Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

जलवायु परिवर्तनको असरः पानीको अभावले गाउँ नै विस्थापित

\"Rss_Images_1464424527433_BP_Pkr120724_namasung\"पोखरा । लामो समयसम्म पानी नपरेपछि मुस्ताङका स्थानीयवासी चिन्तित बनेका छन् । लगभग एक वर्षयता नै पानी पर्न नसकेका कारण हिमाली भेगमा उत्पादन हुने उवा, फापर, स्याउलगायतको उत्पादनमा कमी आउने स्थानीयवासी बताउँछन् । लामो समयसम्म पानी नपरेका कारण कृषिजन्य उत्पादनमा कमी आउने देखिएको मुस्ताङको छुसाङ गाविस ताङ्वे गाउँकी ६९ वर्षीया झाङ्मो साङ्मो गुरुङले बताए । “लगभग ८÷९ महिनायता मुस्ताङमा पानी परेको छैन,” उनले भने । उच्च हिमाली क्षेत्र भएका कारण यहाँ वर्षमा एउटा बाली मात्र लगाइन्छ । पानी नपरेका कारण त्यही एउटा बाली पनि उत्पादन कमै हुन्छ । “पानी कम पर्दा खानेपानीका मुहानसमेत सुक्न थालेका छन्” गुरुङले भने । मुस्ताङ्को उपल्लो भागमा विगतमा हिउँ पर्याप्त पर्ने गरे पनि पछिल्लो समयमा निकै कम पर्ने गरेको स्थानीयवासी बताउँछन् । उपल्लो मुस्ताङका ६ गाविस लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ र घमीमा अत्यन्त कम हिउँ परेको छ । हिउँ तथा पानी कम पर्न थालेपछि पानीको चरम अभावसँगै छोसेर गाविस– ९ स्थित सामजुङ बस्ती पानीको खोजीमा उक्त गाविसकै नमासुङ गाउँमा सरेको छ । स्थानीय समाजसेवी एवम् नेकपा ९एमाले० मुस्ताङका सचिव देव गुरुङका अनुसार हिउँ अत्यन्त कम पर्दै गएपछि पानीको स्रोत नै सुकेका कारण बस्ती सरेको हो । बस्ती सार्नका लागि मुस्ताङी राजा जिग्मे परवल विष्टले जग्गा उपलब्ध गराउनुभएको स्थानीयवासी तोप्के गुरुङले जानकारी दिए । “दश÷बाह्र वर्ष अघिसम्म सामजुङमा पानीको मुहान थियो,” उनले भने– “पछिल्ला वर्षमा हिउँ पर्ने क्रम घट्दै गएपछि उक्त मुहान सुकेका कारण खानेपानीको समस्या भएपछि बस्ती नै सार्न बाध्य हुनुपरेको हो ।” पानीको अभावमा सामजुङ गाउँका १८ घरपरिवार तीन घण्टा टाढाको नमासुङ गाउँमा सरेका छन् । च्याङग्रा तथा भेडा पालेर आफ्नो जीविका चलाउँदै आएका यहाँका स्थानीयवासीका लागि हिउँ तथा पानी पर्न छोडे पछि चरनको समेत अभाव हुँदै गएको अर्का स्थानीयवासी कर्म गुरुङ बताउनुहुन्छ । पछिल्लो समयमा बढ्दैगएको जलवायु परिवर्तनको असरका कारण कम पानी पर्न थालेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय, पोखराका प्रमुख राजाराम ढकाल बताउँछन् । “मनाङ, मुस्ताङ आफँैमा कम पानी पर्ने ठाउँ हुन्,” उनले भने , “जलवायु परिवर्तनका कारण पछिल्लो समयमा विगतमा भन्दा कम पानी पर्न थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: