Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

पासाङले मुख फोरे- ‘आवश्यक परे फेरि हतियार उठाइन्छ’

काठमाडौं, लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका जनमुक्ति सेनाका पूर्वकमान्डर नन्दकिशोर पुन ‘पासाङ’ ले आज ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ मार्फत आवश्यक परे अाफूहरू फेरि हतियार उठाउन तयार रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिएका पासाङ विगत लामो समयदेखि मौन थिए । पासाङले मंगलबारको कार्यक्रममा आफूहरु माओवादी भएर परिवर्तनका एजेन्डा बोकेकै आधारमा अपमानित हुनुपर्ने अवस्थाको सिर्जना हुनु दुर्भाग्यपूर्ण रहेको बताए । पासाङनिकट स्रोतका अनुसार उनको मिर्गौलामा समस्या देखिएपछि तथा जनमुक्ति सेनाको समायोजनपछि उनी राजनीतिमा त्यति सक्रिय थिएनन् । उनको निष्क्रियता विभिन्न समयमा माओवादीले आयोजना गर्ने आन्तरिक कार्यक्रमहरुमा अनुपस्थितिले पनि जाहेर गर्दथ्यो । उनै पासाङले सोमबार राजधानीको प्रज्ञा भवनमा भएको कार्यक्रममा आफूहरुसँग विगतको अनुभव रहेको प्रसंग कोट्याउँदै आवश्यक परे फेरि हतियार उठाउन पनि पछि नपर्ने उद्घोष गरे । किन गरे त पासाङले यस्तो उद्घोष ? पासाङसँग नजिक रहेर काम गरेका नेता तथा जनमुक्ति सेनाका पूर्वकमान्डरहरु उनको अभिव्यक्तिलाई अत्युक्ति ठान्दैनन् । उनीहरु भन्छन्– ‘अहिले परिवर्तनका एजेन्डा उठाएकै आधारमा माओवादी कार्यकर्ताहरुको जस्तो अवस्था देखिएको छ, त्यसप्रति पासाङ विमति राख्छन् ।’ पासाङ माओवादी आन्दोलनले जन्माएका त्यस्ता कमान्डर हुन्, जसको दुवै मिर्गौलाले काम नगर्दा समेत उनले विदेश गएर अाफ्नाे उपचार गराउन मानेनन् । उनलाई पार्टीले लगातार विदेश गएर उपचार गराउन अनुरोध गर्दै आएको थियो । मिर्गौलापीडित पासङ देश छाडेर बाहिर गएर उपचार गराउन मानेनन् भने उनकै अवस्था बेहोरेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले विदेश गई महँगाे उपचार गराएर फर्के । पासाङले राजधानीमा माओवादीको युवा संगठन वाइसीएलले लाठी बोकेको प्रसङ्ग कोट्याउँदै राज्यले लाठी बोकेकै आधारमा दमन गरे आफूहरुले हतियार उठाउने चेतावनी दिए । रोल्पाको राङसीमा जन्मिएका पासाङ स्वभावैले कम बोल्ने, मिडियामा कम आउन चाहने तथा योजनामा काम गर्न चाहने कमान्डरका रुपमा चिनिन्छन् । उनी माओवादी आन्दोलनमा जहिले पनि आफ्ना सुप्रिम कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे नजिक रहे । पासाङ अहिले कपन एरियाको डेरामा रहँदै आएका छन् । पासाङले मंलबारको कार्यक्रममा माओवादी आन्दोलन विभाजित हुन पुगेकोमा दुःख व्यक्त गर्दै भने– ‘आन्दोलनका उपलब्धि धरापमा परेका छन् र माओवादी आन्दोलन गम्भीर अवस्थामा आइपुगेको छ, अब हामीबीच एकताको विकल्प छैन ।’ पासाङले माओवादी आन्दोलन यहाँसम्म आइपुग्न कुनै एक अमूक नेताको भन्दा पनि आन्दोलनमा सहभागी सबैको जिम्मेवारी र दोष रहेको बताए । उनले माओवादीहरुको आगामी माहाधिवेशन साझा हुनु पर्ने धारणा समेत राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies