Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

युएईमा देखियो नयाँ शक्तिको उभार, नयाँ शक्तिप्रति युवाहरुको बढ्दो आकर्षण

\"uae\"युएई । डा. बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति अभियानको उभार यतिवेला स्वदेश तथा विदेशमा देखिन थालेको छ । जेठ ३० गते पार्टी घोषणालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको नयाँ शक्तिले विदेशमा पनि आफ्नो अभियानलाई शसक्त बनाउँदै लगेको छ । यसै शिलसिलामा अन्तराष्ट्रिय नेपाली समाज यु ए ई ले आबुधाबी क्षेत्रले आबुधाबी स्थित मुसफाको सिटी पार्क रेष्टुरेन्टको हलमा भव्यताका साथ संस्थापक सदस्यता बितरण सम्पन्न गरेको जनाएको छ । डा. बाबुराम भट्टराई संयोजकत्व रहेको नयाँ शक्ति नेपालको भातृय सगंठन को रुप मा बैधानिक्ता पाएको अन्तरास्ट्रिय नेपाली समाज विश्व का हरेक मुलुक मा जसरी यु ए ई मा पनि आफ्ना गतिबिधी लाई तिब्र पार्दै लगेको जनाएको छ । आबुधाबी क्षेत्रका प्रबक्ता श्री देबेन्द्र बास्तोलाको अध्यक्षता मा कार्यक्रम संचालन भएको थियो भने यु ए ई का केन्द्रीय प्रशिक्षण बिभाग संयोजक श्री दामोदर गिरि को प्रमुख अतिथि र युएई का केन्द्रिय सगंठन बिभाग उप संयोजक श्री मुन्ना समशुल हक मिया को बिशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम , नयाँ शक्ति नेपाल यु ए ई का संस्थापक सदस्य श्री अच्युत दुलाल को स्वागत मन्तब्य बाट शुरु भएको थियो भने क्रमश अन्तरास्ट्रिय नेपाली समाज यु ए ई का केन्द्रीय सदस्य ओम प्रकाश भट्टराई ू शुभचिन्तक ू, हिरा बिस्वकर्मा ,ध्रुब भट्ट ,सरोज खड्का ,संकर सुनार ले नेपालको राजनिती मा धेरै भाषण गर्ने तर काम सिन्को नभाच्ने ,अरुको आलोचना गर्ने तर आफ्नो सबै गलत कुरा लाई राम्रो ठान्ने प्रवृत्ति ले नेपाल तहस नहस भएको र त्यसैको नोक्सान हामी युवाहरु ले बेहोर्दै खाडी मुलुकहरु मा पशिना बेच्न परेको गुनासो गरेका थिए । एनले अब नयाँ सोच ल्याउन र बैकल्पिक राजनितीले देश र गरिब जनताको भबिस्य सुनौलो पार्न नयाँ शक्ति नेपाल को नेपाल जन्म भएको मा अब का युवा पिढिंले समृद्धि नेपाल आफ्नै पालामा देख्न सक्ने छौँ भन्दै आशाबादी बन्न आग्रह गरे । हामी ले हाम्रा बाउबाजेले जे गरे त्यै गर्नै पर्ने बाध्याता सगँ अब पनि नजुधे हामी सम्पन्नशाली नेपाल देख्न सक्दैनौं त्यसैले के सहि र के गलत भनेर छुट्याउने तागत भएका युवाहरूलाई नयाँ शक्ति नेपालले समयमै पहिचान गरेर ब्याबहारिक बिकास मुलक र सीपमुलक काम मा सरिक गराउनुपर्ने धारणा ब्यक्त गरेका थिए । महिला सदस्य श्रीमति रेणु ढकाल ले हामी राजनिती भन्दा पर स्वतन्त्र भएर बसेकालाई पनि अहिले नयाँ सोच सहित आएको नयाँ शक्ति नेपाल हेर्दा बौद्धिक ब्याक्तित्व हरुको सकृयता ले आकर्षक गरेकाले आशंका भन्दा पनि आशा लिएर लागेको बताइन । ज्ञानेन्द्र अमगाँई को सुरिलो स्वर ले परदेशी पिडा ओकेलर नयाँ शक्ति को सन्देश दिदै गर्दा उपस्थित अभियान्ताहरु भावुक बनेका थिए । विशेष अतिथि श्री मुन्ना समसुल हक मिया ले हामी मधेशी पहाडी र हिमाली बिचको समधुर सम्बन्ध लाई राष्ट्रवाद को नारा उछालेर साम्प्रदायिक साईनो मा स्खलित बनाएकोले नयाँ शक्ति ने सिङ्गो नेपाल लाई एउटै माला र एउटै शुत्र मा बाध्न सक्ने भनाई राखेका थिए भने अर्का अतिथि श्री दामोदर गिरि ले नयाँ काम गर्न खोज्ने हरु लाई पागल भन्ने गरेको इतिहास साक्षी छ तर पागल कहलिनेहरु सफल भएका छन् त्यसैले नयाँ शक्ति पनि सफल हुँदै नेपाल समृद्धि हुने निश्चित भएको भनाई राखेका थिए । पुरानो शक्ति हरु देश जनता भन्दा सत्ता र भत्ता मै मरिहत्ते गरेको समय लाई चुनौती दिदै आम नागरिक सरह बाबुराम भट्टराई देश लाई समुन्नत बनाउने सपना बोकेर लागि पर्नु भएका ले देश बाहिर रहेर पनि हामी युवा ले एक जुट भएर साथ दिनु पर्ने समय आएको बताए । यसै क्रम मा शम्भु सुवेदी ,प्रकाश थापा ,तिलक राम बन्जाडे,किशोर चौहान ,दिनेश लाशिवा ,भाइ काजी श्रेष्ठ ,प्रदिप लिम्बू काङ्ग्रेस र एमाले परित्याग गरि नयाँ शक्ति मा प्रबेश गरेका छन् । कार्यक्रम लाई सुदर्शन पपराजुली ले संचालन गरेका थिए सभा अध्यक्ष देबेन्द्र बास्तोलाले समापन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: