Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बुद्धबारे लुम्बिनीबाट कसकसले के के भने ?

\"lumbini लुम्बिनी । बुद्ध जयन्तीका अवसरमा काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीपछि शनिवार लुम्बिनीमा विशेष समारोहको आयाजना गरियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताका साथै विभिन्न देशमा पाहुनाहरु उपस्थित थिए । बुद्धका बारेमा सन्देश फैलाउन भन्दै सरकारले काठमाडौंमा दुई दिने गोष्ठीका साथै विहीबार दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको थियो । विशेष समारोहकै अवसरमा काठमाडौंमा भएको गोष्ठीपछिको घोषणापत्र पनि शनिवार लुम्बिनीमा नै सार्वजनिक गरिएको छ । दुई दिनसम्म काठमाडौँमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले १० बँुदे काठमाडौँ–लुम्बिनी घोषणापत्र जारी गरेको थियो । जुन लुम्बिनीमा नै शनिवार संस्कृतिमन्त्री पर्यटन तथा संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलले सार्वजनिक गरे । उक्त घाषणापत्रमा ‘ग्लोबल बुद्धिष्ट फोरम’ गठन गर्नेलगायतका १० बँुदे प्रस्ताव अघि सारिएको छ । लुम्बिनीमा भएको समारोहमा बुद्धको बारेमा विभिन्न ब्यक्तिहरुले विभिन्न अभिब्यक्ति दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान हो । शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आउन पाउँदा मलाइ निकै गौरवान्वित महसुस भएको छ बुद्ध भूमिका कला र ऐतिहासिक तत्वका संरक्षणमा सरकार र अन्य निकायले ध्यान दिनु पर्दछ । बृहत लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्छ । विश्वका बौद्ध धर्म मान्नेका लागि पावनभूमि लुम्बिनीमा एकपटक आउनैपर्ने बनाई लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्छ । शान्तिको महानायक सिद्धार्थ गौतमको उपदेश २५६० औँ वर्ष पहिलो जतिकै अहिलेको आक्रान्त विश्वका लागि उतिकै सान्दर्भिक रहेको छ । मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, देवदहलगायत सबै स्थान ऐतिहासिक महत्वको भएको हुँदा दीर्घकालीन रुपमा यसको संरक्षण गर्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली शान्ति, सद्भाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्नुपर्छ । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिएर खास पवित्रस्थलका रुपमा विकास गर्नुपर्छ । सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा लागेको छ । विश्वलाई एउटै सुत्रमा बाध्न सकिने ‘ग्लोबल बुद्धिष्ट फोरम’ बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकाले अब एकताबद्ध भएर यस क्षेत्रको विकास गर्नु पर्छ । जुनसुकै वातावरणमा पनि बुद्ध जयन्ती वा अन्य अवसरमा कार्यक्रम सञ्चालन गर्न पाँच हजार मानिस बस्न सक्ने भवन एक वर्ष भित्र निर्माण गर्छौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लुम्बिनीमा जन्मिनुका साथै बुद्धत्व प्राप्त गरेका भगवान् गौतमबुद्धको बारेमा हामीले विश्व माझ बुद्धको ज्ञान फैलाउन आवश्यक छ । लुम्बिनी गुरुयोजना पूरा गर्न विशेष प्राथमिकताका साथ सरकारले काम गर्नुपर्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बुद्ध दर्शनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु । २५६० वर्ष पहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व र औचित्य अहिले झनै बढ्दै गएको छ । पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल एवम् बुद्धत्व प्राप्त गरेको विश्व शान्ति मुहान भएकाप्रति विश्वमा ४० बढी देशका बौद्धमार्गीले ऐक्यबद्धता जनाएकामा खुसी लागेको छ । लुम्बिनीसहित भगवान् गौतम बुद्धसँग सम्बन्धित क्षेत्र कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम क्षेत्रलाई एक साथ विकास गर्नेछौं । थाइल्याण्डका पर्यटनमन्त्री वाटटनभरन्गु एल कोब्कर्न लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रुपमा विकास गर्न थाई सरकार सधैँ तप्पर रहेको छ । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरोन, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्र सङ्घका महासचिव वान–कि मुनले पठाउनु भएको शुभकामना सन्देश वाचन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: