Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक हुनुपर्छ : सभामुख

\"speaker-onsari-gharti-magar\"काठमडौं। सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताएकी छिन् । महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा प्राप्त अधिकार कार्यान्वयन गर्न र बाँकी अधिकार प्राप्तिका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने भन्दै त्यसका लागि सबै नेपाली महिला एक भएर लाग्नुपर्नेमा जोड दिइन । “जारी संविधानले महिलाको धेरै अधिकारलाई सम्बोधन गरेकाले अब नेपाली महिला निरास हुने अवस्था छैन, नेपाली महिला आफ्नो अधिकार प्राप्तिका लागि जसरी एक भएका थिए त्यसरी नै अधिकार कार्यान्वयनका लागि लाग्नुपर्छ, ’सभामुखले भनिन् । सो अवसरमा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले महिलाले केही अधिकार प्राप्त गरेको अब बाँकी अधिकार प्राप्त गर्नका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी अघि बढ्नुपर्ने बताइन । आयोजक संस्थाका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले लामो समयदेखि पछि परेका नेपाली महिलाको केही अधिकारको सम्बोधन भए पनि धेरै अधिकार सम्बोधन हुन बाँकी रहेकाले बाँकी अधिकार सुनिश्चित गर्न सबै महिला अधिकारकर्मीलाई एक भएर अधि बढ्न आग्रह गरिन । सो अवसरमा यस वर्षको ‘लक्ष्मण महिला अधिकार पुरस्कार’बाट लामो समय महिलाको प्रजनन स्वास्थ्यका लागि कलम चलाउनुभएका प्रकाशमणि शर्मालाइ रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: