Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सहिद कृष्ण सेन ‘इच्छुक’लाई मरणोपरान्त सम्मान

\"senदाङ । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’लाई मरणोपरान्त पुरस्कार समर्पण गरिएको छ । सेनको कर्मथलो दाङमा नेपाल पत्रकार महासंघ दाङ शाखाले उहाँलाई मरणोपरान्त सम्मान गरेको हो । महासंघ दाङ शाखामा घोराही–५ का रामप्रसाद जैशी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि–जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कार सेनलाई मरणोपरान्त समर्पण गरिएको हो । यसैगरी यस वर्षको कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलाई दिइएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार गौतमलाई दिइएको हो । त्यसैगरी यस वर्षको कृष्ण सेन ‘इच्छुक’ स्मृति साहित्यिक पुरस्कार साहित्यकार क्षितिज मगरलाई दिइएको छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले स्थापना गरेको उक्त पुरस्कार साहित्यकार मगरलाई दिइएको हो । नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी पत्रकार महासंघ दाङले संयुक्त आयोजना गरेको सेनको १४ स्मृति दिवसमा उक्त पुरस्कारहरु वितरण गरिएको हो । सेनलाई समर्पण गरिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ र सम्मान पत्र रहेको थियो भने इच्छुक स्मृति पुरस्कार पुरस्कारको राशी रु. १०÷१० हजार र सम्मान–पत्र रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पुरस्कृत प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कृष्ण सेन इच्छुकलाई मरणोपरान्त समर्पण गरिएको पुरस्कार भने इच्छुकका जेठान चुनचुन केसीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले यो संसार रहँदासम्म सहिद कृष्ण सेन इच्छुकको अमरत्व कायम रहने बताए । मैले के पाएँ भन्दा पनि मैले समाज रुपान्तरणका लागि के दिएँ भन्ने भावका साथ अघि बढेमात्रै सेनप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै प्रमुख अतिथि शर्माले सेनको प्रेरणाबाट कलमजीवीहरुले सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताए । ‘इमान्दारिता, निष्ठावान तथा व्यवहारमा कोमल र सिद्धान्तमा दृढ रहनु नै सेनको मुख्य विशेषता हो’, शर्माले भन्नुभयो, ‘हामी जहाँ रहन्छौं, इमान्दार बनौं त्यही नै सेनको प्रेरणा हो ।’ कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माले सत्यप्रतिको निष्ठा नै सेनको सच्चा आदर्श भएको बताए । सेनको जीवनका तीन आयाम भएको चर्चा गर्दै उनले राजनीतिक, साहित्यिक र पत्रकारिता तीनवटै व्यक्तित्वको एउटै नाम कृष्ण सेन भएको बताए । \"senकार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुवास पुन, पुरस्कृत व्यक्तित्वहरु सुशील गौतम र क्षितिज मगर, सेनका जेठान चुनचुन केसी, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रताप रेग्मी, महासंघका पूर्वकेन्द्रीय सदस्य मधुसूदन वैद्य, सल्लाहकार सविन प्रियासनले बोलेका थिए । त्यसैगरी कार्यक्रममा प्रलेस दाङका अध्यक्ष शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य नारायण भण्डारी, संकल्प महिला सञ्चार संस्थाका अध्यक्ष लीला शाहले पनि बालेका थिए । कार्यक्रममा सेनको व्यक्तित्वका बारेमा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर डाँगीले बोलेका थिए । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष डिल्ली मल्लले गरेका थिए भने धन्यवाद ज्ञापन क्रान्तिकारी पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: