Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अहिलेको बर्खा पनि भूकम्पपीडित टहरो र त्रिपालमै

\"vukampa-pidit\"चौतारा । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विस्थापितहरुले हालसम्म सुविधा पाउन नसकेपछि सिन्धुपाल्चोकका पीडितले यस वर्षको बर्खा पनि टहरो र त्रिपालमै बिताउनुपर्ने भएको छ । नेपाल सरकारले दिने भनिएको रु दुई लाख सहयोगबारे पीडित पक्षसँग सम्झौता हुन नसकेपछि उनीहरु बर्खामा त्रिपाल र टहरामै बिताउनुपर्ने भएको हो । “भूकम्प गएको १३ महिना भयो, अहिलेसम्म सरकारले केही गर्न सकेको छैन,” बाँडेगाउँ–३ का आत्माराम न्यौपानेले भने – “आपूmलाई विश्वासै नलागेपछि आफ्नै तर्फबाट केही वर्षलाई धान्नेखालको पक्की टहरो बनाएको छु ।” पछिल्लोपटक तथ्याङ्क सङ्कलनमा धेरै भूकम्पपीडितको नाम छुटेको गुनासो आएको छ । कसैको एउटा घर ढलेकामा तीनजनाको नाम आएको र कहीँ घर ढल्ने व्यक्तिको पनि नाम छुटेको छ । राजनीतिक दल र वडा नागरिक मञ्चका सदस्यको मनपरीले यस्तो भएको न्यौपानेले आरोप लगाए । सो वडामा साविक २६० घर भएकामा हाल ३८० कायम भई आएका र दल र वडा मञ्चका सदस्यको लापर्बाहीले आफ्नो मान्छेको मुख हेरेर काम गर्दा यस्तो भएको न्यौपानेको ठम्याइ छ । यही क्रममा जलवीरे गाविसबाट आइतबार छुटेका व्यक्तिहरुको समूहले जिल्ला प्रशासन कार्यालयमा आएर छुटेका व्यक्तिको नाम समावेश गरिदिन आग्रह गरेका छन् । जिल्लामा दुई नगरपालिका र ६८ गाविस छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भूकम्प गएकै समयमा एक वर्ष भएको दिन वैशाख १२ गते चौतारा नपा–३ स्याङ्वोटोल निवासी सर्वे तामाङको घरको शिलान्यास गरी रु दुई लाखको सम्झौतासमेत प्रदान गरिएको थियो । तर हालसम्म उनले सम्झौता मुताबिक पहिलो किस्तासमेत पाउन सकेका छैनन् । त्यसैगरी नगरपालिकाका अन्य वडाका पीडितले पनि पहिलो किस्ता कहिले पाउने भन्ने जानकारीसमेत पाउन सकेका छैनन् । असार लागेपछि पहिलो किस्ता पाए पनि जनशक्ति र पानीको अभावले गर्दा पीडितहरु यस वर्ष पनि घर बनाउन नसक्ने अवस्थामा छन् । जस्ताको टहरामा हिउँदमा चिसो र वर्षामा तातेर बस्नै नहुने अवस्था भोगिरहेका पीडितहरु सर्पको बिगबिगीबाट समेत गुज्रनुपरेको बताउँछन् । भूकम्पले पहिरो लाग्नुका साथै जमिन फाटेर बस्नै नहुने भएपछि सेलाङ गाविसको बाँसखर्कमा गुम्बा, गोल्चे, सेलाङ र बतासे गाविसका १४४ परिवार सार्वजनिक जमिनमा त्रिपाल र टहरामा बस्दै आएका छन् । आफ्नै थातथलोमा फर्केर जाने अवस्था नभएर सोही ठाउँमा बसोबास गरिरहेका व्यक्तिहरु अझै पनि अन्योलमा छन् । आफूहरु बस्दै आएको ठाउँ सार्वजनिक जमिन भएकाले चाँडै नै नेपाल सरकारले निर्णय गरी त्यहीँ नै बसोबासको व्यवस्था मिलाइदिए राम्रो हुने पीडित नेत्रबहादुर थापाले बताए । जिल्ला विकास समितिका अनुसार हाल २८ गाविसमा सचिव खाली रहेको छ । त्यस्ता गाविसका बासिन्दाका लागि कहिलेसम्म अनुदानको सम्झौता हुने हो भन्नेसमेत कुनै निश्चित छैन । वैशाख १२ गते नै चौतारामा पुनःनिर्माण प्राधिकरणको सम्पर्क कार्यालय खोलिए पनि कोही पनि कर्मचारी नभएकाले सर्वसाधारणले जानकारीसमेत पाउन सकेका छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: