्षीय नारा लगाइरहे । सम्बन्ध चिसिंदै कटुता बढ्ने भएपछि कोइरालाले ‘गेटक्य्रास’ गरी प्रचण्डको दैलोमा पाइलामात्र अघि बढाएनन्, तीनतीन पटक ‘वार्ता, संवाद र सहमतिका आधारमा संविधान बनाउन तयार छु’ भन्दै लिखित प्रतिवद्धता पनि जनाए ।
ओलीको बोलीले कांग्रेस–एमालेकै नेता आजित, प्रधानमन्त्री खुट्टा कमाउँदै हुनुहुन्छ :  कांग्रेस नेता
तर, यसको ठीक विपरीत कांग्रेसको नीति टपक्कै टिपेर नेतृत्व गर्दै ‘हिरो’ हुने दाउमा लागेका एमाले अध्यक्ष ओली निर्णायक बैठकमा ढिला जाने, जाँदैनजाँने, गए पनि एमाओवादी र मधेसवादी दलका नेतालाई अपमान गर्दै ‘छुच्चो’ बोल्न अग्रसर हुँदै आए । पछिल्लो समय त ओली सामान्य रुघाखोकीकै समस्यालाई देखाउँदै आफ्नै निवास भक्तपुर बालकोटलाई केन्द्र बनाउँदै एमाले र राष्ट्रिय राजनीतिमा ‘हल्कारा’ मार्फत सन्देश पठार राजनीतिलाइ झन् धमिलो बनाउन उद्यत हुँदै आए । गत शनिबार पनि ओलीले यस्तै गरे । दुई महिनापछि सत्तापक्ष र प्रतिपक्षी ३० दलीय मोर्चाबीच औपचारिक भनिएको वार्तामा ओली सहभागी भएनन् । उनले ‘दुत’ बनाएर वामदेव गौतमलाई १७ कात्तिकको ९ बुँदेमा टसमस नगर्नु भनी पठाए । वामदेवले त्यही आदेश बालुवाटारको चार पक्षीय बैठकमा राखे । ‘मलाई पार्टीले ९ बुँदे प्रस्ताव नै आधिकारिक धारणा हो यसमा यताउति गर्न सकिंदैन भनेर पठाएको छ मैलें त्यही प्रस्ताव राखें ।’ गौतमले चारपक्षीय बैठकपछि संचारकर्मीसँग भने । माघ ५ मा मिल्न लागेको ठाउँबाट सहमति गर्न प्रधानमन्त्रीले बोलाए पनि विगतका सहमति र सम्झौता विपरीत ओलीको दुत बनेर वामदेवको सो प्रस्ताव राखेपछि ३० दलीय मोर्चा बिच्कियो र आन्दोलनको विकल्प नभएको भन्दै बाहिरियो । शासकीय स्वरुपमा नोट अफ डिसेन्ट लेख्दै ६ प्रदेश बनाउने भए पहिचान झल्कने नाम राखेर जाने र ९ प्रदेश बनाउने भए प्रदेशसभालाई नाम राख्न दिएर अघि बढ्ने लचिलो प्रस्ताव ल्याउँदासमेत ओलीले पेलेरै जान खोजेको चर्चा कांग्रेस–एमालेभित्रै भएको छ । ‘प्रत्यक्षको सट्टा संसदीय व्यवस्थामा एमाओवादी आउन तयार भइसक्यो, प्रदेशको संख्यमा लचिलो भइसक्यो । यहाभन्दा उनहरुले अब कति लचिलो हुने होला ?’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने । ओलीको सोही सन्देशले दुई महिनादेखि बनेको वातावरण बिग्रने भएपछि कांग्रेसका महेश आचार्यसहितका नेताले मिलाउने प्रयास नगरेका होइनन् । तर, ओलीले ‘९ बुँदामा सुझाव दिनुस् तर, अरु विषयमा छलफल हुन सक्दैन’ भनेपछि मोर्चाले आइतबार दोस्रो चरणको आन्दोलन घोषणा गर्यो । दुई महिनाको प्रधानमन्त्रीको अग्रसरतामा संविधासनभा स्थगित भयो । विपक्षीले पनि सहमतिमा संविधान बनाउनका लािग आन्दोलनको कार्यक्रम घोषणालाई ढिलाई गरे केही मत्थर बनाए । तर, पनि दुई महिनामा नतिजा ८ माघ वरिपरी नै पुग्यो । ‘ओलीको छुच्छो बोलीको राजनीतिले कांग्रेस मात्र होइन, एमाले नै पनि आजित छ तर, हाम्रो प्रधानमन्त्री ओलीका प्रस्तावमा औंला ठड्याउन सक्नुहुन्न’ कांग्रेसका एक नेता भन्छन्, ‘संविधान नआउने दलबीच सम्बन्ध तिक्त हुँदा अब एमालेसँगको गठबन्धन तोड्न तयार हुनुपर्ने हो तर, प्रधानमन्त्री खुट्टा कमाइरहनुभएको छ ।’ प्रधानमन्त्री र सभामुखमाथि दबाब बढाउँदै ओली वार्ता भाँडिएलगत्तै ‘अस्वस्थ भनिएका’ओलीले सोमबार पुनः कांग्रेसका शीर्ष नेतृत्वलाई आफ्नो निवासमा बोलाए । तर, सोमबार दिउसो नभई सिंगो काडमाडौं सुत्ने तरखर गर्दै गर्दा राती ७ बजेपछि । कांग्रेसको प्रधानमन्त्री सुशील कोइराला बाहेकको पदाधिकारी र मन्त्रीको टोली ओलीको बालकोट निवास पुग्यो । एमालेकै नेता माधव नेपाल पनि बालकोट पुगे । तर, छलफलमा धेरै बेर सहभागी भएनन् । ‘साढे ६ बजेलाई भनेर बैठक डाकिएको थियो । तर, हामी ६ः४०  बजेतिर पुग्दा माधव नेपाल फर्कनुभयो ।’ कांग्रेस निकट स्रोतले भन्यो, ‘एमालेकै अध्यक्षले बोलाएको बैठकमा नेपाल पुगेर मात्र किन फर्कनुभयो हामी नै छक्क पर्यौं ।’ स्रोतका अनुसार जिम्मेवार पद शान्ति प्रक्रियामा समेत काम गरेका नेपाल एमाओवादीलाईसमेत साथमा लिएर सहमतिका आधारमा संविधान बनाउने पक्षमा लबिङ गर्दै आएका छन् । तर, ओली अब सहमतिका नाममा समय कटाउन नहुने भन्दै ‘अब प्रक्रियाका लागि सभामुखलाई दबाब’ दिनुपर्ने पक्षमा मत राखेपछि नेपाल बाहिरिएका हुन् । कांग्रेसका तर्फबाट रामचन्द्र पौडेलले पनि प्रक्रियाका कुरा गरेपछि प्रधानमन्त्रीको ‘दुत’ बनेर पुगेका कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्य नै ‘छक्क परेका’ थिए । ओली दुई दलीय छलफलपछि अब वार्ता पनि  ‘भन्ने’ तर प्रक्रिया पनि अघि बढाउन सभामुखलाई अप्रत्यक्ष दबाब दिने निचोडमा पुगेका थिए । सोही निचोडपछि दुई दलका नेताले ‘आन्दोलन छाडी वार्तामा आउन’आग्रह गर्दै संविधानसभाबाट संविधान बनाउन अग्रसर हुन आग्रह गरे । \"oli_teliphone-400\"ओलीको प्रक्रियामा नै जाने निर्णय बोकेर लगत्तै प्रधानमन्त्रीका दुत दुई आचार्य राती साढे ९ बजे बालुवार पुगेका थिए । उनीहरु दुवैले ओलीको निर्णयबारे प्रधानमन्त्री समक्ष बिफ्रिङ गरेका थिए । बालकोट स्रोतका अनुसार दुई मन्त्रीबाट बालकोट बैठकको बिफ्रिङ पाएपछि राती नै ओलीलाई प्रधानमन्त्री कोइरालाले फोन गरेका थिए । दु्ई नेताबीच चार मिनेट टेलिफोन संवाद भएको थियो । ‘अब सहमतिका लागि प्रयास गर्ने की प्रक्रियालाई अघि बढाउने भनेर ?’ प्रधानमन्त्रीको सोही प्रश्नमा ओलीले भनेका थिए, ‘वार्ता राम्रै भयो । अब प्रक्रियामा नगई कसरी हुन्छ ? सभामुखले अब संविधान रोकिंदैन भन्नुभएको छ । वार्ता पनि भन्ने सभामुखले भने अनुसार पनि अघि बढ्ने ।’ सभामुखले समेत मोर्चाको आन्दोलनप्रति असन्तुष्टी देखाएको टिप्पणीलाई टेकेर प्रक्रियामा लान नेम्वाङलाई अप्रत्यक्ष दबाब बढाउँदै दुई तिहाईका आधारमा संविधान जारी गर्ने गरी अघि बढ्ने तयारी गरेको उनी निकट स्रोतको दाबी छ । तर, आफ्नो अग्रसरता सहमतितर्फ नभई दलबीच दुरी बढाउने भएपछि प्रधानमन्त्री झन् अप्ठ्यारोमासमेत पुगे । दुई आचार्यसँग छलफल गर्दै कोइरालाले फेरी पनि केही दिन सहमतिका लागि पहल गर्ने निचोडमा पुगेका थिए । ‘यस अघि पनि प्रधानमन्त्रीले सहमतिका लागि अग्रसरता लिंदै आउनुभएको छ । फेरी पनि पहल गर्नुहुन्छ’ कांग्रेसका एकमन्त्रीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies