Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

धुर्मुस् सुन्तलीलाई प्राप्त भयोअहिलेसम्मकै ठुलो सहयोग

\"Dendiसिन्धुपाल्चोक । गिरानचौर एकिकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरानचौर एकिकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो । उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् । नुवाकोट बेतीनी ९ ग्याङमा जन्मिएर दिण्डु, हाल हाइल्याण्ड उत्तर क्यालीफोर्नीया अमेरिकामा होटल व्यावसाय गरीरहेका छन् । उनले गिरानचौर एकिकृत बस्ती निर्माणका लागि अमेरिकाबाट सहयोग गर्नेको संख्या निकै कम रहेकाले उक्त सहयोग गरेको बताएका छन् । यदि अमेरिका बस्ने नेपालीले मात्र दिल खोलेर सहयोग गर्ने हो भने गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मनग्गे सहयोग जुट्ने भएपनि सहयोग गर्नेहरु सेलाएकाले आफ्नो तर्फबाट सकेको सहयोग गरेको उनको भनाई छ । पहिला पनि बस्ती बसाएर देखाइसकेको र राष्ट्रियस्तरको कलाकारले थालेको यो अभियानमा युरोपबासी नेपाली दाजुभाई तथा दिदीबहिनीको नाम निकै कम देख्दा दुख लागेको उनले बताएका छन् । यस्तै, फाउण्डेशनलाई देण्डी पश्चात जापानबाट बाग्लुङका कृष्ण प्रसाद खत्रीको परिवारले ५ लाख ५ सय ५ रुपैँया सहयोग गरेका छन् । उहाँ फाउण्डेशनलाई अहिलेसम्मको उच्च सहयोग गर्ने दोश्रो व्यक्ति हुनुभएको छ । करिब ४ करोड अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण गर्ने अभियानमा करिब ५० लाख रुपैँया नगद सहयोग संकलन भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: