Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

आखिर कसले हानेको थियो युवराज दीपेन्द्रलाई गोली ?

\"dipendra-101-400\" काठमाण्डौं । दरबार हत्याकाण्डमा गोली चलाउने व्यक्ति युवराज दीपेन्द्रबाहेक अरु कोही नदेखेको बयान घटनाका प्रत्यक्षदर्शी एवं घाइतेहरुले उच्चस्तरीय समितिलाई दिएका थिए । आजको नेपाल साप्ताहिकमा खबर छ – पूर्वराजा, पारस, कुमार गोरखशमशेर, डा. राजीव शाहीलगायतले समितिलाई दिएको बयानमा यो कुरा उल्लेख छ । पारस र गोरखशमशेरले सञ्चार माध्यममा पनि यस्तै धारणा व्यक्त गरेका छन् । तर, युवराज दीपेन्द्रमाथि कसले गोली चलायो भन्नेचाहिँ सबैको कौतुहल मात्रै होइन रहस्यकै विषय बनेको छ । दीपेन्द्रमाथि गोली प्रहार भएको देख्ने व्यक्ति अहिलेसम्म सार्वजनिक भएको छैन । पारसले समितिसमक्ष भनेका छन्, ‘दाई दीपेन्द्रको एडिसी दौडेर आयो । हि सट हिमसेल्फ भन्दै आयो । तर बोहोराले भने दीपेन्द्रले आफैमाथि गोली हानेको दृश्य देखेको बताएका छैनन । उनले भनेका छन्, ‘त्यत्रो घटना घटिसक्यो । सबै जना ढलिसके । तर त्यतिबेला मैले युवराजले आफैलाई हानिबक्स्यो भनेर सोच्दै सोचिनँ । मेरो दिमागमा उहाँलाई कसरी नियन्त्रमा लिने भन्ने कुरा मात्रै आयो । यदि उहाँलाई केही भएको रहेनछ भने त उहालाई बढी समय लाग्न सक्छ । त्यसैले हामीले बिस्तारै हेर्दै थियौं । बिलियर्ड बैठकको गार्डेनमा झर्ने भर्याङमा घ्यार्घ्यार आवाज सुन्यौं । त्यही आवाजका आधारमा हामीले युवराजलाई देख्यौं । दीपेन्द्रले आफैले आफैलाई गोली हानेको कुरा पुष्टि गर्ने भरपर्दो तथ्य समितिले पनि प्रस्तुत गर्न सकेको छैन । अन्तिममा दीपेन्द्रले बोकेको बन्दुकले आफैतिर फर्काएर गोली चलाउन सकिनेमा सुरक्षा तथा हतियार मामिलाका विशेषज्ञहरु पनि सहमत छैनन् । बरु दीपेन्द्रलाई नियन्त्रणमा लिई थप क्षति हुन नदिने उद्देश्यले नै भए पनि सरक्षाकर्मी मध्येबाट कसलै गोली चलाएको हुन सक्ने एकाथरीको अनुमान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending