Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

हाम्रो लडाई नेपाली सेनासँग होइन : विप्लव

गोरखा, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीतिक गतिरोधको निकास ‘रोल्पा सहमति’मा रहेको बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–संसदवादी  र क्रान्तिकारीबीच २०६२ साल वैशाखमा भएको ६ बुँदे रोल्पा सहमति अक्षरशः कार्यान्वयन गरे अहिलेका सबै समस्या समाधान हुने धारणा राखे । पार्टी पोलिटब्यूरो सदस्य तथा उमा भुजेलकी आमा गर्भकुमारीको श्रद्धाञ्जलीसभामा सहभागी हुन गोरखाको काफलडाँडा पुगेका विप्लवले रोल्पा सहमति एकपटक सबैले दोहोर्याउन आग्रह गरे । ‘हामीले कुनै नयाँ एजेण्ड तेस्र्याएका होइनौं’ उनले भने, ‘रोल्पामा भएको ६ बुँदे सहमति कार्यान्वयन गर मात्र भनेका छौं । त्यो कार्यान्वयन भए सबै मतभेद र विवादको निकास निस्कन्छ ।’ त्यतिबेला एमाले नेता वामदेव गौतम संसदवादी दलको आधिकारिक पत्र लिएर रोल्पा पुगेका थिए । संसदवादीले माओवादीले बोकेको राजनीतिक मुद्दा कार्यान्वयन गर्न पहल गर्ने र माओवादीले सशस्त्र युद्ध रोक्ने सहमति भएको उनले स्मरण गरे । तर, अहिले संसदवादी भारत–अमेरिकाको पछुवा भएको र माओवादीका केही नेता पनि स्वार्थको गोलचक्करमा फसेकाले देश अन्यौलको दलदलमा भासिए तर्क गरे । ‘अहिले रोल्पा सहमति उल्लघंनको चरम  सीमामा पुगेको छ’ विप्लवले भने, ‘अब हामी संघर्ष  गर्नेछौं । तर, हाम्रो लडाईं नेपाली सेनासँग पनि होइन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending