Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

घोराही सिमेन्ट उद्योग गुणस्तरहीन भएको आशंका

\"ghorahi2\"दाङ । दाङबाट घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसि सिमेन्ट गुणस्तरहीन भएको भन्दै नेपाल गुणस्तर तथा नापतौल बिभागले उत्पादन तथा बिक्रिमा रोक लगाएको छ । गुणस्तर तथा नापतौल बिभागले गत माघको १२ गते उद्योगबाट उत्पादित सिमेन्टको नमुना जाँच गर्दा मापदण्ड अनुसारको गुणस्तर नभएको पाइएपछि उत्पादन बन्द गर्न र बजारमा गएको सिमेन्ट फर्काउन निर्देशन दिएको थियो । विभागले गत बर्ष २०७२ चैतको ३० गते घोराही सिमेन्ट इन्डष्ट्रिजलाई पत्र पठाएको थियो । पत्रमा २०७२ चैत ३० गतेको मितिमा घोराही सिमेन्ट ईन्डष्ट्रिज प्रालिलाई बिभागले माघ १२ गते अनुुगमन गर्दा संकलित ओपीसी सिमेन्टको नमुना प्रयोगशालामा परीक्षण गराउँदा नतिजामा Insoluble Residue र  Mangnesia को मान नेपाल गुुणस्तर २०४९ अनुरुप नदेखिएको उल्लेख छ । सोही समयमा विभागले उद्योगलाई उक्त मितिमा उत्पादित सिमेन्ट बजारबाट फिर्ता लिई आफ्नो उत्पादन ओपीसीको बिक्री बितरण बन्द गर्न र नेपाल गुणस्तर प्रमाण चिन्ह नियमाबली २०४९ को नियम १६ बमोजिम कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको थियो । विभागले १५ दिन भित्र लिखित स्पष्टिकरण माग गरेको भएपनि उद्योगले हालसम्म स्पष्टिकरण नबुझाएको उद्योग स्रोतले जानकारी दिएको छ । सिमेन्ट उद्योगका एकजना कर्मचारीले नाम नबताउने सर्तमा दिएको जानकारी अनुसार बिभागले घोराही सिमेन्ट उद्योगलाई आफ्नो सबुत सहित सुधारका लागि लिने करेक्टीभ एक्सन सहित १५ दिन भित्र बिभागमा स्पष्टिकरण पेश गर्न ०७२ चैत ३० को निर्णय अनुसार जानकारी गराएको थियो । बिभागले यस प्रकारको स्पष्टिकरण सहित ओपीसी सिमेन्टको उत्पादन र बिक्री बितरणमा रोक लगाउन भनेको भएपनि उद्योगले ओपीसी सिमेन्ट उत्पादन र बजारमा बिक्री बितरण गरिरहेको पाइएको छ । तर उद्योगका जनसम्पर्क अधिकृत विकास शर्माले आफूहरुलाई गुणस्तर तथा नापतौल विभागले कुनै पनि खालको पत्र नपठाएको दावी गरेका छन् । उनले आफूहरुलाई कतैबाट पनि यस्तो खालको पत्र नआएको बताए । उद्योगलाई पत्र आएको बारेमा उद्योग प्रशासन बोल्न नमानेको भएपनि विभागले पठाएको पत्र भने सञ्चारमाध्यममा प्राप्त भएको छ । पत्रमा उद्योगलाई तत्कालका लागि ओपिसी सिमेन्टको उत्पादन र विक्री वितरणमा रोक लगाउने स्पष्ट उल्लेख छ । नेपाल गुणस्तर तथा नाप तौल विभागका निर्देशक आलोक कुमार मिश्रले लेखेको स्पष्टिकरण पत्रमा गत चैतको ३० गतेको निर्णय अनुसार स्पष्टिकरण पेश गर्न भनिएको छ । करिव डेढ महिनासम्म पनि उद्योगले पहिले उत्पादन गरेको सिमेन्ट फिर्ता नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने देखिएको छ । घोराही सिमेन्ट उद्योगले सगरमाथा नामक ओपिसी र पिपिसी सिमेन्ट उद्योग उत्पादन गर्दै आएको छ । ओपिसी सिमेन्टको प्रयोग घरको जग, पिलर, ढलाई, विमलगायत पुल निर्माणका लागि प्रयोग गरिन्छ भने पिपिसी सिमेन्टको प्रयोग पलस्टर र जोडाइका लागि प्रयोग गर्ने गरिन्छ । घोराही सिमेन्ट उद्योगमा विक्री प्रमुखका रुपमा रहेका आदित्य सर्राफले त्यस्तो खालको पत्र आएको बारेमा कुनै जानकारी नभएको बताए । तर जनसम्पर्क अधिकृत शर्मासंग पत्रबारे जिज्ञासा राख्दा विक्री प्रमुखलाई थाहा हुने भन्दै पन्छिएका थिए । त्यस्तै सर्राफसंग जानकारी माग्दा मार्केटिङलाई थाहा हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies