Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अर्घाखाँचीमा स्थानीय निकायको निर्वाचन तयारीको काम सुरु

\"localअर्घाखाँची । स्थानीय निकायको निर्वाचनबारे चर्चा परिचर्चा सुरु भएकै समयमा निर्वाचन आयोगले अर्घाखाँचीमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ । आयोगले सयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम निर्वाचन साहायता परियोजनाको सहयोग र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा जिल्लाका माध्यमिक तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुका लागि दुई दिने निर्वाचन शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । शिक्षकमार्फत विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाहरुमा निर्वाचनबारे सचेतना अभिबृद्धि गर्ने उद्देश्यले संचालित कार्यक्रममा जिल्लाका ८० जना शिक्षकहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा संविधान, लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, निर्वाचन चक्र, निर्वाचन प्रक्रिया, निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानूनहरु, निर्वाचनका सरोकारवालाहरु, नागरिक कर्तव्य र अधिकार, निर्वाचनमा शिक्षकको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो । संविधान, लोकतन्त्र र निर्वाचन बारे जानकारी भएपनि प्रशिक्षणबाट विषयवस्तुको गहिराईमा पुगेका कारण आफूहरुमा उच्च मनोवल बढेको नुवाकोट मावि चिदिचौरका शिक्षक टिका केसीले बताइन् । निर्वाचनमा महिला र छात्राहरुको थप सहभागिताका निम्ति सचेतना अभिवृद्धि गर्न प्रशिक्षणले निकै ठूलो सहयोग पु¥याएको सरस्वती मावि सितापुरकी शिक्षिका कल्पना गौतमको भनाई छ । कार्यक्रमका सहभागीहरुले नमुना मतदान समेत गरेका थिए । सहभागीहरुको बीच मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मिको खटनपटन सहित लाईनबद्ध भएर मतदान गरेको दृश्य साँच्चै हेर्न लायक थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको वताए । प्रजातन्त्रमा जनप्रतिनिधि चुन्ने अधिकार जनतालाई नै हुने बताउँदै उहाँले निर्वाचन बारे स्थानीय बासिन्दालाई सुसुचित गरी योग्य र सक्षम प्रतिनिधि चयन गर्ने वातावरण सिर्जना गर्नु पर्र्ने बताए । स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले निर्वाचनप्रति सवैको ध्यानजानु पर्नेमा जोड दिंदै विद्यार्थी र भभिभावकमार्फत आफ्नो सेवाक्षेत्रका वासिन्दाहरुलाई सचेत पार्न शिक्षकहरुलाई आग्रह गरे । जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले सामाजिक अगुवाका रुपमा स्थापित शिक्षकले सरकार द्वारा संचालित सवै किसिमका कार्यक्रमको प्रभावकारीका रुपमा सफलताको निम्ति योगदान पु¥याउँदै आएको बताउँदै निर्वाचन शिक्षालाई अभियानका रुपमा लिएर अँगाडी बढ्न शिक्षकहरुलाई निर्देशन दिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी महेश पाण्डे, ना.सु. जिवलाल भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतका वक्ताहरुले मन्तव्य राख्दै निर्वाचनको आवश्यकता र महत्वमाथी जोडदिएका थिए । – शोभाखर पन्थी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: